काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको व्यक्तित्व बहुआयामिक भएको बताएका छन्। बिहीबारदेखि सुरु नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै नेपालले चौधरीमाथि शंका गर्न नहुने बताए।
'हामी पनि चाहन्छौँ कि देशलाई एकताबद्ध बनाउने र सबै जातजातिको बीचमा पारस्पारिक प्रेम र सद्भाव बढाउने व्यक्तिमाथि अनुचित शंका-उपशंका र आरोप लगाउनु हुँदैन। इमानदार मान्छेलाई कसैले अपराधी भन्यो भने सबैको चित्त दुख्छ', नेपालले भने।
अध्यक्ष नेपालले आफूले नागरिक उन्मुक्ति पार्टीलाई आफूले थारुहरूको संगठन मात्रै नठानेको बताए। भने, 'यो सबै समुदायको संगठनको रुपमा राष्ट्रिय रुपमा नै अगाडि बढ्ने संकल्प गरेर अगाडि बढेको यो संगठनको रुपमा मैले ठानिरहेको छु।'
उनले नागरिक उन्मुक्ति पार्टीका नेताहरूले विभिन्न समुदायका व्यक्तिहरूका माझमा कसरी संगठन पुर्याउने? सबैको प्यारो कसरी बन्ने? अरु संगठनभन्दा राम्रो र नयाँ काम के गरेर देखाउने? भन्ने कुरामा चिन्तनशील भएको आफूले पाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।