• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
‘तरकारीको विषादीले’ एउटै गाउँका ७ कृषकमा क्यान्सर, १ जनाको मृत्यु
64x64
ललित बोहरा बिहीबार, माघ ४, २०८०  १०:५९
1140x725

डडेलधुरा– अमरगढी नगरपालिका–११ फिन्नेकोटकी जमनी देवी ऐर गाउँकै उदाहरणीय कृषक हुन्। वर्षौंदेखि तरकारी खेतीमा संलग्न उनी गाउँकी अगुवा कृषक समेत हुन्। 

१ छोरा र १ छोरीकी आमा जमनीले तरकारी खेतीबाटै वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्थिन्। 

अहिले भने उनी बारीमा जान सक्दिनन्। ६ महिनादेखि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा छन्। 

एकदिन उनलाई एक्कासी घाँटी दुख्यो। घरबाट ९ किलोमिटर टाढा, जिल्ला सदरमुकाममा रहेको डडेलधुरा अस्पताल पुगिन्। चिकित्सकले १० दिनको औषधि दिए। चिकित्सकले भनेअनुसार नै उनले १० दिन नबिराइ औषधि सेवन गरिन्। तर घाँटीको दुखाइ घट्नुको सट्टा झन् बढेपछि उनी फेरि डडेलधुरा अस्पताल पुगिन्। डडेलधुरा अस्पतालका चिकित्सकले थप परीक्षण आवश्यक पर्ने र विशेषज्ञको समेत सल्लाह लिनुपर्ने भन्दै ‘राम्रो अस्पताल’मा जान सल्लाह दिए। 

डडेलधुरा अस्पतालका चिकित्सकको सल्लाहपछि उनी थप चेकजाँचका लागि धनगढी पुगिन्। धनगढीमा परीक्षण गर्दा चिकित्सकहरुले घाँटीमा मासुको डल्लो (ट्युमर) हुनसक्ने आशंका गरे। धनगढीका चिकित्सकले उनलाई  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जान सुझाव दिए। 

पहिलोपटक पुग्दा चितवन अस्पतालका चिकित्सकले पनि औषधि नै सिफारिस गरे। चितवनका डाक्टरले दिएको औषधिले कसो ठिक नहोला भन्दै उनी पुन: तरकारी–बारीको काममा लागिन्। तर सञ्चो भएन। 

फेरि उनी चितवन पुगिन्। परीक्षण गर्दा पत्ता लाग्यो उनलाई त क्यान्सर भएको रहेछ। 

अहिले उनी चितवनका चिकित्सकको सल्लाहअनुसार ६ महिनादेखि उपचार गराइरहेकी छन्। स्वास्थ्यमा केही सुधार भएको छ। यद्यपि अझै पनि उनले अस्पताल भने आउने–जाने गरिरहनु पर्नेछ। 

Ncell 2
Ncell 2

जमनी मात्रै हैन, फिन्नेकोटकी १७ वर्षीया किशोरी पूजा बोहराले पनि क्यान्सरसँग लड्नु परिरहेको छ। 

फिन्नेकोट गाउँकै ५१ बर्षीय ननीदेवी खड्काको क्यासरकै कारण १ महिना अगाडि ज्यान गयो। ननीदेवी पनि गाउँकै अगुवा कृषकमध्ये हुन्। ऐर, बोहरा र खड्का गरेर अमरगढी नगरपालिका वडा नम्बर ११ फिन्नेकोट गाउँका ७ जनामा क्यान्सर देखिएको छ। 

अमरगढी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष धर्मसिंह धानुकका अनुसार ७ जना मध्ये १ जनाको मृत्यु भएको छ भने ६ जनाले दीर्घरोगअन्तर्गत सरकारले दिने सामाजिक सुरक्षा भत्ता लिने गरेका छन्। फिन्नेकोट गाउँमै घर भएका वडाध्यक्ष धानुक क्यान्सर पिडीतको संख्या बढेपछि चिन्तित छन्। 

‘हाम्रो गाउँमा यो रोगका बिरामी ७ जना थिए १ जनाको मृत्यु भएको छ, पीडित थपिने चिन्ता छ। उस्तै लक्षण देखिएकाहरु चेकजाँचका लागि केही काठमाडौं पनि गएका छन्,’ धानुकले सुनाए। 

अनगरगढी नगरपालिकाको तथ्याङ्कअनुसार नगरपालिकाभर ११ जना क्यान्सरपीडितले दीर्घ रोगअन्तर्गतको सामाजिक सुरक्षा भत्ता लिइरहेका छन्। यस्तै, १६ जनाले नाम दर्ता गरेका छन्।   


दीर्घ रोगका बिरामीलाई सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता दिने गरेको भन्ने सुनेपछि आफ्नो काजजातसहित फिन्नेकोटका ७ सहित १६ जनाले नाम दर्ता गरेको अमरगढी नगरपालिकाको स्वाथ्य शाखा प्रमुख गणेश बिष्टले बताए।

तरकारीको विषादीले क्यान्सरको महामारी
सुदूरपश्चिमका पहाडी जिल्लामध्ये सबैभन्दा बढी तरकारी उत्पादन गर्ने जिल्ला हो डडेलधुरा। र डडेलधुरामा पनि सबैभन्दा बढी तरकारी अमरगढी नगरपालिकामा उत्पादन हुन्छ। 

अमरगढी नगरपालिकाका प्राय सबैजसो वडाका स्थानीय तरकारी खेतीमा संलग्न छन्। फिन्नेकोट लगायतका गाउँमा भने धेरै पहिलेदेखि स्थानीयले तरकारी खेती गर्दै आएका छन्। 

यहाँ उत्पादित तरकारी प्रदेशका अन्य पहाडी जिल्लासँगै तराईका कैलाली, कञ्चनपुर र अन्य प्रदेशका जिल्लामा समेत निर्यात हुन्छ। डडेलधुरामा उत्पादन हुने आलु देशका धेरै ठाउँमा निर्यात हुन्छ। 

तर तरकारी उत्पादन बढाउन प्रयोग हुने बिषादीले भने यहाँका धेरै किसानलाई प्राणघातक रोग क्यान्सरबाट पीडित बनाएको यहाँका जनस्वास्थ्य विज्ञहरु बताउँछन्। 

अमगरगढी–११ का वडाध्यक्ष धानुक पनि विषादीको जथाभावी प्रयोगका कारण दीर्घरोगीहरु बढेको स्वीकार्छन्। यस विषयमा पर्याप्त अध्ययन र परीक्षण गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको उनी बताउँछन्। 

‘क्यान्सरका रोगीहरु चिन्ताजनक रुपमा बढेका छन्। तरकारीमा प्रयोग हुने विषादीको जथाभावी प्रयोगले यो प्राणघातक रोग बढेको भन्ने विज्ञको भनाइ छ,’ वडाध्यक्ष धानुकले भने, ‘कारण पत्ता लगाएर तत्काल कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने माग मैले कार्यपालिकामा पनि गरेको छु।’ 

विषादीको प्रयोगले तरकारी उब्जनी बढ्ने बुझेका किसानहरु यसले मानवीय स्वास्थ्यमा पार्ने गम्भीर असरबारे भने जानकार छैनन्। अमगरगढी–१० का कृषक ७५ वर्षीय मिन भण्डारी आफू लामो समयदेखि विषादीको प्रयोग गरेर तरकारी फलाइरहेको बताउँछन्। तर उनलाई विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरबारे पर्याप्त जानकारी छैन। 

‘विषादी हालेको १४ दिनसम्म खान मिल्दैन, त्यसपछि तरकारी काटेर खान मिल्छ भन्छन्। त्योभन्दा बढी त हामीलाई थाहा छैन,’ भण्डारीले भने। आफूले लामो समयदेखि तरकारीमा विषादीको प्रयोग गर्दै आए पनि आफ्नो स्वास्थ्यमा कुनै पनि प्रकारको गम्भीर असर नदेखिएको उनले दाबी गरे। 

यद्यपि पछिल्लो समय तरकारी खेतीमा संलग्न किसानहरु क्यान्सरबाट पीडित हुने गरेको खबरले भने उनी चिन्तित छन्। कतै आफ्ना सन्ताहरुलाई पनि विषादीको असर देखिने हो कि भन्ने चिन्ता उनले प्रकट गरे। 

क्यान्सरले मृत्यु भएपछि भयमा छन् किसान
लामो समयदेखि विषादीको प्रयोगबाट तरकारी फलाउँदै आएका किसानहरु पछिल्लो समय क्यान्सरपीडित स्थानीय कृषक महिलाको मृत्युपछि भने भयमा छन्। धेरै जनाले अब प्राङ्गारिक मलको प्रयोगबाट मात्रै तरकारी उत्पादन गर्ने निधो गरेका छन्। 

केही किसानहरुले भने विषादीको व्यवस्थित प्रयोगबारे जानकारी लिन थालेका छन्। 

आलुको बिउ उत्पादन गरेर सुदूरपश्चिमसहित अन्य प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्दै आएका कृषक दुर्लभ खड्काले विषादीको जथाभावी प्रयोगबाट आफ्नी भाउजु नाता पर्ने स्थानीय महिलाको मृत्यु भएको सुनाए। भाउजुको मलामी गएर फर्केदेखि नै आफूले अब विषादीको प्रयोग कम गर्दै लैजाने प्रण गरेको उनले सुनाए। 

‘लाउँ–लाउँ खाउँ–खाउँ भन्ने उमेरमै दीर्घरोग (क्यान्सर) लाग्न थल्यो। त्यो पनि हाम्रो सामान्य गल्तीका कारणले,’ खड्काले भने, ‘अब मैले यो विषादी प्रयोग नगर्ने सोँच बनाइसके। अरुलाई पनि यसको प्रयोग गर्नु राम्रो हैन भनेर भन्दै आएको छु।’

तरकारी खेतीमा संलग्न किसानहरु क्यान्सरबाट पीडित हुन थालेपछि अमरगढी नगरपालिले विषादी नियन्त्रण गर्न अभियान नै थाल्ने जनाएको छ। कृषि शाखा प्रमुख रमेश बहादुर भण्डारीले तरकारीमा प्रयोग भएको विषादीले कृषक र उपभोक्ताको स्थास्थ्यमा पारेको प्रभावबारे अध्ययन भइरहेको र अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिए। 

‘अध्ययनबाट कुनै न कुनै निष्कर्ष निस्किन्छ। त्यसपछि हामीले यो विषादी नियन्त्रणका लागि व्यापक अभियान चलाउछौँ,’ भण्डारीले भने।

भण्डारीका अनुसार नगरपालिकाले यो वर्ष नै जनचेतनामुलक कार्यक्रमका साथै जैविक विषादी बनाउने विधि सिकाउने तयारी गरिरहेको छ। त्यसका लागि  जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीआईजेड) सहयोग उपलब्ध गराउन तयार भइसकेको छ। जैविक विषादीको प्रयोगलाई निरुत्साहित गर्न नगरपालिकाले ‘जलवायुमैत्री कृषि’ शीर्षकको कार्यक्रम पनि सञ्चालन गरेको छ। उक्त कार्यक्रममा चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ। 

तरकारीमा अत्यधिक विषादी प्रयोग गर्दा त्यसको असर मानवीय स्वास्थ्यसँगै जैविक विविधतामा पनि परिरहेको भण्डारी बताउँछन्। कृषि प्राविधिक समेत रहेका भण्डारी भन्छन्, ‘विषादीको अत्यधिक र अनियन्त्रित प्रयोगले जैविक विविधतामा पनि नराम्रो असर पुर्‍याइरहेको छ। विषादीको प्रयोगलाई निरुत्साहित बनाउन कृषकका लागि जनचेतनामुलक कार्यक्रम चलाइरहेका छौँ।’

भण्डारीका अनुसार जैविक विषादीको प्रयोग नगरी पनि, अन्य विधिबाट समेत तरकारीको उत्पादन बढाउन सकिन्छ भन्ने विषयमा पनि काम भइरहेको भण्डारी बताउँछन्। ‘वडामा पनि हाम्रो कृषि प्राविधिक हुनुहुन्छ। उहाँले त्यहाँका कृषकसँग सहकार्य गरेर जैविक मल बाहेक अन्य विधिबाट उत्पादन बढाउने विषयमा काम गरिरहनुभएको छ,’ भण्डारी भन्छन्। 

किसानहरुले तरकारीमा लाग्ने किरा मार्नका लागि ‘सजिलो विकल्प’का रुपमा विषादीको प्रयोग गर्ने गरेका छन्। साथै उत्पादन बढाउने भनेर विभिन्न किसिमका ‘फर्टिलाइजर’ समेत प्रयोग गर्छन्। तर त्यसले पुर्‍याउने असरबारे भने अधिकांशजसो अनविज्ञ छन्। 

तरकारीमा विषादी छर्किँदा वा प्रयोग गर्दा सावधानी नअपनाउँदा कृषकहरुमा क्यान्सरको जोखिम बढी हुने क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईं बताउँछिन्। ‘क्यान्सरको १०० प्रतिशत कारण विषादी मात्रै हो भन्न त सकिन्न। तर विषादीको कारण क्यान्सर हुने जोखिम भने बढी हुन्छ,’ डा चापागाईं भन्छिन्, ‘किसानहरुले विषादी छर्किदा सुरक्षाका उपाय नअपनाउँदा र विषादीयुक्त तरकारी सेवन गर्दा पनि क्यान्सरको जोखिम रहन्छ।’ 

कृषि विज्ञ डा दिलबहादुर बिष्ट किसानहरु विषादीको प्रत्यक्ष असरबारे अविज्ञ हुँदा सबैभन्दा बढी उनीहरुकै स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउँछन्। ‘तरकारीको किरा मार्ने भनेर हाल्ने विषादीले किरालाई मात्र हैन, आफूलाई पनि असर गर्छ भन्ने ज्ञान किसानलाई छैन। जसका कारण यसको सबैभन्दा ठूलो असर किसानलाई नै देखिएको छ,’ डा बिष्ट भन्छन्। 

तरकारीमा प्रयोग हुने विषादीका कारण पुरुषहरुमा प्रोस्टेट र महिलाहरुमा पाठेघरको क्यान्सर हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन्। यस्तै, गर्भवती महिलाको गर्भ तुहिने लगायत थुप्रै गम्भीर स्वास्थ्य समस्याको कारक तरकारीको विषादी बन्दै गएको छ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्