काठमाडौं- कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले पद तथा गोपनियताको शपथ लिएका छन्। आज (मंगलबार) सभामुख निर्वाचित भएका विष्टले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष शपथ लिएका हुन्।
विष्ट निर्विरोध सभामुख निर्वाचित भएका थिए। मंगलबारको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुखमा निर्वाचित भएको घोषणा गरेकी थिइन्।
गत साउनमा तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि यो पद रिक्त थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।