काठमाडौं- कोशी प्रदेशका प्रमुख परशुराम खापुङले प्रदेश सभाको चौथो अधिवेशन अन्त्य गरेका छन्। बुधबार रातको १२ बजेदेखि अधिवेशन अन्त्य हुनेछ।
कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकको सिफारिस अनुसार चौथो अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
कोशी प्रदेश सभाको चौथो अधिवेशन गत असोज १७ गते दिउँसो १ बजेदेखि सुरु हुने गरी आह्वान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।