काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको अयोग्यताका कारण लोकतन्त्र जस्तो सर्वस्वीकार्य व्यवस्थामाथि अराजकतावादी र पश्चगामीहरुले धावा बोल्ने दुष्प्रयत्न गरिरहेको र नेपाल राष्ट्रलाई कमजोर बनाएर विभिन्न शक्तिहरुले फाइदा लिन खोजिरहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमा उनले सर्लाहीको बरथवा र ललितपुरको बालकुमारी घटनाको चर्चा गर्दै परिस्थिति सरकारको कमाण्डभन्दा धेरै टाढा पुगिसकेको बताएका छन्।
सर्लाहीको बरहथवामा सत्ता गठबन्धनका मानिसहरुको अराजकतापूर्ण क्रियाकलाप र सत्ता उन्मादका कारण होनाहार एक युवाले जीवन गुमाउनुपरेको र ललितपुरको बालकुमारीमा सरकारकै नालायकीका कारण दुई होनाहार युवाको ज्यान गएको उनको भनाइ छ।
'बिग्रिदो परिस्थितिलाई सही मार्गमा फर्काउन, राष्ट्रिय स्वाभिमान र आत्मविश्वास जाग्रित गर्न केही नयाँ कोर्सका बारेमा पहल लिने बेला भयो कि? बहस जरुरी छ!', उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।