काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले युगाण्डा भ्रमण गर्ने भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन्।
उनकाअनुसार प्रधानमन्त्री दाहालले युगाण्डाको राजधानी कम्पालामा माघ ५–६ मा आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरुको १९औं सम्मेलनमा भाग लिनेछन्।
सो अघि ३–४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र १–२ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।