काठमाडौं– प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन्।
शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताएका हुन्।
नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री दाहालले बैठकमा जोड दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनकाअनुसार प्रधानमन्त्री दाहालले बैठकमा विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताएका थिए।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले कुटनीतिक क्षेत्रमा पनि सरकारले महत्वपूर्ण उपलब्धिहरु हात पारेको दाबी गरेका पनि प्रवक्ता सापकोटाले बताए।
उनले भने, ‘अन्तर्राष्ट्रिय कूटनीतिमा पनि महत्वपूर्ण उपलब्धि भएका छन्। त्यसमध्ये पनि आज अध्यक्षले धेरै राम्रोसित जोड दिएर ब्रिफिङ गरेको कुरा चाहिँ के छ भने खासगरी विकास भनेको त आर्थिक विकास नै हो। आर्थिक विकासमा अहिलेसम्म भएको कुरामा चाहीँ ड्राफटिक चेन्ज हुनेछ भन्नुभएको छ। त्यसमा तीन वटा कुरामा बढी जोड दिएर भन्नुभएको छ। अबको बजेट बनाउँदाखेरी पहिलो कुरा त सरकारमै छलफल गरिन्,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।