काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन पर्यटनमन्त्री र कर्मचारीहरुको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा विभागिय मन्त्री र कर्मचारीहरुको स्वार्थका कारण नेपाल हवाइसेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उडड्यन प्राधिकरण विधेयक आउन नसकेको बताएका हुन्।
उनले राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको भएपनि स्वार्थवश प्रतिनिधि सभाबाट पुनः राष्ट्रिय सभामा फिर्ता नआएको बताए।
युरोपियन युनियनले नेपालीलाई कालोसूचिमा राखेको अवस्थामा सेवा प्रदायक निकाय र नियामक निकाय एउटै हुनु नहुने प्रावधानसहित विधेयक ल्याउनुपर्ने भएपनि कर्मचारीहरुले सो कुरा स्वीकार गर्न नसकेका उनको भनाइ छ।
उनले वायु सेवा निगमका कर्मचारीहरुले पार्टीका नेताहरुको कुरा सुनेका पनि बताए। अझै पनि सरकारले चाहेमा सो विधेयक ल्याएर पारित गर्नसक्ने भएपनि प्रयत्न नगरिएको उनले बताए। नेताहरु निहित स्वार्थमा लागेको उनको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।