काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ। सत्ता गठबन्धनको भागबन्डमा एक सिट पाएको जसपाले उक्त पदमा लागि उम्मेदवार तय गरेको हो।
पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको जसपाले जानकारी दिएको छ। राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो।
आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन्। उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरीसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।