• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ज्येष्ठ नागरिकको एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम

64x64
रासस शनिबार, पुस २१, २०८०  ०७:५०
1140x725

टीकापुर– कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ। समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ।

वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम हुने गरेको समितिका अध्यक्ष मुक्तिनाथ रेग्मीले जानकारी दिए। ‘घरमा एक्लो हुँदा अधिकांश ज्येष्ठ नागरिक दिक्क भएका छन्। उनीहरुसँग बोलिदिने व्यक्ति छैन’, उनी भन्छन्, ‘सन्तानको समय नपाएका ज्येष्ठ नागरिकलाई हामीले १० दिन भए पनि मनोरञ्जनसहित ज्ञान सिकाउने अवसर जुटाएका छौं।’ 

योग प्रशिक्षक टीकाराम आर्य ज्येष्ठ नागरिक एक्ला हुँदा मनमा अनेकथरि कुरा खेल्ने भएकाले मन शान्तिका लागि योग र ध्यानमा जोडिन आवश्यक रहेको बताउँछन्।

‘बालबालिका मोबाइल र कापी किताबमा व्यस्त रहन्छन्, युवा अधिकांश विदेश छन्, ज्येष्ठ नागरिकसँग बोल्ने कोही छैन’, आर्य भन्छन्, ‘ज्येष्ठ नागरिक घरको काम गर्ने तथा घर स्याहार्ने जिम्मेवारीमा छन्। यस्तो बेला उनीहरुलाई मानसिक तनाव हुन थालेको छ।’

योग प्रशिक्षक आर्यले उनीहरुलाई मनोरञ्जन सहितको वातावरण आवश्यक पर्ने बताए।
वृद्ध सेवा समितिका सचिव लोकराज रेग्मीले ज्येष्ठ नागरिक ज्ञानका भण्डार भए पनि उनीहरुमा भएको सीप र ज्ञानको सदुपयोग हुन नसकेको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘ज्येष्ठ नागरिकबाट सन्तानले धेरै कुरा लिएका हुन्छन्। ज्येष्ठ नागरिकको उमेर ढल्कदै जाँदा बच्चाजस्तै स्याहार सुसार र पालन पोषणमा ध्यान दिनुपर्ने हुन्छ तर सन्तानले त्यसो गर्न सकिरहेका देखिँदैन’, उनी भन्छन्, ‘सन्तानले आफ्नो भविष्यकै बढी चिन्ता गर्दा उनीहरुले स्याहार नपाएको अवस्था छ।’

बुढेसकालमा पनि सन्तानकै चिन्ता
ज्येष्ठ नागरिक बुढेसकालमा पनि सन्तानकै बारेमा बढी चिन्ता गर्छन्। जो कोहीलाई लाग्न सक्छ की वयस्क मानिस जसले बालबच्चा हुर्काइरहेको छ, जसले घर सम्हाल्नुपर्छ उसलाई बढी चिन्ता होला तर त्यसो हुँदैन।

जवान मानिसलाई मात्र होइन ज्येष्ठ नागरिकलाई पनि त्यतिकै चिन्ता लाग्छ। टीकापुरकी विन्द्रा न्यौपानेलाई आफ्नोभन्दा छोराछोरीको पीरले बढी सताउँछ। ‘छोराहरु रोजगारीका लागि भारतमा छन्। मलाई मेरो समस्याभन्दा उनीहरुकै पीरले सताएको छ’, उनी भन्छिन्, ‘बुढेसकालमा दुःख पाइन्छ कि भन्ने पिर पनि छ।’

टीकापुरकी उर्मिला अधिकारीलाई पनि बालबच्चाकै चिन्ता छ।  ‘‘सन्तानसँगै भएमा सबै पिर हराउँछ’, उनी भन्छिन्, ‘‘छोराछोरी टाढा छन्। अरु दुःखभन्दा मर्नेबेला सन्तान मुख निर छैनन् भन्ने कुरा मनमा खेल्छ।’

अर्की ज्येष्ठ नागरिक धना रावललाई निन्द्रा नलाग्ने समस्या छ। उमेर ढल्कदै छ। उनलाई विभिन्न स्वास्थ्य समस्याले पनि सताएको छ। ‘‘घरमा बुढाबुढी मात्र छौं, सबै काम आफैं गर्नुपर्छ’, उनी भन्छिन्, ‘‘आँखा देख्दिनँ, ढाड दुख्ने समस्या छ। यस्तो बेलामा निन्द्रा नलाग्ने समस्याले सताएको छ । मनमा अनेकथरि कुरा खेल्छन्।’

नन्दकला न्यौपानेलाई जीवनभरि दुःखले झेल्यो। उनका श्रीमान् बेपत्ता भएको १५ वर्ष भयो। उहाँलाई बुढेसकाल लाग्दै गर्दा काम गर्न नसक्दा थप समस्या भएको छ।  ‘‘जवान हुँदा पनि निकै दुःख पाइयो, अर्काको घरमा काम गरेर बालबच्चा स्याहारे’, उनी भन्छिन्, ‘‘अहिले पनि उस्तै दुःख छ। छोरा कमाउने भएको छैन। छोरा व्यवस्थित हुन सकेको भए मन शान्त हुने थियो।’

ज्येष्ठ नागरिकमा पनि पुरुषको तुलनामा महिला बढी समस्या भोगिरहेका हुन्छन्। एक्लोपन महसुस गर्ने ज्येष्ठ नागरिकका लागि टीकापुर नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने गरेको छ। महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाहले पालिकाले दिवा सेवा कार्यक्रममार्फत् उनीहरुको एक्लोपन मेटाउन खोजेको बताइन्।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे सम्बन्धित निकायले... बुधबार, भदौ १०, २०८३
तिब्बतमा हिमताल फुटेको आशङ्का चीनको तिब्बत क्षेत्रमा आज बिहान ८ बजेर ४० मिनेटमा भूकम्प आएलगत्तै हिमताल फुटेको आशंका गरिएको हो । बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा हाल नेपाली सेनाको तर्फबाट बाढीले पुर्याएको क्षतिको विवर... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन बुधबार, भदौ १०, २०८३
तिब्बतमा हिमताल फुटेको आशङ्का बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी बुधबार, भदौ १०, २०८३
त्रिशूलीमा बाढीको जोखिम बढेपछि देउवाको अपिल, ‘समयमै सुरक्षित रहनुहोस्’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्