• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १७, २०८२ Mon, Nov 3, 2025 ३ : ५२ : ०४
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जाडोमा नाक, कान, घाँटीको समस्या: कसरी जोगिने?

डा सुमेध मिश्र आइतबार, पुस २९, २०८०  १३:५१
1140x725

चिसो मौसममा बाहिरी तापक्रम कम हुने गर्छ। जसले गर्दा हावामा बाफको मात्रा पनि घट्छ। अचानक तापक्रम घट्दा गर्मी मौसममा अभ्यस्त भइरहेको हाम्रो शरीरलाई चिसो मौसमसँग समाहित हुनका लागि समय लाग्छ। त्यस कारण पनि चिसो मौसमको सुरुवातको समयमा विभिन्न प्रकारका एलर्जीहरु हुन्छन्। 

हावामा पानीको मात्रा घट्दा हावा सुख्खा हुने गर्छ। जसका कारण नाकको एलर्जी बढी हुन्छ। यतिबेला साना–साना धुलोका कणहरु नाकमा छिर्ने गर्छन्। सुक्खा नाक भएको समयमा यसरी धुलोका कणहरु छिर्दा जाडोमा एलर्जीको लक्षणहरु बढी देखिएका हुन्। एलर्जीसँग पिनास अन्तर सम्बन्धित छ। प्रायः नाकमा समस्या आउनासाथ पिनास नै भयो भन्ने आम धारणा हुन्छ।

यद्यपि, नाकको समस्या हुने ५/१० प्रतिशत मानिसहरुलाई मात्रै पिनास हुने गर्छ।  पहिले–पहिले ब्याक्टेरियाको संक्रमणका कारण हुने भएकोले पिनासलाई संक्रामक रोग मान्ने गरिन्थ्यो। पछिल्लो दशकमा पिनासबारे आधारभूत परिवर्तन आएका छन्। आजभोलि एलर्जीको विस्तारित रुपमा पिनासलाई लिने गरिन्छ। पटक–पटक नाकको एलर्जी भएको खण्डमा पिनास हुने गर्छ। 

Dr_Sumedh_mishra-1705219506.jpg
डा सुमेध मिश्र

पिनास हुँदा मुख्यतया दुई प्रकारका लक्षण देखिन्छन्। पिनास हुँदाको मुख्य लक्षण दुवैतर्फको नाक बन्द हुनु र अर्को सिँगान आउनु हो। यस बाहेक टाउको दुख्नु पनि यसको मुख्य लक्षण हो। यद्यपि, चिकित्सकले इन्डोस्कोपी गरेर हेरेपछि मात्रै पिनास भएको यकिन गर्छन्।  नाक र कान एक अर्कोसँग अन्तर सम्बन्धित अंग हुन्। यी दुवैलाई जोड्ने एउटा ट्युब रहेको हुन्छ। धेरै सिँगान जमेको अवस्थामा उक्त ट्युब बन्द हुन्छ। जसका कारण नाकका माध्यमबाट कानमा जानुपर्ने हावा नजाने हुन्छ। त्यसपछि कानमा विभिन्न प्रकारका समस्या आउने गर्छन्। विशेषगरी वयस्कहरुमा भन्दा पनि बच्चामा यस्तो समस्या बढी हुने गर्छ। त्यसैले बच्चाहरुमा रुघा लागेको बेला कान समेत पाक्ने समस्या आउन सक्छ। यसको पनि मुख्य समस्या नाकसँग नै सम्बन्धित हुन्छ।

कान बारम्बार पाक्ने समस्या आएमा कानको जाली भित्र टालिन्छ, जसका कारण जालीमा प्वाल पर्ने, हड्डी कुहिने जस्ता समस्या समेत देखा पर्न सक्छन्। त्यसैले तत्कालै घाँटी दुख्ने तथा एलर्जीको समस्या देखिए पनि बारम्बार यी दुई समस्याहरु देखिएमा पिनास हुने तथा हड्डी खिइने जस्ता रोगहरु देखा पर्ने गर्छन्। त्यसैले नाक, कान, घाँटीको अधिकांश रोगहरुको जड नै एलर्जी हो। 

फ्यारेन्जाइटिस  
घाँटीको माथिल्लो भागलाई फ्यारिक्स भन्ने गरिन्छ। जसमा विभिन्न प्रकारका अंगहरु हुन्छन्। कुनै पनि अंगहरुको संक्रमणलाई फ्यारेन्जाइटिस भन्ने गरिन्छ। फ्यारेन्जाइटिसको समस्यामा बढी मात्रामा देखिने टन्सिलको समस्या हो। 

टन्सिलको मुख्य लक्षण घाँटी दुख्ने, ज्वरो आउने तथा थुक निल्न गाह्रो हुनु हो। हामी सबैलाई जीवनको कुनै न कुनै समय टन्सिलाइटिस भएकै हुन्छ। 

एलर्जी राइनाइटिक्स  
यो विभिन्न प्रकारका एलर्जीहरुको मिश्रण हो। एलर्जी हामी वरिपरिका वातावरणकै कारणले हुने गर्छ। जस्तैः हामी वरिपरि रहेका धुलोका कणहरु। त्यस्तै चिसो, गर्मी, खानेकुरा लगायतका कारण नाक आवश्यकभन्दा बढी संवेदनशील हुने गर्छ। जसका कारण बारम्बार हाच्छ्युँ आउने, नाकबाट पातलो सिँगान बग्ने जस्ता समस्या आउने गर्छन्, जसलाई एलर्जी राइनाइटिक्स भन्ने गरिन्छ। 

Ncell 2
Ncell 2

पिनासको समस्या 
मानिसको अनुहारको हड्डीमा विभिन्न प्रकारका खाल्डोहरु रहेका हुन्छन्। यदि ती खाल्डोहरुमा संक्रमण भएर सुन्निएको अवस्थामा नाक बन्द हुने, पहेंला सिँगान आउने, अनुहार दुख्ने जस्ता लक्षणहरु देखिएको अवस्थामा पिनास भएको भन्न सकिन्छ। 

एलर्जीको कारण हुन्छ नाक, कान र घाँटीको समस्या  
माथि उल्लेखित समस्याहरु चिसोभन्दा पनि बढी एलर्जीको कारणले हुने गर्छ। एलर्जी भएपश्चात् उक्त समस्या नदोहोरियोस् भन्नका लागि चिकित्सकहरुले बिरामीलाई दिने परामर्श एकदमै महत्वपूर्ण छ। 

एलर्जी राइनाइटिक्सको मुख्य कारण चिसो भएकोले यो समस्या बढी चिसोमा देखिने गर्छ। यद्यपि, ८० प्रतिशत मानिसलाई घर भित्र भएको धुलोका कारण यो समस्या हुने गर्छ। 

चिसोमा कसरी जोगिने ?

  • घर भित्र रहने धुलोका कणहरुलाई हटाउन सकेमा यस समस्याबाट छुटकारा पाउन सकिन्छ। 
  • घर भित्र धुलोका कणहरु जम्न दिनु हुँदैन। त्यसका लागि बेलाबेलामा घर भित्रको सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यद्यपि, यस्तो समस्या भएका व्यक्तिहरुले भने सरसफाइको काम नगरेको राम्रो मानिन्छ। यदि गर्नुपरेको अवस्थामा डबल मास्कको प्रयोग गर्नुपर्ने हुन्छ। 
  • नाक र घाँटीलाई सधैं तातो बनाएर राख्नुपर्ने हुन्छ। 
  • कसै–कसैलाई निश्चित खानेकुराको सेवनले यस प्रकारको समस्या देखिने भएकोले त्यस्तो खानेकुराको सेवन गर्नु हुँदैन। 
  • एलर्जी हुन नदिएको अवस्थामा पिनास पनि हुन पाउँदैन। 
  • मास्कको प्रयोग गर्ने।

माछा, दही, केराले गर्दैन हानि
माछा, दही, केरा लगायतका केही खानेकुराले घाँटी खराब गर्छ भन्ने धारणा नेपाली समाजमा रहेको छ। यसमा सत्यता छैन। यो एक भ्रम मात्रै हो। 

चिसो खानेकुरा पेटमा जाने भएकोले छाती तथा नाकसँग त्यस्ता खानेकुराको खासै सम्बन्ध हुँदैन।


(डा मिश्र नाक, कान र घाँटी रोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति कतार प्रस्थान
अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
सम्बन्धित सामग्री
फ्याटी लिभर के हो? कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्द... सोमबार, असोज २७, २०८२
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ? सोमबार, असोज १३, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
राष्ट्रपति कतार प्रस्थान सोमबार, कात्तिक १७, २०८२
अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प सोमबार, कात्तिक १७, २०८२
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो सोमबार, कात्तिक १७, २०८२
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक सोमबार, कात्तिक १७, २०८२
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक सोमबार, कात्तिक १७, २०८२
बञ्चरेडाँडाको अवरोध खुल्यो, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

nepallivenews@gmail.com
nepallivemarketing@gmail.com

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

healthnewspaper@gmail.com
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्