कैलाली– सुदूरपश्चिम प्रदेश सभाको विषयगत चार समितिका सभापति पदमा मनोनयन दर्ता भएको छ।
सत्तापक्षका साथै प्रतिपक्षी दल नेकपा एमालेका विरबहादुर थापाले सार्वजनिक लेखा समितिमा उम्मेदवारी दर्ता गराएका हुन्।
सत्तापक्षका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले समर्थन दिएपछि थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराए।
प्रदेशको विधायन तथा प्रदेश मामिला समितिमा सभापतिका लागि दिवानसिंह विष्ट, सामाजिक विकास समितिमा माया पन्त र अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।