काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का डाइरेक्टर जनरल डा क्यु दोङयुले शुक्रबार शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा राष्ट्रपति पौडेलले खाद्य तथा कृषि संगठनले नेपालमा विशेषगरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरुको क्षमता अभिवृद्धि एवं सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि गरेको सहकार्य र योगदानका लागि धन्यवाद दिएका थिए।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल पेरिस सम्झौताको कार्यान्वयनका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएको राष्ट्रवति कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।