• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
पूर्वराजदूत झा हत्यामा नयाँ ट्वीस्ट : आरोपित दुई तहको अदालतबाट निर्दोष ठहर, हत्यारा पत्ता लगाउने बाटो बन्द प्रहरीको अनुसन्धानमा उठ्यो गम्भीर प्रश्न
64x64
नारायण अधिकारी शुक्रबार, पुस २७, २०८०  १२:०४
1140x725

काठमाडौं- प्रहरीले सुल्झाएको भनेर फाइल बन्द गरेको पूर्वराजदूत केशवराज झा हत्याको घटनाले नयाँ मोड लिएको छ। प्रहरीले हत्यामा संग्लन भनेर किटान गर्दै पेस गरिएका व्यक्तिले दुई तहको अदालतबाट सफाइ पाएपछि पूर्वराजदूत झा हत्याको घटनाले नयाँ मोड लिएको हो। 

पूर्वराजदूत झाको हत्या उनकै घरका सुरक्षा गार्ड सानुकान्छा तामाङले गरेको भन्दै सानुकान्छालाई हत्या आरोपित बनाएर अदालतमा पेस गरिएको थियो। तर उनै सानुकान्छाले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटन गरी दुई तहका अदालतबाट निर्दोष रहेको भन्दै सफाइ पाएका छन्। हत्या आरोपित भनेर किटान गरी पेस गरिएका व्यक्तिले दुई तहको अदालतबाट सफाइ पाएपछि प्रहरी अनुसन्धानमा गम्भीर प्रश्न उठेको छ।

२०७५ भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो। झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको थियो। प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कु, पन्जा, सुरक्षा गार्डको मोबाइल, झाको रगतले लतपतिएको कपडा लगायत अन्य प्रमाण फेला पारेको थियो। आफ्नै भान्साको चक्कुले हत्या गरिएको भनिए पनि चक्कुको ल्याब टेस्ट गर्दा समेत कसैको फिंगर प्रिन्टसँग मिलेनको थिएन। झाको घर नजिकै केराको झाँङबाट उठाइएको पन्जामा समेत कुनै क्लु फेला पर्न सकेको थिएन। 

झा हत्याको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले उक्त घटना निकै रहस्यमय भएको त्यतिबेला बताएका थिए। झाको हत्या लगत्तै उनकै घरमा काम गर्ने सुरक्षागार्ड काभ्रेको पनौती नगरपालिका–१० का ५२ वर्षीय सानु भनिने सानुकान्छा तामाङलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। 

हत्या आशंकामा सानुकान्छा तामाङ पक्राउ परे पनि हत्यामा उनी संलग्न हुने कुनै प्रमाण प्रहरीले फेला पार्न सकेको थिएन। पोलिग्राफ टेस्टदेखि नेपालमा अनुसन्धानका लागि अवैध मानिने नार्को टेस्ट समेत सानुकान्छाको गरिएको थियो। तर कुनै पनि प्रमाण जुटाउन नसकेपछि त्यतिबेला सानुकान्छालाई अभद्र व्यवहारको कसुरमा म्याद थप्दै हत्याको अनुसन्धान गरियो। २४ दिन हिरासत बसेपछि सानुकान्छा जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको कसुरमा १२ हजार धरौटी तारेखमा छुटेका थिए। 

सानुकान्छा छुटेको एक वर्षपछि २०७६ भदौ १ गते फेरि घटनाले अर्को मोड लियो। झाको हत्या आरोपमा फेरि सानुकान्छा तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्‍यो। त्यतिबेला अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) सहकुलबहादुर थापा (हाल एआईजीबाट अवकाशप्राप्त) थिए।

मुद्दा चलाउन अधिकार अपराध अनुसन्धान कार्यालयलाई नभएकाले सानुकान्छालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो। त्यतिबेला परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तमराज सुवेदी (हाल एआईजीबाट अवकाशप्राप्त) थिए।

झाकी पत्नी ज्ञानुको तर्फबाट सानुकान्छा विरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दर्ता भयो। त्यसपछि दोस्रो पटक पक्राउ परेका सानुकान्छालाई भने अभद्र व्यवहारको कसुरमा नभई झाको हत्या गरेको आरोपमा मुद्दा दायर गरियो। 

Ncell 2
Ncell 2

‘झाको कर्तव्य गरी हत्या गरेको पुष्टि भएको, ज्ञानुले सानुकान्छा विरुद्ध किटानी जाहेरी नै दिएको, बाहिरी व्यक्ति घर भित्र ढोका झ्याल नफोरी भित्र प्रवेश गर्ने अवस्था नै नरहेको, घटनास्थल मुचुल्काबाट सो अवस्थाको विद्यमानता नदेखिएको, यिनै प्रतिवादीसँग घर भित्र प्रवेश गर्ने चाबी समेत रहेको, मृतकसँगै कुकुर पनि कोठामा रहने र बाहिरी व्यक्ति जाँदा कुकुर भुक्ने, झम्टिने अवस्था विद्यमान हुने सो पनि भएको भन्ने नदेखिएको, यिनै प्रतिवादीले भान्साघरमा प्रयोग हुने चक्कु, पन्जाको प्रयोग गरी घटना घटित भएको र प्रतिवादी मिलेमतो र संलग्नता बेगर अन्य व्यक्तिले उक्त घटना गराउन नसक्ने अवस्थाको विद्यमानता र परिस्थितिजन्य प्रमाण समेतबाट पुष्टि भइरहेको हुँदा प्रतिवादी कान्छा भन्ने सानुकान्छा तामाङले मृतक केशव राज झालाई कर्तव्य गरी मारेको भन्ने अभियोग मागदाबी बमोजिम प्रतिवादीलाई कसुरदार ठहर गरी इन्साफ गरी पाँउ’ भन्दै दाबी गरिएको थियो। उक्त तर्कलाई आधार मान्दै सानुकान्छा २०७६ भदौ २५ गते जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि कारागार समेत चलान भए। 

तर, फैसलामा उनी निर्दोष भन्दै सफाइ पाएपछि घटनाले नयाँ मोड लिएको छ। जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले २०७७ भदौ २३ मा सानुकान्छालाई सफाइ दियो।

बिना प्रमाण परिस्थतिजन्य प्रमाणका आधारमा भन्दै कर्तव्य ज्यान जस्तो गम्भीर घटनामा आरोप लगाउन नमिल्ने भन्दै ओलीको इजलासले सानुकान्छालाई सफाइ दियो। ‘पोलिग्राफ, नार्को टेस्ट गराउँदै कुनै प्रमाण नभेटिएको, पहिलो पटक पक्राउ पर्दा पनि कुनै प्रमाण नभएकै कारण अभद्रको कसुर लगाइएको, दोस्रो पटक पक्राउ गरेका बेला थप कुनै प्रमाण जुटाउन नसकेको, सीसी टिभी फुटेज, डग स्निफिङबाट समेत केही नआएको, आरोपितले घटनाबारे इन्कार गरेको तर संकाको आधारमा मात्रै दोषी कारर गर्ने मनसायले प्रतिवादी बनाइएको भन्दै सफाइ अदालतले सानुकान्छालाई सफाइ दिएको थियो। सानुकान्छाको तर्फबाट प्रकाश पौडेल र अनिल गिरीले बहस गरेका थिए। 

‘घटनालगत्तै यी प्रतिवादी सानुकान्छालाई पक्राउ गरी सार्वजनिक अपराधको कसुर गरेको भन्ने मुद्दामा हिरासतमा राखिए तापनि उक्त ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिएको, सो क्रममा पोलिग्राफ टेस्ट, नार्को टेस्ट गराउने लगायतका अनुसन्धानका कार्यहरू तत्कालै भएको, तालिमप्राप्त कुकुरबाट अनुसन्धान गर्ने, भौतिक सबुत प्रमाणको परीक्षण गर्ने, सीसी टिभी फुटेज संकलन गर्ने, छरछिमेक बुझ्ने, घर परिवारका व्यक्तिको कागज गराउने समेतका कार्य गर्दा अनुसन्धान अधिकारीले यी प्रतिवादीको उक्त घटना वारदातमा प्रत्यक्ष संलग्रनता नदेखिएको कारण कर्तव्य ज्यानको मुद्दा चलाइएको थिएन’ फैसलामा उल्लेख गरिएको छ। 

‘घटना घटित भएको एक वर्षपछि शंका र अनुमान व्यक्त गर्दै दिएको जाहेरीको आधारमा यी प्रतिवादी उपर ज्यान सम्बन्धी कसुरको अभियोगमा सजाय गरी पाउन वादी नेपाल सरकारको तर्फबाट अभियोग पत्र पेस भएको देखिन्छ। प्रतिवादी आरोपित कसुरमा अनुसन्धान अधिकारी समक्ष बयान गर्दाको अवस्थादेखि नै इन्कार रहेको, अनुसन्धानका क्रममा संकलित भौतिक सवुद प्रमाण जाँचबाट यी प्रतिवादीको मृतक झालाई कर्तव्य गरी मार्ने कार्यमा प्रत्यक्ष संलग्रता रहेको पुष्टि नभएको, किटानी जाहेरी दिने मृतकको श्रीमती ज्ञानुले घटना वारदातको लगत्तै मौकामा घटना सम्बन्धमा कागज गर्दा वा परिवारका अन्य सदस्यले कागज गर्दा यी प्रतिवादी उपर शंका गरेको नदेखिएको, यी प्रतिवादीले आरोपित कसुर स्वीकार नगरेपछि यी-यी प्रमाणबाट निजको इन्कारी जिकिर खन्डित हुन गएको भन्न सकिने प्रमाणको अभाव रहेको देखिन्छ। अत मृतक केशवराज झाको मृत्यु कर्तव्यबाट भएको स्थापित भएको, कर्तव्य गर्ने व्यक्तिको पहिचान एक वर्षसम्म हुन नसकेको र यी प्रतिवादी बाहेक अन्य व्यक्ति मृतकको घर प्रवेश गर्ने अवस्था नै नरहेको भन्ने आधारमा शंका र अनुमान गरी ज्यान जस्तो गम्भीर फौजदारी कसुरमा दोषी ठहर गर्नु फौजदारी न्यायको मान्य सिद्धान्तबाट समेत मिल्ने देखिएन’ फैसलामा उल्लेख गरिएको छ।

जिल्लाको उक्त आदेश विरुद्ध सरकारी पक्ष उच्च अदालत पाटन गएको थियो। पाटनले पछि जिल्लाकै फैसला सदर गरेपछि अब झा घटनाले नयाँ मोड लिएको छ। यही घटनामा अब सर्वोच्च जान समेत नमिल्ने अर्को अभियोग समेत लगाउन नमिल्ने सर्वोच्च अदालत बारका पूर्वसचिव समेत रहेका ऋषिराम घिमिरे बताउँछन्। जसका कारण अब झा हत्या घटना अनसल्भको सूचीमा रहने देखिन्छ।

‘एउटै मुद्दामा एकै व्यक्ति किटान गरेर मुद्दा चलाइएको छ भने सफाइ पायो भन्दै अर्को पटक अर्को व्यक्तिलाई किटान गर्दै नयाँ अभियोग लगाउन मिल्दैन,’ घिमिरेले नेपाल लाइभसँग भने। उनको भनाइ अनुसार अब झा हत्यामा सानुकान्छा निर्दोष भइसकेकाले अर्को व्यक्ति विरुद्ध नयाँ अभियोग लगाएर पनि लैजान नमिल्ने भएकाले यो केस अनसल्भको दर्जामा रहेन देखिन्छ।

यता जिल्ला प्रहरी परिसर काठमाडौंका मुद्दा शाखाका कर्मचारीहरु पनि अब झा हत्याको नयाँ फाइल खोल्न मिल्ने/नमिल्ने भन्ने परामर्शमै छन्। कानुनका जानकार र सरकारी वकिल पक्षसँगको अहिलेसम्मको छलफल अनुसार अर्को अभियोग बनाएर लैजान नमिल्ने देखिएकाले झा हत्या सल्भ नहुँदै फाइल बन्द गर्नुपर्ने अवस्था आएको छ। अर्कोतर्फ यो मुद्दाको फैसला भइसकेकाले पुरक अभियोग बनाएर लैजाने बाटो पनि बन्द भएको छ। 

यता महान्यायधिवक्ता कार्यालयका नायब महान्यायधिवक्ता सन्जिवराज रेग्मीले अर्को नयाँ अभियोग ल्याएर मुद्दा चलाउन नमिल्ने बताए। आरोपित व्यक्तिले सफाइ पाएपछि अर्को व्यक्तिका लागि फेरि अनुसन्धान हुने व्यवस्थै नरहेको उनले बताए। दुई तहको अदालतबाट सफाइ पाए पनि सरकारी पक्ष सर्वोच्च जान सक्छ। उच्चबाट फैसला आएको ४५ दिन भित्र सर्वोच्च जान सकिने प्रवधान भए पनि ससकारी पक्ष सर्वोच्च नगएकाले अब यो झाको केस पुन: अनुसन्धान हुने बाटो बन्द भएको छ।

सम्बन्धित समाचार

पूर्वराजदूत झा हत्या : किन सुल्झाउन सकेन प्रहरीले रहस्य?

पूर्वराजदूत झा हत्या : प्रहरीको लेन्समा फेरि सानुकान्छा

पूर्वराजदूत झा हत्याः अनुसन्धानको ‘लेन्स’मा परिवारकै सदस्य?

पूर्वराजदूत झा हत्या : पटके चोरदेखि खुफिया एजेन्सी ‘रअ’ सम्म अनुसन्धान, नार्कोमा देखिएन कुनै संकेत

एकान्त घरको रहस्यमय हत्या : कुकुर किन भुकेन? पूर्वराजदूत झा हत्याका ४ अनौठा तथ्य

पूर्वराजदूत झा हत्या प्रकरणः तीन कामदारलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

पूर्वराजदूत झा हत्या : किन पक्राउ परे सानुकान्छा?

पूर्व राजदूत झा हत्या : पक्राउ परेका सानुकान्छा पुर्पक्षका लागि जेल चलान

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्