• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १७, २०८३ Sun, Aug 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम प्रदेश सभा: विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया सुरु

64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०८०  १०:४३
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको निर्वाचन प्रक्रिया आज (मंगलबार)देखि सुरु भएको छ। सभामुख भीमबहादुर भण्डारीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो। 

निर्वाचन पक्रियाअन्तर्गत सुरुमा मतदाता नामावली प्रकाशन गर्ने र १ बजेदेखि ५ बजेसम्म सभापति चयन गरियोस भन्ने प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेको छ।

मंगलबार सर्वसम्मत रुपमा समितिका सभापतिहरु चयन नभए बुधबार मतदान हुने कार्यतालिका छ।

सभापति चयनका लागि विषयगत समितिको कार्यकक्षमा छलफल हुने  प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा गठन भएको झण्डै १ वर्षपछि विषयगत समितिलाई नेतृत्व दिने तयारी छ। 

सत्ता गठबन्धनबीच विषयगत समितिबारे सहमति भएको छ। सोमबार राति मुख्यमन्त्रीसहित बसेका सत्ता गठबन्धनका नेताहरूले विषयगत समितिको भागबन्डा टंग्याएका थिए। 

विधायन तथा प्रदेश मामिला समिति कांग्रेसले पाउने भएको छ। विशेषाधिकार समिति माओवादी केन्द्र, सामाजिक विकास समिति नेकपा एकीकृत समाजवादी र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ। अहिलेसम्म ती समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका थिए। सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने सहमति भएको बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले बताए। 

सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र विधायन तथा प्रदेश मामिला समिति पुरानै हुन् भने माओवादी केन्द्रको भागमा परेको विशेषाधिकार समिति नयाँ तयार गर्न लागिएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेश सभा नियमावलीमा एउटा विशेषाधिकार समिति बनाउन सकिने व्यवस्था रहेको छ। उक्त व्यवस्थालाई टेकेर एउटा विशेषाधिकार समिति गठन गर्ने र उक्त समितिको सभापति माओवादी केन्द्रलाई दिने सहमति भएको छ।

उक्त समितिको सभापतिको चयन केही ढिलो हुने भएको छ। आगामी माघ ५ गते प्रदेश सभा बैठक बस्ने र सोही दिन विशेषाधिकार समितिको सभापति चयन गर्ने सहमति भएको छ।

समितिको भागबन्डा मिलेसँगै सभापतिको पनि करिब टुङ्गो लागेको छ।

केही आकांक्षीहरुलाई समिति अदल बदल गरेर भए पनि सभापति बनाउने विषयमा केही दलले तयारी गरेका थिए। तर सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यो सहमति नभएपछि अब समितिमै रहेका व्यक्तिहरू मध्येबाट सभापति चयन गर्नुपर्ने देखिएको छ।

माओवादीबाट समिति सभापतिको आकांक्षी रहेकी लक्ष्मी बिक र कांग्रेसबाट आकांक्षी रहेका दिवानसिंह विष्ट दुवै विधायन तथा प्रदेश मामिला समितिमा छन्। माओवादीलाई विशेषाधिकार समिति परेपछि अब विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा विष्ट निर्वाचित हुने करिब पक्का भएको छ।

नागरिक उन्मुक्ति पार्टीले भने आफ्नो भागमा पर्ने समितिमा संसदीय दलका नेता घनश्याम चौधरीलाई पठाउने निर्णय गरिसकेको छ। सोमबार बसेको संसदीय दलको बैठकमा चौधरीलाई सभापति बनाउने निर्णय गरिएको हो। उनी अहिले अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा छन्। नाउपाले सोही समितिको सभापतिमा चौधरीलाई पठाउने निर्णय गरेको हो।

भागबन्डामा पनि त्यो समिति नाउपालाई परेपछि चौधरी सभापति बन्ने टुङ्गो लागेको छ।

नेकपा एकीकृत समाजवादीले पनि सामाजिक विकास समिति दाबी गरेको थियो। नेकपा एकीकृत समाजवादीले उक्त समितिमा सदस्य रहेकी माया पन्तलाई सभापति बनाउने तयारी गरेको थियो। अब पन्त नै सभापति हुने छन्।

सार्वजनिक लेखा समितिको सभापति एमालेले वीरबहादुर विष्टलाई उम्मेदवार बनाउने भएको छ। यस विषयमा एमाले सांसदहरूले सोमबार मुख्यमन्त्री कमल बहादुर शाहलाई समेत भेटेर सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने बताइसकेका थिए।

‘सरकारले गरेको राम्रा नराम्रा कामहरूको निगरानी गर्ने काम लेखा समितिको हो। यो समितिको नेतृत्व हामीले गर्नुपर्छ भनेर मुख्यमन्त्रीलाई भनिसकेका छौँ,’ एमालेका एक सांसदले भने।

मुख्यमन्त्री यस विषयमा सकारात्मक रहेको उनको दाबी छ।

एमालेको टोली पुगेको केही समयपछि मुख्यमन्त्रीसहित बसेका गठबन्धनका अन्य नेताहरूले पनि त्यस विषयमा सहमति जनाएपछि सार्वजनिक लेखा समिति एमालेले पाउने र त्यसमा थापा सभापति बन्ने करिब टुङ्गो लागेको छ।

राप्रपाले पनि सार्वजनिक लेखा समितिमा दाबी गरेको छ। यहाँ राप्रपाको एक सांसद छन्।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तुलसीलाल  र भीमदतले सुरु  गरेको  किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह
पेरुमा पर्यटक चढेको विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको मृत्यु
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ
सम्बन्धित सामग्री
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापन: महत्त्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा... शनिबार, साउन १६, २०८३
धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट् सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी गृहमन्त्री गुरुङले हिन्दु सम्राट् सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएको हो । शनिबार, साउन १६, २०८३
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ । शनिबार, साउन १६, २०८३
ताजा समाचारसबै
तुलसीलाल  र भीमदतले सुरु  गरेको  किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह आइतबार, साउन १७, २०८३
पेरुमा पर्यटक चढेको विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको मृत्यु आइतबार, साउन १७, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
ऋणको पीडालाई यथार्थ रूपमा चित्रण गर्ने ‘ऋणै ऋणमा डुबे आमा’ गीत चर्चामा शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड शनिबार, साउन १६, २०८३
धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट् सेनालगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्