• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सतर्कता केन्द्रले निजी क्षेत्रलाई पनि अनुगमन गर्नेगरी विधेयक मस्यौदा

64x64
रासस आइतबार, पुस २९, २०८०  २०:१८
1140x725

काठमाडौं– निजी क्षेत्रका कम्पनी, फर्म, एजेन्सी, सङ्घ–सङ्गठन, गुठी तथा आम उपयोगी सेवासमेतको अनुगमनलाई राष्ट्रिय सतकर्ता केन्द्रको अधिकार क्षेत्रभित्र राख्ने गरी विधेयकको मस्यौदा तयार पारिएको छ। 

नेपाल कानुन आयोगले तयार पारेको ‘राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामा यो विषय समेटिएको हो।

आयोगले विधेयकको मस्यौदामाथि आज सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै सुझाव लिएको छ।  सार्वजनिक निकाय र सार्वजनिक पदमा आसीन व्यक्तिले आफ्नो अधिकार र जिम्मेवारीअन्तर्गतका काम कारबाही सम्पादन गर्दा अनुचित कार्य र अनियमितता हुन नदिन आवश्यक सूचना सङ्कलन, आकस्मिक जाँच तथा निगरानीलगायतका काम राष्ट्रिय सतर्कता केन्द्रले गर्दै आएको छ। 

त्यस्तै, आयोजनाको विकास, निर्माण र सञ्चालनका सम्बन्धमा गुणस्तर परीक्षण र अनुगमनको काम पनि केन्द्रले गर्दै आएको छ। नयाँ बनेको विधेयकको मस्यौदामा निजी क्षेत्र र आम उपयोगी सेवा क्षेत्रको अनुगमनलाई पनि सतर्कता केन्द्रको कार्यक्षेत्रभित्र राख्ने प्रस्ताव गरिएको छ।

‘निरीक्षण र अनुगमन गर्दा अनियमितता गरेको वा उपभोक्तालाई अनावश्यक दुःख, हैरानी दिएको वा स्वीकृत मापदण्ड बमोजिम सेवा उपलब्ध नगराएको पाइएमा सतर्कता केन्द्रले त्यस्तो निजी संस्थाउपर आवश्यक र उचित कानूनी कारबाही गर्न सम्बन्धित नियामक निकायलाई लेखी पठाउन सक्नेछ’, भनी उल्लेख छ। 

आम उपयोगी सेवाका रुपमा खानेपानी, ग्यास, विद्युत्, टेलिफोन, इन्टरनेट, टेलिभिजन फ्रिक्वेन्सीलगायतका क्षेत्रलाई पनि सतर्कता केन्द्रले अनुगमन गर्नसक्नेगरी विधेयकको मस्यौदा बनाइएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रलाई अनुगमन गर्नसक्ने व्यवस्थासहित विधेयक तयार भएकोमा निजी क्षेत्रका छाता संस्थाहरुले चर्को विरोध जनाएका थिए।

नेपाल कानुन आयोगका अध्यक्ष जागेश्वर सुवेदीले सतर्कता केन्द्र उच्चस्तरीय निकाय भए पनि काम, कर्तव्यमा स्पष्ट नहुँदा कार्य सञ्चालनमा कठिनाइ भइरहेको अवस्थामा यो कानुन निर्माण गर्न लागिएको बताए। 
हाल विधेयक मस्यौदा निर्माणकै क्रममा रहेकाले विभिन्न क्षेत्रसँग थप छलफल गरेर परिस्कृत गर्दै लैजाने बताए। सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीसँग दोहोरोपन नहुने गरी कानुन बनाउन आवश्यक रहेको पनि उनको भनाइ छ।

Ncell 2
Ncell 2

आयोगका उपाध्यक्ष प्रा डा लक्ष्मीप्रसाद मैनालीले नेपालको संविधानले सुशासन कायम गर्ने विषयलाई प्रस्तावनामा राखेको तथा सुशासन कायम गर्न विभिन्न कानुनी र संरचनागत संयन्त्र बनेको भएपनि त्यसको प्रभावकारिता देखिन नसकेको बताए। 

सतर्कता केन्द्रलाई बढी अधिकार सम्पन्न, जिम्मेवार तथा अधिकार क्षेत्रको स्पष्टता कायम गर्नका लागि यो विधेयक आवश्यक रहेको उनको भनाइ छ। आयोगले यसअघि पनि विधेयकको मस्यौदा बनाएर सरकारलाई दिएकोमा त्यो संसदमा जान नसकेको उनको भनाइ छ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रको काममा देखिएको दोहोरोपनको समाधान खोज्न यो कानुन आवश्यक रहेको बताए। त्यस्तै, निजी क्षेत्रलाई पनि सतर्कता केन्द्रको अधिकार क्षेत्रभित्र राख्ने हो भने वियेयकको प्रस्तावनामै यो विषय राख्नुपर्ने र विधिसम्मत तरिकाले निकास खोज्नुपर्ने उनको भनाइ छ। 

धेरै संस्थाबाट एउटै काम गर्नेभन्दा पनि एउटै संस्थाले धेरै काम गर्नुपर्ने धारणा उनले राखे। नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारीले सरकारी कामकाज मात्र नभएर निजी क्षेत्रलाई पनि नियमन, अनुगमन गर्नेगरी सतर्कता केन्द्रको विधेयकको मस्यौदा तयार पारिएको उल्लेख गर्दै निजी क्षेत्रले धेरै वटा निकायबाट भन्दा पनि एउटै निकायबाट नियमन र अनुगमनको काम होस् भन्ने चाहेको बताउनुभयो। निजी क्षेत्र नियमनको दायराबाट बाहिर बस्न नचाहे पनि धेरैवटा निकायबाट नियमन नहोस् भन्ने पक्षमा रहेको उनको भनाइ छ। 

अख्तियारलगायत अरु निकायसँग सतर्कता केन्द्रको अधिकार र कार्यक्षेत्रको दोहोरोपना हुन नदिन सहकार्य र समन्वय आवश्यक पर्ने उनको भनाइ छ। मस्यौदामाथि विभिन्न क्षेत्रबाट सुझाव समेटेर नीतिगत रुपमा कसरी जाने भनेर थप परिस्कृत बनाउने पनि उनको भनाइ छ।

अन्तरक्रियामा सहभागीले सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकारमा पुनःविचार गरिनुपर्ने सुझाव दिएका छन्। सरकारी निकायका कर्मचारीलाई मात्र नभई राजनीतिक व्यक्तिहरु, सांसद, मन्त्रीलगायतको कामको अनुगमन पनि गर्नसक्ने गरी सतर्कता केन्द्रको जिम्मेवारी तोकिनुपर्ने सुझाव दिएका छन्। राजनीतिक दल र नेताले गरेको अनुचित कार्यको विषय पनि समेट्नुपर्ने सुझाव आएको छ।

विधेयक मस्यौदामा प्रधानमन्त्रीको अध्यक्षतामा सतर्कता परिषद् निर्माण गर्ने प्रस्ताव गरिएकोमा यस्ता परिषद्को सट्टा कार्यकारी अधिकारसहितको छानबिन तथा अनुसन्धान समिति बनाइनुपर्ने सुझाव आएको छ। विधेयकले सार्वजनिक पदाधिकारीको परिभाषालाई थप स्पष्ट बनाइनुपर्ने पनि सुझाव सहभागीले दिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रको क्षेत्राधिकार स्पष्ट पारिनुपर्ने, निजी क्षेत्रमा हुने भ्रष्ट्राचारलाई सतर्कता केन्द्रले हेर्न मिल्ने वा नमिल्ने भन्नेबारे थप स्पष्टता खोजिनुपर्ने, बेनामे उजुरीका सन्दर्भमा थप स्पष्ट व्यवस्था ल्याइनुपर्नेलगायतका सुझाव आएका छन्। त्यस्तै, सतर्कता केन्द्रले तीनवटै तहका सरकार र मातहतका निकायको अनुगमन तथा नियमन गर्न पर्ने/नपर्ने र सक्ने/नसक्नेबारे पनि स्पष्टता खोजिनुपर्ने सुझाव जानकारले दिएका छन्। 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम जसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ... मंगलबार, पुस २९, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संयुक्त रूपमा निर्वाचन जाने र जसपाको निर्वाचन चिन्ह छातामा दुवै द... सोमबार, पुस २८, २०८२
राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन आव्हान सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएक... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी मंगलबार, पुस २९, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्