धनगढी- राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न गठबन्धनका दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरेका छन्।
बुधबार नेपाली कांग्रेस कैलाली कार्यालयमा बसेको बैठकले कैलाली जिल्लामा रहेका प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुसँग प्रत्यक्ष सम्पर्क गरेर जिल्लामा समन्वय गर्ने निर्णय गरेको नेपाली कांग्रेस कैलालीका सचिव केशवराज मिश्रले बताए।
मिश्रको संयोजकत्वमा बसेको बैठकमा नेकपा माओवादीका तर्फबाट दुर्गा वडुवाल, नेकपा समाजवादीवाट दीर्घराज कापडी जोशीको सहभागिता रहेको थियो ।
बैठकमा राष्ट्रिय सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य उम्मेदवार रेणु चन्दको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।