काठमाडौं- पार्टीको विधान संशोधनका लागि नेकपा एकीकृत समाजवादीले तल्ला कमिटीहरूलाई प्रश्नावली पठाएको छ।
प्रश्नावलीमा महाधिवेशन/अधिवेशनका प्रतिनिधि कसरी चयन गर्ने? केन्द्रीय संगठनात्मक संरचना कस्तो बनाउने? केन्द्रीय परिषद् कस्तो बनाउने? कमिटीहरू कति संख्याका बनाउने? लगायतका प्रश्न सोधिएका छन्।
प्रश्नावलीमा केन्द्रीय संगठनात्मक संरचनामा 'राष्ट्रिय महाधिवेशन- केन्द्रीय परिषद्- केन्द्रीय कमिटी- केन्द्रीय आयोग- केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च' राख्ने वा 'राष्ट्रिय महाधिवेशन- केन्द्रीय कमिटी- केन्द्रीय आयोग- केन्द्रीय सल्लाहकार परिषद्- केन्द्रीय ज्येष्ठ मञ्च- केन्द्री परिषद्' राख्ने विकल्प दिइएको छ। अन्य केही भए सुझाउन पनि भनिएको छ।
केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी (महानगर, उपमहानगर, नगर र गाउँ) मा रहने सदस्य संख्याबारे पनि सुझाव मागिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।