काठमाडौं– नेपाली कांग्रेसको डा शेखर कोइराला पक्षले राष्ट्रिय सभामा कांग्रेसले पाएका १० सिटमध्ये चार सिट आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ।
सभापति शेरबहादुर देउवासँगको छलफलमा भागबन्डा नमिलेपछि समूहको छुट्टै छलफल गरी इतर पक्षले ४ सदस्य मागेको र सोही बटम लाइन भएको सहमहामन्त्री बद्री पाण्डेले बताए।
‘शेखर कोइराला र गगन थापाले सभापतिसँग छलफल गर्नुभएको थियो। छलफलका कुराहरु बैठकमा सुनाउनु भयो’, उनले भने, ‘सभापतिले ३ सदस्यमात्रै दिन सकिने बताएपछि हाम्रो समूहको असन्तुष्टि रह्यो। हामीले छुट्टै बैठक गरी १० मा ४ सदस्य हामीले पाउनुपर्ने अडान राख्ने निर्णय गरेका छौं।’
संस्थापनले आफू निकटका नेतालाई धेरै मिल्ने गरी गठबन्धनमा क्लस्टर छुट्याएको आरोप पनि शेखर पक्षले लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।