• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बोतलको पानी सोचेभन्दा पनि खराब: १ लिटरमा भेटियो २ लाख ४० हजार प्लास्टिकका कण

64x64
नेपाल लाइभ बिहीबार, पुस २६, २०८०  १२:३१
1140x725

बजारमा पाइने बोतलको पानी जति खराब मानिन्छ, त्योभन्दा सयौं गुणा खराब हुने गरेको तथ्य वैज्ञानिक खोजबाट पत्ता लागेको छ। वैज्ञानिकहरुले गरेको एक अध्ययनअनुसार प्लास्टिकको बोतलमा प्याक गरिएको पानीमा प्लास्टिकका स–साना लाखौं कणहरु पाइन्छन्। 

‘प्रोसिडिङ्ग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज’मा प्रकाशित यो खोजका लागि वैज्ञानिकहरुले नयाँ प्रविधिको प्रयोग गरेका बताइएको छ। हालै मात्र पत्ता लागेको यो प्रविधिको माध्यमबाट वैज्ञानिकहरुले प्लास्टिकको बोतलमा आउने पानीमा हुने प्लास्टिकका कणहरुको गणना गरे। गणनाका क्रममा १ लिटर पानीमा औसतमा २ लाख ४० हजार प्लास्टिकका कण भेटियो। 

वैज्ञानिकहरुले अलग–अलग कम्पनीको पानी जाँच गरेका थिए। अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले प्लास्टिकको बोतलमा प्याक गरिने पानीमा पहिलेको अनुमानभन्दा धेरै गुणा बढी प्लास्टिकको कण पाइएको बताएका छन्, जुन चिन्ताको विषय भएको उनीहरुले उल्लेख गरेका छन्। 

कोलम्बिया विश्वविद्यालयमा जिओक्यामेस्ट्रीका एसोसिएट प्रोफेसर बाइजान यानले भने, ‘यदि मानिसहरु बोतलबन्द पानीमा नानोप्लास्टिक हुने विषयलाई लिएर चिन्तित छन् भने उनीहरुले नल (धारा)को पानीलाई विकल्प सोच्नु पूर्ण रुपमा जायज हो। तर हामी बोतलबन्द पानी पिउनै हुँदैन भनेर भन्न सक्ने अवस्थामा छैनौँ। किनकि डिहाइड्रेशन (निर्जलीकरण)को खतरा नानोप्लास्टिकको सम्भावित खतराभन्दा कयौं गुणा ठूलो हो।’

हालैका वर्षहरुमा खाद्य पदार्थमा माइक्रोप्लास्टिकको उपलब्धतालाई लिएर संसारभर नै चिन्ता बढेको छ। प्लास्टिकका यी कण नदी तथा महासागरदेखि उच्च पहाडमा जम्ने हिउँ (बरफ)मा पनि पाइएका छन्। यस्तै प्रकारले माइक्रोप्लास्टिक पिउने पानी र खानामा पुगिरहेको छ। 

५ मिलिमिटरभन्दा पनि सानो टुक्रालाई माइक्रोप्लास्टिक भनिन्छ। यस्तै एक माइक्रोमिटर (१ मिटर प्लास्टिकको अर्बौं टुक्रा)लाई नानोप्लास्टिक भनिन्छ। यी कणहरु यति साना हुन्छन् कि मानिसको पाचन तन्त्र र फोक्सोमा समेत प्रवेश गर्न सक्नछन्। पाचन तन्त्र र फोक्सोबाट नानोप्लास्टिकका कणहरुले रगतमा मिसिएर मस्तिष्क तथा हृदय समेत सबै अंगलाई प्रभावित गर्न सक्छन्।  

प्लेसेन्टा (गर्भावस्थाको समयमा पाठेघरमा विकसित हुने अंग) बाट यी कणहरु गर्भमा रहेको बच्चको शरीरमा पनि पुग्न सक्छन्। 

इकोसिस्टम र मानवीय स्वास्थ्यमा प्लास्टिकका यी कणहरुले कस्तोखाले असर पुर्‍याउँछन् भन्ने विषयमा अझे विस्तृत अध्ययन भएको छैन। यद्यपि सुरुवाती अध्ययनहरुबाट पत्ता लागेअनुसार प्लास्टिकका कणबाट मानिसमा ग्यास्ट्रिकको समस्याका साथै बच्चाहरु जन्मिँदा शारीरिक समस्याहरु देखिन सक्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बोतलबन्द पानीको अध्ययनका लागि वैज्ञानिकहरूले जुन नयाँ प्रविधि प्रयोग गरे, त्यसलाई स्टिमुलेटेड रमन स्क्याटरिंग (एसआरएस) माइक्रोस्कोपी भनिन्छ। यो प्रविधि हाल यही खोजमा संलग्न रहेका वैज्ञानिकले पत्ता लगाएका थिए। यस प्रविधिअनुसार जाँचका लागि संकलन गरिएका नमूनालाई दुईवटा लेजरको मुनि राखिन्छ, ताकि यो मोलिक्यूल कुन चिजको बनेको छ भनेर बुझ्न सकियोस्।

यो अध्ययनका क्रममा वैज्ञानिकहरुले ३ ठूला कम्पनीको पानी जाँचेका थिए, तर ती कम्पनीको नाम गोप्य राखिएको छ। एसोसिएट प्रोफेसर यान भन्छन्, ‘जुसुकै बोतलबन्द पानीमा पनि नानोप्लास्टिक हुन्छ भन्ने हाम्रो निष्कर्ष हो। त्यसकारण यी लोकपृय कम्पनीको नाम सार्वजनिक गर्नु उचित हुँदैन होला।’ 

अध्ययनका क्रममा अलग–अलग बोतलमा प्रतिलिटर १ लाख १० हजार देखि ३ लाख ७० हजारसम्म प्लास्टिकका कण भेटिए। यसमध्ये ९० प्रतिशत नानोप्लास्टिक कण थिए भने बाँकी माइक्रोप्लास्टिक कण थिए। 

सबैभन्दा बढी नाइलनका कणहरु पाए, जो सम्भवत पानी शुद्ध गर्ने वाटर प्युरिफायरबाट आएका हुन्। त्यसपछि पोलिइथाइलिन टेरेफथालेट (पीईटी)का कणहरु पाइए, जसबाट बोतल बनाइन्छ। जब बोतल दबाइन्छ वा कच्याककुचुक पारिन्छ यी कणहरु निस्किन्छन्। यसका अतिरिक्त यस्ता कण पनि पाइए जो बोतलको ढक्कन खोल्दा वा बन्द गर्ने बेला टुटेर पानीमा मिसिन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अब यी वैज्ञानिक धारा तथा नलबाट आउने पानीलाई पनि परीक्षण गर्न चाहन्छन्, किनकि यस्तो पानीमा पनि माइक्रोप्लास्टिक पाइएका छन्। यद्यपि धारा तथा नलको पानीमा बोतलको पानीभन्दा धेरै कम मात्रामा माइक्रोप्लास्टिक भेटिएको छ। एजेन्सीको सहयोगमा
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्