धनगढी– सुदूरपश्चिम प्रदेश सभामा सत्ता गठबन्धन दलबीच विषयगत समिति थप गरेर समितिको जिम्मेवारी दिने सहमति भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहको निवासमा बसेको सत्ता गठबन्धन दलबीच समिति थप गर्ने सहमति भएको हो।
उनीहरुबीच विधायन तथा प्रदेश मामिला समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ भने सामाजिक विकास समितिको नेतृत्व एकीकृत समाजवादी पार्टीले लिने भएको छ।
नेकपा आओवादीले नेतृत्व गर्ने समिति अहिले प्रदेश सभामा छैन। सो समितिको नाम विशेष अधिकार समिति गठन गर्ने सहमति भएको नागरिक उन्मुक्ति पार्टीका दलका नेता घनश्याम चौधरीले जानकारी दिए।
उन्मुक्तिले अर्थ विकास तथा प्राकृतिक समिति लग्ने र लेखा समिति प्रतिपक्षी दलले लग्ने सहमति भएको छ।
लेखा समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि दाबी रहेकाले निर्वाचन हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।