• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फौजदारी कसुरमा दोषी ठहर भएका रेशम चौधरी राजनीतिक दलको अध्यक्ष बन्न मिल्छ? 

रेशम चौधरी भन्छन्– बन्न मिल्छ, निर्वाचन आयोगले पनि मान्नु पर्छ 
64x64
नेपाल लाइभ शुक्रबार, पुस २७, २०८०  १८:५२
1140x725

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको प्रथम महाधिवेशनमा अध्यक्षका लागि रेशमको मात्रै एकल उम्मेदवारी पर्‍यो। एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध अध्यक्ष चयन भए। तर रेशमको अध्यक्ष चयन भने कानुनी विषयका कारण विवादित बन्ने देखिएको छ। 

रेशम टीकापुर हत्याकाण्डको मुद्दामा ३ तहकै अदालतबाट दोषी ठहर भएका अभियुक्त हुन्। र दोषी प्रमाणित भएकै अभियुक्तको रुपमा राष्ट्रपतिबाट ‘बाँकी कैद मिनाहा’ पाएर ‘सामाजिक जीवन’मा फर्किएका हुन्। उनलाई जेलमुक्त गरिने निर्णयविरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। टीकापुर घटनाका पीडितले रेशमको कैद मिनाहा गरिनु कानुन र फौजदारी न्यायको सिद्धान्त विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी फौजदारी अभियोग (वरिष्ठ प्रहरी अधिकारी र नाबालकसहित ८ जना मारिएको टीकापुर हत्याकाण्डको मुद्दा)मा दोषी ठहर भएका चौधरी कुनै राजनीतिक दलको कार्यकर्ता बन्नु पनि कानुन विपरीत भएको दाबी गर्छन्। राजनीतिक दलसम्बन्धी ऐन २०७३  को दफा १४ को उपदफा (२) अनुसार चौधरी राजनीतिक दलको सदस्य बन्न पनि योग्य नभएको त्रिपाठी बताउँछन्। राजनीतिक दलसम्बन्धी ऐन २०७३  को दफा १४ को उपदफा (२) मा राजनीतिक दलको सदस्य बन्न आवश्यक हुने योग्यताबारे उल्लेख छ। जसको देहाय (ख) मा दलको सदस्य बन्नका लागि ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजारी कसुरमा कैदको सजाय नपाएको’ हुनुपर्ने व्यवस्था छ। टीकापुर हत्याकाण्डको मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। रेशमको हकमा उच्च अदालत दिपायल र सर्वोच्च अदालतले पनि जिल्लाको फैसला सदर गरेको थियो।

वरिष्ठ अधिवक्ता त्रिपाठी फौजदारी अभियोग (ज्यानसम्बन्धी मुद्दा)मा कैद सजाय पाएको व्यक्ति कुनै राजनीतिक दलमा संलग्न भएर सक्रिय राजनीति गर्ने अनि त्यसबाट देशको नीति तथा कानुन निर्माणको अभ्यास हुन नसक्ने बताउँछन्। देश चलाउन र कानुन वनाउनका लागि जनप्रतिनिधि बनाउने ठाउँ राजनीतिक दल भएकाले त्यसको नेतृत्व कुनै अभियोगमा सबै अदालतबाट दोषी ठहर भएको व्यक्ति हुनु दण्डहिनताको चरम रुप भएको त्रिपाठीको टिप्पणी छ। 

‘टीकापुर घटना आफैंमा क्रुर भएको र उनको माफी गलत थियो भनेर सर्वोच्च अदालतले नै आफ्नो फैसलाको पूर्णपाठमा भनेको छ। जसकारण चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष चयन हुनु गलत अभ्यास हो। यो कानुनलाई चुनौती दिने काम पनि हो,’ त्रिपाठीले भने, ‘उनी पूर्ण रुपमा सफाइ पाएर निर्दोष भएका होइनन्। राष्ट्रपतिले कैद छुट दिएर रिहा भएको अभियुक्त भएकाले उनी पार्टी अध्यक्ष हुनु अनि त्यस्तो व्यक्तिले सार्वजनिक निकायहरु चलाउनु गलत हुन्छ।’ 

चौधरीलाई राजनीतिक दलसम्बन्धी ऐनले नै अध्यक्ष बन्न नदिने त्रिपाठीको भनाइ छ। निर्वाचन आयोगमा उजुरी परेपछि आयोगले यसबारे निर्णय लिने वा सर्वोच्चमा मुद्दा दायर भएर पनि व्याख्या हुनसक्ने उनले बताए। 

‘महत्त्वपूर्ण कुरा त राजनीतिक दलको नेतृत्व गर्ने व्यक्ति आफैं नैतिकताभित्र हुनुपर्ने हो। यसरी गम्भीर अभियोगमा दोषी ठहर भएको व्यक्तिले जिम्मेबारी नै लिन हुँदैन,’ त्रिपाठीले भने। 

कुन कानुनले रोक्छ ? 
चौधरीलाई राजनीतिक दलको अध्यक्षका रुपमा काम गर्ने अधिकार राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले नदिने कानुनका जानकारहरुको दाबी छ। 

Ncell 2
Ncell 2

तर महान्यायाधीवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले नैतिक पतन देखिने कुरा अदालतबाट व्याख्या हुनुपर्ने भएकाले यो विवादित नै भएको बताउँछन्। चौधरीको हकमा निर्वाचन आयोग वा सर्वोच्चले निर्णय गरी व्याख्या गर्नुपर्ने रेग्मीको विचार छ। राजनीतिक दलसम्बन्धी ऐनले उनलाई रोक्ने देखिएको, तर क्रुर तरिकाले ज्यान मारेको अभियोगलाई नैतिक पतन मान्ने कि नमान्ने भन्ने कुरामा भने विवाद हुनसक्ने रेग्मीको भनाइ छ। 

यस्तै विवादमा सर्वोच्चले यसअघि एउटा नजिर पनि निर्माण गरेको उनले बताए। लाक्पा शेर्पाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको मुद्दामा नैतिक पतनका बारेमा विस्तृत व्याख्या गरिएको छ। शेर्पा एक संस्थाको नेतृत्वमा पुगेपछि उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। शेर्पा बाटो ढुकेर एक व्यक्तिको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए। 

कर्तव्य ज्यानमा दोषी ठहर भएको व्यक्ति सार्वजनिक पदमा बस्न नमिल्ने भन्दै अख्तियारले उनलाई हटाउन निर्देशन दिएको थियो। उक्त निर्देशनविरुद्ध शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले नैतिक पतन देखिएकाले अख्तियारको निर्देशन सदर गरेको थियो। सर्वोच्चको यो फैसलालाई आधार मानेर हेर्दा चौधरी पार्टी अध्यक्ष मात्र नभइ उक्त दलको सदस्यसमेत बन्न नपाउने देखिन्छ। तर अब यसको निर्णय निर्वाचन आयोग वा सर्वोच्चले मात्र दिनुपर्ने रेग्मीको विचार छ।  

चौधरी भर्खरै अध्यक्षमा चयन भएकाले अब निर्वाचन आयोगमा उजुरी पर्ने वा सर्वोचच अदालतमा सार्वजनिक सरोकारको मुद्दा दायर भएमा यसवाट व्याख्या हुने उनको विचार छ। 

अध्यक्ष चयन भएका चौधरीले भने आफू अध्यक्ष हुन योग्य भएको दाबी गरेका छन्। अध्यक्ष निर्वाचित भएलगत्तै नेपाल लाइभसँग कुरा गर्दै उनले आफू अध्यक्ष भएको कुरा निर्वाचन आयोगले मान्ने र मान्नुपर्ने बताए। राजनीतिक दलसम्बन्धी वा निर्वाचनसम्बन्धी कुनै पनि कानुनले आफूलाई अध्यक्ष हुन बाधा नगर्ने उनको दाबी छ। 

‘म अध्यक्ष हुन मिल्छ। कुनै निर्वाचनसम्बन्धी कानुन र आयोगले रोक्न मिल्दैन,’ चौधरीले भने, ‘निर्वाचनसम्बन्धी कानुन हेरेर नै उम्मेदबार भएको हुँ।’ 

के थियो चौधरीमाथि अभियोग?
२०७२ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो। सोही घटनाको योजना बनाइ नेतृत्व गरेको आरोपमा रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको थियो। सर्वोच्चले पनि चौधरीसहित केहीको सजाय सदर गरेको थियो। जेठ २ गते सर्वोच्चले चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसला सदर गरेको थियो । 

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई दोषी ठहर गर्ने फैसला सदर गरेको थियो। 

इजलासले प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपित कसुरबाट सफाइ दिएको थियो भने सीताराम र गंगारामलाई  उच्च अदालत दीपायलले जन्मकैद र ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो। 

अर्का प्रतिवादी लक्ष्मण थारूलाई पनि उच्च अदालतले  कर्तव्य ज्यान मुद्दामा जन्मकैद र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो। लक्ष्मणको सजाय घटाएर सर्वोच्चले ३ वर्ष बनाइदिएको थियो ।  

के भन्छ निर्वाचन आयोग ?
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चौधरी पार्टी अध्यक्ष भएको बारे सार्वजनिक सञ्चार माध्यममा आए पनि निर्वाचन आयोगमा नआएकाले पार्टी अध्यक्ष भएको औपचारिक जानकारीको पर्खाइमा रहेको बताए। 

जानकारी आएपछि आफूहरुले सरकारदेखि अन्य निकायसँग छलफल गरेर निर्णय लिने थपलियाले बताए। 

हाल निर्वाचन आयोगमा ११९ भन्दा धेरै दल भएका कारण सवैको छानबिन गर्न सम्भव नभएकाले उजुरी परेमा वा अद्यावधिकका लागि आएमा निर्णय लिइने उनले बताए। 

तर चौधरीका बारेमा भने यसअघिबाटै सार्वजनिक मञ्चमा प्रश्न उठिरहेका कारण उनलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रूपमा विवरण अद्यावधिक गर्नुअघि सरकारलाई सोधिने थपलियाको भनाइ छ। 

उनी नैतिक पतन देखिने अभियोगमा कसुरदार देखिएको हो कि होइन भनेर आयोगले सरकारलाई पनि सोध्नसक्ने अनि निर्णय पनि लिने थपलियाको भनाइ छ। 

यसअघि चौधरीले आफूले पार्टी अध्यक्ष बन्न मिल्ने वा नमिल्नेबारे आयोगसँग सोधेको र आयोगबाट मिल्ने जानकारी पाएको दाबी विभिन्न सञ्चार माध्यममा गरेका थिए। तर प्रमुख आयुक्त थपलियाले चौधरीले यसबारे आयोगलाई नसोधेको स्पष्ट पारे। 

माफी विरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन 
चौधरीविरुद्ध टिकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले दायर गरेको रिट सर्वोच्चमा विचाराधीन छ।सर्वोच्चले यसमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते गणततन्त्र दिवसको दिनमा उनलाई माफी दिएको र उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै कडायतले सर्वोच्चमा २ वटा निवेदन दर्ता गराएकी छन्। पहिलो निवेदन चौधरीसहितको छ भने दोस्रो टिकापुर घटनाका अन्य दोषीहरुको छ।  यी दुवै मुद्दालाई सर्वोच्चले अन्तिम फैसला सुनाउनका लागि पेसी तोकेको छ।  

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित)
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा
सम्बन्धित सामग्री
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने ‘साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । अब समय थप हुँदैन । मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजन... मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन् । उता शीर्ष नेताहरू छुट्टै छलफलमा जुटे... मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिको चुनाव जितिसकेपछि पार्टीबाट अलग भएको अवस्थामा नाम आउनु शोभनीय नभएको भन्दै निर... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्