• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जाडोमा नाक, कान, घाँटीको समस्या: कसरी जोगिने?

डा सुमेध मिश्र आइतबार, पुस २९, २०८०  १३:५१
1140x725

चिसो मौसममा बाहिरी तापक्रम कम हुने गर्छ। जसले गर्दा हावामा बाफको मात्रा पनि घट्छ। अचानक तापक्रम घट्दा गर्मी मौसममा अभ्यस्त भइरहेको हाम्रो शरीरलाई चिसो मौसमसँग समाहित हुनका लागि समय लाग्छ। त्यस कारण पनि चिसो मौसमको सुरुवातको समयमा विभिन्न प्रकारका एलर्जीहरु हुन्छन्। 

हावामा पानीको मात्रा घट्दा हावा सुख्खा हुने गर्छ। जसका कारण नाकको एलर्जी बढी हुन्छ। यतिबेला साना–साना धुलोका कणहरु नाकमा छिर्ने गर्छन्। सुक्खा नाक भएको समयमा यसरी धुलोका कणहरु छिर्दा जाडोमा एलर्जीको लक्षणहरु बढी देखिएका हुन्। एलर्जीसँग पिनास अन्तर सम्बन्धित छ। प्रायः नाकमा समस्या आउनासाथ पिनास नै भयो भन्ने आम धारणा हुन्छ।

यद्यपि, नाकको समस्या हुने ५/१० प्रतिशत मानिसहरुलाई मात्रै पिनास हुने गर्छ।  पहिले–पहिले ब्याक्टेरियाको संक्रमणका कारण हुने भएकोले पिनासलाई संक्रामक रोग मान्ने गरिन्थ्यो। पछिल्लो दशकमा पिनासबारे आधारभूत परिवर्तन आएका छन्। आजभोलि एलर्जीको विस्तारित रुपमा पिनासलाई लिने गरिन्छ। पटक–पटक नाकको एलर्जी भएको खण्डमा पिनास हुने गर्छ। 

Dr_Sumedh_mishra-1705219506.jpg
डा सुमेध मिश्र

पिनास हुँदा मुख्यतया दुई प्रकारका लक्षण देखिन्छन्। पिनास हुँदाको मुख्य लक्षण दुवैतर्फको नाक बन्द हुनु र अर्को सिँगान आउनु हो। यस बाहेक टाउको दुख्नु पनि यसको मुख्य लक्षण हो। यद्यपि, चिकित्सकले इन्डोस्कोपी गरेर हेरेपछि मात्रै पिनास भएको यकिन गर्छन्।  नाक र कान एक अर्कोसँग अन्तर सम्बन्धित अंग हुन्। यी दुवैलाई जोड्ने एउटा ट्युब रहेको हुन्छ। धेरै सिँगान जमेको अवस्थामा उक्त ट्युब बन्द हुन्छ। जसका कारण नाकका माध्यमबाट कानमा जानुपर्ने हावा नजाने हुन्छ। त्यसपछि कानमा विभिन्न प्रकारका समस्या आउने गर्छन्। विशेषगरी वयस्कहरुमा भन्दा पनि बच्चामा यस्तो समस्या बढी हुने गर्छ। त्यसैले बच्चाहरुमा रुघा लागेको बेला कान समेत पाक्ने समस्या आउन सक्छ। यसको पनि मुख्य समस्या नाकसँग नै सम्बन्धित हुन्छ।

कान बारम्बार पाक्ने समस्या आएमा कानको जाली भित्र टालिन्छ, जसका कारण जालीमा प्वाल पर्ने, हड्डी कुहिने जस्ता समस्या समेत देखा पर्न सक्छन्। त्यसैले तत्कालै घाँटी दुख्ने तथा एलर्जीको समस्या देखिए पनि बारम्बार यी दुई समस्याहरु देखिएमा पिनास हुने तथा हड्डी खिइने जस्ता रोगहरु देखा पर्ने गर्छन्। त्यसैले नाक, कान, घाँटीको अधिकांश रोगहरुको जड नै एलर्जी हो। 

फ्यारेन्जाइटिस  
घाँटीको माथिल्लो भागलाई फ्यारिक्स भन्ने गरिन्छ। जसमा विभिन्न प्रकारका अंगहरु हुन्छन्। कुनै पनि अंगहरुको संक्रमणलाई फ्यारेन्जाइटिस भन्ने गरिन्छ। फ्यारेन्जाइटिसको समस्यामा बढी मात्रामा देखिने टन्सिलको समस्या हो। 

टन्सिलको मुख्य लक्षण घाँटी दुख्ने, ज्वरो आउने तथा थुक निल्न गाह्रो हुनु हो। हामी सबैलाई जीवनको कुनै न कुनै समय टन्सिलाइटिस भएकै हुन्छ। 

एलर्जी राइनाइटिक्स  
यो विभिन्न प्रकारका एलर्जीहरुको मिश्रण हो। एलर्जी हामी वरिपरिका वातावरणकै कारणले हुने गर्छ। जस्तैः हामी वरिपरि रहेका धुलोका कणहरु। त्यस्तै चिसो, गर्मी, खानेकुरा लगायतका कारण नाक आवश्यकभन्दा बढी संवेदनशील हुने गर्छ। जसका कारण बारम्बार हाच्छ्युँ आउने, नाकबाट पातलो सिँगान बग्ने जस्ता समस्या आउने गर्छन्, जसलाई एलर्जी राइनाइटिक्स भन्ने गरिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पिनासको समस्या 
मानिसको अनुहारको हड्डीमा विभिन्न प्रकारका खाल्डोहरु रहेका हुन्छन्। यदि ती खाल्डोहरुमा संक्रमण भएर सुन्निएको अवस्थामा नाक बन्द हुने, पहेंला सिँगान आउने, अनुहार दुख्ने जस्ता लक्षणहरु देखिएको अवस्थामा पिनास भएको भन्न सकिन्छ। 

एलर्जीको कारण हुन्छ नाक, कान र घाँटीको समस्या  
माथि उल्लेखित समस्याहरु चिसोभन्दा पनि बढी एलर्जीको कारणले हुने गर्छ। एलर्जी भएपश्चात् उक्त समस्या नदोहोरियोस् भन्नका लागि चिकित्सकहरुले बिरामीलाई दिने परामर्श एकदमै महत्वपूर्ण छ। 

एलर्जी राइनाइटिक्सको मुख्य कारण चिसो भएकोले यो समस्या बढी चिसोमा देखिने गर्छ। यद्यपि, ८० प्रतिशत मानिसलाई घर भित्र भएको धुलोका कारण यो समस्या हुने गर्छ। 

चिसोमा कसरी जोगिने ?

Xtrem

Xtrem
  • घर भित्र रहने धुलोका कणहरुलाई हटाउन सकेमा यस समस्याबाट छुटकारा पाउन सकिन्छ। 
  • घर भित्र धुलोका कणहरु जम्न दिनु हुँदैन। त्यसका लागि बेलाबेलामा घर भित्रको सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यद्यपि, यस्तो समस्या भएका व्यक्तिहरुले भने सरसफाइको काम नगरेको राम्रो मानिन्छ। यदि गर्नुपरेको अवस्थामा डबल मास्कको प्रयोग गर्नुपर्ने हुन्छ। 
  • नाक र घाँटीलाई सधैं तातो बनाएर राख्नुपर्ने हुन्छ। 
  • कसै–कसैलाई निश्चित खानेकुराको सेवनले यस प्रकारको समस्या देखिने भएकोले त्यस्तो खानेकुराको सेवन गर्नु हुँदैन। 
  • एलर्जी हुन नदिएको अवस्थामा पिनास पनि हुन पाउँदैन। 
  • मास्कको प्रयोग गर्ने।

माछा, दही, केराले गर्दैन हानि
माछा, दही, केरा लगायतका केही खानेकुराले घाँटी खराब गर्छ भन्ने धारणा नेपाली समाजमा रहेको छ। यसमा सत्यता छैन। यो एक भ्रम मात्रै हो। 

चिसो खानेकुरा पेटमा जाने भएकोले छाती तथा नाकसँग त्यस्ता खानेकुराको खासै सम्बन्ध हुँदैन।


(डा मिश्र नाक, कान र घाँटी रोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्