आज हिन्दी सिनेमाका सफल अभिनेता अमरिश पुरीको पुण्यतिथि। उनी बलिउडमा सफल खलनायकको रुपमा स्थापित भएका कलाकार हुन्। अमरीश पुरीको मृत्यु १२ जनवरी २००५ मा भएको थियो। उनका चर्चित फिल्महरूबारे यहाँ चर्चा गरिनेछ।
दिलवाले दुल्हनिया ले जायेंगे (१९९५)
निर्देशक आदित्य चोपडाको यो फिल्ममा काजोल र शाहरुख खानले नयाँ रेकर्ड बनाएका थिए। काजोलले सिमरनको भूमिका निर्वाह गरेको यो फिल्ममा उनको त्यो भूमिका स्मरणीय छ। यो निकै लोकप्रिय फिल्म हो। यो फिल्ममा अमरीश पुरीको भूमिका पनि निकै स्मरणीय छ।
गदर (२००१)
निर्देशक अनिल शर्माको फिल्म ‘गदर’मा सनी देओल, अमिषा पटेल, अमरीश पुरी मुख्य भूमिकामा देखिएका थिए। यो फिल्म सुपरहिट साबित भयो। ‘गदर’लाई हिन्दी सिनेमाको अविस्मरणीय चलचित्रहरूमध्ये एक मानिन्छ।
घायल (१९९०)
निर्देशक राजकुमार सन्तोषीको फिल्म ‘घायल’मा सनी देओल, मीनाक्षी शेषाद्री, राज बब्बर, मौसमी चटर्जी, अमरीश पुरी मुख्य भूमिकामा देखिएका थिए। फिल्म सुपरहिट साबित भयो।
घातक (१९९६)
निर्देशक राजकुमार सन्तोषीको फिल्म ‘घातक’मा सन्नी देओल, डैनी डेन्जोङ्पा, अमरीश पुरी, मीनाक्षी शेषाद्री, केके रैनाको मुख्य भूमिका थियो। यो फिल्म निकै सफल भयो।
मिस्टर इन्डिया (१९८७)
निर्देशक शेखर कपुरको फिल्म यो फिल्ममा अनिल कपुर र श्रीदेवी मुख्य भूमिकामा थिए। फिल्मका गीत जावेद अख्तरले लेखेका थिए भने संगीत लक्ष्मीकान्त प्यारेलालले दिएका थिए। फिल्ममा अमरीश पुरी खलनायकको भूमिकामा देखिएका थिए। यो फिल्म पनि निकै सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।