• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

पूर्वराजदूत झा हत्यामा नयाँ ट्वीस्ट : आरोपित दुई तहको अदालतबाट निर्दोष ठहर, हत्यारा पत्ता लगाउने बाटो बन्द

प्रहरीको अनुसन्धानमा उठ्यो गम्भीर प्रश्न
64x64
नारायण अधिकारी शुक्रबार, पुस २७, २०८०  १२:०४
1140x725

काठमाडौं- प्रहरीले सुल्झाएको भनेर फाइल बन्द गरेको पूर्वराजदूत केशवराज झा हत्याको घटनाले नयाँ मोड लिएको छ। प्रहरीले हत्यामा संग्लन भनेर किटान गर्दै पेस गरिएका व्यक्तिले दुई तहको अदालतबाट सफाइ पाएपछि पूर्वराजदूत झा हत्याको घटनाले नयाँ मोड लिएको हो। 

पूर्वराजदूत झाको हत्या उनकै घरका सुरक्षा गार्ड सानुकान्छा तामाङले गरेको भन्दै सानुकान्छालाई हत्या आरोपित बनाएर अदालतमा पेस गरिएको थियो। तर उनै सानुकान्छाले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटन गरी दुई तहका अदालतबाट निर्दोष रहेको भन्दै सफाइ पाएका छन्। हत्या आरोपित भनेर किटान गरी पेस गरिएका व्यक्तिले दुई तहको अदालतबाट सफाइ पाएपछि प्रहरी अनुसन्धानमा गम्भीर प्रश्न उठेको छ।

२०७५ भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय बयोवृद्ध झाको हत्या भएको थियो। झामाथि १३ इन्च लामो घरेलु चक्कुले टाउकोमा ४ र घाँटी छेउमा २ पटक प्रहार गरेर हत्या गरिएको थियो। प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कु, पन्जा, सुरक्षा गार्डको मोबाइल, झाको रगतले लतपतिएको कपडा लगायत अन्य प्रमाण फेला पारेको थियो। आफ्नै भान्साको चक्कुले हत्या गरिएको भनिए पनि चक्कुको ल्याब टेस्ट गर्दा समेत कसैको फिंगर प्रिन्टसँग मिलेनको थिएन। झाको घर नजिकै केराको झाँङबाट उठाइएको पन्जामा समेत कुनै क्लु फेला पर्न सकेको थिएन। 

झा हत्याको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले उक्त घटना निकै रहस्यमय भएको त्यतिबेला बताएका थिए। झाको हत्या लगत्तै उनकै घरमा काम गर्ने सुरक्षागार्ड काभ्रेको पनौती नगरपालिका–१० का ५२ वर्षीय सानु भनिने सानुकान्छा तामाङलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। 

हत्या आशंकामा सानुकान्छा तामाङ पक्राउ परे पनि हत्यामा उनी संलग्न हुने कुनै प्रमाण प्रहरीले फेला पार्न सकेको थिएन। पोलिग्राफ टेस्टदेखि नेपालमा अनुसन्धानका लागि अवैध मानिने नार्को टेस्ट समेत सानुकान्छाको गरिएको थियो। तर कुनै पनि प्रमाण जुटाउन नसकेपछि त्यतिबेला सानुकान्छालाई अभद्र व्यवहारको कसुरमा म्याद थप्दै हत्याको अनुसन्धान गरियो। २४ दिन हिरासत बसेपछि सानुकान्छा जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको कसुरमा १२ हजार धरौटी तारेखमा छुटेका थिए। 

सानुकान्छा छुटेको एक वर्षपछि २०७६ भदौ १ गते फेरि घटनाले अर्को मोड लियो। झाको हत्या आरोपमा फेरि सानुकान्छा तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्‍यो। त्यतिबेला अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) सहकुलबहादुर थापा (हाल एआईजीबाट अवकाशप्राप्त) थिए।

मुद्दा चलाउन अधिकार अपराध अनुसन्धान कार्यालयलाई नभएकाले सानुकान्छालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो। त्यतिबेला परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तमराज सुवेदी (हाल एआईजीबाट अवकाशप्राप्त) थिए।

झाकी पत्नी ज्ञानुको तर्फबाट सानुकान्छा विरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दर्ता भयो। त्यसपछि दोस्रो पटक पक्राउ परेका सानुकान्छालाई भने अभद्र व्यवहारको कसुरमा नभई झाको हत्या गरेको आरोपमा मुद्दा दायर गरियो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘झाको कर्तव्य गरी हत्या गरेको पुष्टि भएको, ज्ञानुले सानुकान्छा विरुद्ध किटानी जाहेरी नै दिएको, बाहिरी व्यक्ति घर भित्र ढोका झ्याल नफोरी भित्र प्रवेश गर्ने अवस्था नै नरहेको, घटनास्थल मुचुल्काबाट सो अवस्थाको विद्यमानता नदेखिएको, यिनै प्रतिवादीसँग घर भित्र प्रवेश गर्ने चाबी समेत रहेको, मृतकसँगै कुकुर पनि कोठामा रहने र बाहिरी व्यक्ति जाँदा कुकुर भुक्ने, झम्टिने अवस्था विद्यमान हुने सो पनि भएको भन्ने नदेखिएको, यिनै प्रतिवादीले भान्साघरमा प्रयोग हुने चक्कु, पन्जाको प्रयोग गरी घटना घटित भएको र प्रतिवादी मिलेमतो र संलग्नता बेगर अन्य व्यक्तिले उक्त घटना गराउन नसक्ने अवस्थाको विद्यमानता र परिस्थितिजन्य प्रमाण समेतबाट पुष्टि भइरहेको हुँदा प्रतिवादी कान्छा भन्ने सानुकान्छा तामाङले मृतक केशव राज झालाई कर्तव्य गरी मारेको भन्ने अभियोग मागदाबी बमोजिम प्रतिवादीलाई कसुरदार ठहर गरी इन्साफ गरी पाँउ’ भन्दै दाबी गरिएको थियो। उक्त तर्कलाई आधार मान्दै सानुकान्छा २०७६ भदौ २५ गते जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि कारागार समेत चलान भए। 

तर, फैसलामा उनी निर्दोष भन्दै सफाइ पाएपछि घटनाले नयाँ मोड लिएको छ। जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले २०७७ भदौ २३ मा सानुकान्छालाई सफाइ दियो।

बिना प्रमाण परिस्थतिजन्य प्रमाणका आधारमा भन्दै कर्तव्य ज्यान जस्तो गम्भीर घटनामा आरोप लगाउन नमिल्ने भन्दै ओलीको इजलासले सानुकान्छालाई सफाइ दियो। ‘पोलिग्राफ, नार्को टेस्ट गराउँदै कुनै प्रमाण नभेटिएको, पहिलो पटक पक्राउ पर्दा पनि कुनै प्रमाण नभएकै कारण अभद्रको कसुर लगाइएको, दोस्रो पटक पक्राउ गरेका बेला थप कुनै प्रमाण जुटाउन नसकेको, सीसी टिभी फुटेज, डग स्निफिङबाट समेत केही नआएको, आरोपितले घटनाबारे इन्कार गरेको तर संकाको आधारमा मात्रै दोषी कारर गर्ने मनसायले प्रतिवादी बनाइएको भन्दै सफाइ अदालतले सानुकान्छालाई सफाइ दिएको थियो। सानुकान्छाको तर्फबाट प्रकाश पौडेल र अनिल गिरीले बहस गरेका थिए। 

‘घटनालगत्तै यी प्रतिवादी सानुकान्छालाई पक्राउ गरी सार्वजनिक अपराधको कसुर गरेको भन्ने मुद्दामा हिरासतमा राखिए तापनि उक्त ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिएको, सो क्रममा पोलिग्राफ टेस्ट, नार्को टेस्ट गराउने लगायतका अनुसन्धानका कार्यहरू तत्कालै भएको, तालिमप्राप्त कुकुरबाट अनुसन्धान गर्ने, भौतिक सबुत प्रमाणको परीक्षण गर्ने, सीसी टिभी फुटेज संकलन गर्ने, छरछिमेक बुझ्ने, घर परिवारका व्यक्तिको कागज गराउने समेतका कार्य गर्दा अनुसन्धान अधिकारीले यी प्रतिवादीको उक्त घटना वारदातमा प्रत्यक्ष संलग्रनता नदेखिएको कारण कर्तव्य ज्यानको मुद्दा चलाइएको थिएन’ फैसलामा उल्लेख गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘घटना घटित भएको एक वर्षपछि शंका र अनुमान व्यक्त गर्दै दिएको जाहेरीको आधारमा यी प्रतिवादी उपर ज्यान सम्बन्धी कसुरको अभियोगमा सजाय गरी पाउन वादी नेपाल सरकारको तर्फबाट अभियोग पत्र पेस भएको देखिन्छ। प्रतिवादी आरोपित कसुरमा अनुसन्धान अधिकारी समक्ष बयान गर्दाको अवस्थादेखि नै इन्कार रहेको, अनुसन्धानका क्रममा संकलित भौतिक सवुद प्रमाण जाँचबाट यी प्रतिवादीको मृतक झालाई कर्तव्य गरी मार्ने कार्यमा प्रत्यक्ष संलग्रता रहेको पुष्टि नभएको, किटानी जाहेरी दिने मृतकको श्रीमती ज्ञानुले घटना वारदातको लगत्तै मौकामा घटना सम्बन्धमा कागज गर्दा वा परिवारका अन्य सदस्यले कागज गर्दा यी प्रतिवादी उपर शंका गरेको नदेखिएको, यी प्रतिवादीले आरोपित कसुर स्वीकार नगरेपछि यी-यी प्रमाणबाट निजको इन्कारी जिकिर खन्डित हुन गएको भन्न सकिने प्रमाणको अभाव रहेको देखिन्छ। अत मृतक केशवराज झाको मृत्यु कर्तव्यबाट भएको स्थापित भएको, कर्तव्य गर्ने व्यक्तिको पहिचान एक वर्षसम्म हुन नसकेको र यी प्रतिवादी बाहेक अन्य व्यक्ति मृतकको घर प्रवेश गर्ने अवस्था नै नरहेको भन्ने आधारमा शंका र अनुमान गरी ज्यान जस्तो गम्भीर फौजदारी कसुरमा दोषी ठहर गर्नु फौजदारी न्यायको मान्य सिद्धान्तबाट समेत मिल्ने देखिएन’ फैसलामा उल्लेख गरिएको छ।

जिल्लाको उक्त आदेश विरुद्ध सरकारी पक्ष उच्च अदालत पाटन गएको थियो। पाटनले पछि जिल्लाकै फैसला सदर गरेपछि अब झा घटनाले नयाँ मोड लिएको छ। यही घटनामा अब सर्वोच्च जान समेत नमिल्ने अर्को अभियोग समेत लगाउन नमिल्ने सर्वोच्च अदालत बारका पूर्वसचिव समेत रहेका ऋषिराम घिमिरे बताउँछन्। जसका कारण अब झा हत्या घटना अनसल्भको सूचीमा रहने देखिन्छ।

‘एउटै मुद्दामा एकै व्यक्ति किटान गरेर मुद्दा चलाइएको छ भने सफाइ पायो भन्दै अर्को पटक अर्को व्यक्तिलाई किटान गर्दै नयाँ अभियोग लगाउन मिल्दैन,’ घिमिरेले नेपाल लाइभसँग भने। उनको भनाइ अनुसार अब झा हत्यामा सानुकान्छा निर्दोष भइसकेकाले अर्को व्यक्ति विरुद्ध नयाँ अभियोग लगाएर पनि लैजान नमिल्ने भएकाले यो केस अनसल्भको दर्जामा रहेन देखिन्छ।

यता जिल्ला प्रहरी परिसर काठमाडौंका मुद्दा शाखाका कर्मचारीहरु पनि अब झा हत्याको नयाँ फाइल खोल्न मिल्ने/नमिल्ने भन्ने परामर्शमै छन्। कानुनका जानकार र सरकारी वकिल पक्षसँगको अहिलेसम्मको छलफल अनुसार अर्को अभियोग बनाएर लैजान नमिल्ने देखिएकाले झा हत्या सल्भ नहुँदै फाइल बन्द गर्नुपर्ने अवस्था आएको छ। अर्कोतर्फ यो मुद्दाको फैसला भइसकेकाले पुरक अभियोग बनाएर लैजाने बाटो पनि बन्द भएको छ। 

यता महान्यायधिवक्ता कार्यालयका नायब महान्यायधिवक्ता सन्जिवराज रेग्मीले अर्को नयाँ अभियोग ल्याएर मुद्दा चलाउन नमिल्ने बताए। आरोपित व्यक्तिले सफाइ पाएपछि अर्को व्यक्तिका लागि फेरि अनुसन्धान हुने व्यवस्थै नरहेको उनले बताए। दुई तहको अदालतबाट सफाइ पाए पनि सरकारी पक्ष सर्वोच्च जान सक्छ। उच्चबाट फैसला आएको ४५ दिन भित्र सर्वोच्च जान सकिने प्रवधान भए पनि ससकारी पक्ष सर्वोच्च नगएकाले अब यो झाको केस पुन: अनुसन्धान हुने बाटो बन्द भएको छ।

सम्बन्धित समाचार

पूर्वराजदूत झा हत्या : किन सुल्झाउन सकेन प्रहरीले रहस्य?

पूर्वराजदूत झा हत्या : प्रहरीको लेन्समा फेरि सानुकान्छा

पूर्वराजदूत झा हत्याः अनुसन्धानको ‘लेन्स’मा परिवारकै सदस्य?

पूर्वराजदूत झा हत्या : पटके चोरदेखि खुफिया एजेन्सी ‘रअ’ सम्म अनुसन्धान, नार्कोमा देखिएन कुनै संकेत

एकान्त घरको रहस्यमय हत्या : कुकुर किन भुकेन? पूर्वराजदूत झा हत्याका ४ अनौठा तथ्य

पूर्वराजदूत झा हत्या प्रकरणः तीन कामदारलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

पूर्वराजदूत झा हत्या : किन पक्राउ परे सानुकान्छा?

पूर्व राजदूत झा हत्या : पक्राउ परेका सानुकान्छा पुर्पक्षका लागि जेल चलान

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
तातोपानी नाका तीन दिन खुल्ने शनिबार, असोज ३१, २०८३
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ? शनिबार, असोज ३१, २०८३
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्