काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ।
बिहीबार नै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो।
तर उक्त बैठक आइतबारका लागि सारिएको छ। पार्टी मुख्यसचिव पौडेलले शनिबार सूचना जारी गर्दै आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका छन्।
बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।
बैठकमा राष्ट्रि सभा निर्वाचनबारे छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।