काठमाठौं- नेकपा एमालेले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले कोशीवाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीवाट विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस प्रदेशका रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनले पत्रकारसँग कुरा गर्दै जानकारी यस्तो दिएका हुन्। त्यस्तै आजै बसेको सचिवालय वैठकले राष्ट्रिय सभाको सबै क्षेत्रमा उम्मेदवार खडा गर्ने निर्णय गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।