काठमाडौं- कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्वाचित भएका छन्। मंगलबार उनी सभामुख निर्वाचित भएका हुन्।
सत्ता गठबन्धनले राप्रपाका विष्टलाई सभामुखमा सघाएको थियो। अर्को दल एमालेले पनि विष्टको विपक्षमा उम्मेदवारी दिएको थिएन। जसका कारण उनी निर्विरोध सभामुख निर्वाचित भएका हुन्।
मंगलबारको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुखमा निर्वाचित भएको घोषणा गरेकी थिइन्।
त्यसअघि विष्टका प्रस्तावक राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले विष्टलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। साथै, समर्थक प्रेमराज थाम्सुहाङले पनि समर्थन मन्तव्य दिएका थिए।
गत साउनमा तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि यो पद रिक्त थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।