• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभामा गठबन्धन-एमाले सहकार्य ससर्त कि निसर्त?

64x64
नेपाल लाइभ बिहीबार, पुस १९, २०८०  १२:३३
1140x725

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेटेर अघि बढ्न गठबन्धनका प्रमुख २ दल कांग्रेस र माओवादी केन्द्र सहमत भएपछि ‘महागठबन्धन’को संकेत देखापरेको छ। जारी छलफल सकारात्मक निष्कर्षमा पुगे राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलहरूले साझा उम्मेदवारी दिनेछन्।

राष्ट्रिय सभा निर्वाचनलाई नै लिएर कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच मंगलबार र बुधबार बिहान बैठक बसेको थियो। बैठकले एमालेलाई पनि समेटेर अघि बढ्न सहमति जुटाएको छ। बुधबार अपराह्न यसै विषयलाई लिएर गठबन्धनको बैठक बसेको थियो। लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि बैठक बसेको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष ओलीले आफूहरूलाई ‘जिरो’ नगर्न आग्रह गरेपछि यो विषय अघि बढेको देखिन्छ। बुधबार बेलुकी बसेको सत्ता गठबन्धनको बैठकमा यसबारे चर्चा भएको थियो। ‘प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई जिरो नगर्नुस् भन्नुभयो भन्ने कुरा आयो’, गठबन्धन बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘त्यस्तो कुरा आएपछि हामीले सबै दलहरूसँग सरसल्लाह गरेर उहाँहरूको कुरा के हो? ठोस प्रस्ताव के हो? बुझेर मात्रै टुंगो गरौँ भनेका छौँ।’

nimb
nimb
Ncell 2
Ncell 2

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ। फागुनदेखि रिक्त हुने स्थानका लागि यो निर्वाचन हुन लागेको हो। त्यतिबेला एमालेका ९ सहित २० सांसदको स्थान रिक्त हुँदैछ। २० मध्ये १९ स्थानका लागि निर्वाचन हुँदैछ। कुनै बेला राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल रहेको एमाले २०७८ को उपनिर्वाचन र निर्वाचनपछि कमजोर हुँदै गएको छ। अब पनि गठबन्धनका दलहरूले आफूहरूबीच मात्रै तालमेल गरेर उम्मेदवारी दिएमा एमालेले ९ सिट नै गुमाउने सम्भावना छ। त्यसपछि राष्ट्रिय सभामा ऊ ९ सिटमा खुम्चिने छ। फागुनदेखि एमालेले राष्ट्रिय सभा अध्यक्ष पनि गुमाउँदैछ।

राष्ट्रिय सभामा आफ्नो घट्दो हैसियतको आकलन गरेर मात्रै उसले आफ्ना केही उम्मेदवार जिताउने प्रयत्न गर्नु अस्वाभाविक होइन। तर सत्ता गठबन्धनले एमालेलाई पनि समेटेर अघि बढ्ने प्रयत्न गर्नु भने अस्वाभाविक छ। किनकि, सत्ता पक्षले यस्ता अवसरहरू प्रमुख प्रतिपक्षीलाई पनि बाँड्ने प्रचलन सत्ता राजनीतिको विशेषता होइन। त्यसैले राष्ट्रिय सभा निर्वाचनमा हुन लागेको सहकार्य निसर्त होइन, ससर्त रहेको आकलन गर्न सकिन्छ। जसलाई उपाध्यक्ष पाण्डेको भनाइले पनि पुष्टि गर्छ। बुधबार गठबन्धनको बैठकपछि उनले भनेका थिए, ‘(कांग्रेस-माओवादी केन्द्रको एमालेलाई समेट्ने) सहमतिचाहिँ ‘कन्डिसनल’ (ससर्त) हो। यति बुझ्नुस्, कन्डिसनल भनेको के हुन्छ? यसो गर्‍यौँ भने यसो गर्ने भनेको हुन्छ।’

यस विषयलाई कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले अझ प्रष्ट पारेका छन्। बिहीबार बिहान सामाजिक सञ्जाल ‘एक्स’मा उनले टीआरसी विधेयक र विभिन्न काण्डबाट बच्नका लागि एमालेको साथ चाहिएकाले राष्ट्रिय सभा निर्वाचनमा मिल्न थालिएको लेखेका छन्। ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्’, उनले लेखेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ। अनि एमाले?’

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ गत फागुनमै संसद्‌मा दर्ता भएर बसेको छ। तर, त्यसलाई पारित गर्न सत्ता गठबन्धनले सकिरहेको छैन। एमालेको साथ बिना त्यो पारित हुन नसक्ने स्पष्ट नै छ। विधेयक पारित गर्न सघाउने आशा/सर्तमा संसदीय समितिहरूमा पनि सत्ता गठबन्धनले एमालेसँग भागबण्डा गरेको थियो। तर विधेयकले निष्कर्ष पाएको छैन। अहिले पनि सोही विधेयकलाई पारित गर्न सघाउने सर्तमा राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच सहकार्य हुन लागेको देखिन्छ।

कोइरालाले अर्को पक्ष पनि इंगित गरेका छन्। यसअघि सार्वजनिक भएका ठूला काण्डहरूमा सबै जसो दलका नेताहरूको नाम जोडिन थालेको छ। त्यस्ता काण्डहरूमा कुनै पार्टीका नेताहरू पनि नफस्ने सुनिश्चितता सिर्जना गर्नका लागि पनि नयाँ सरकार्यको ढोका खुलेको उनको आशय छ। त्यस्ता काण्डहरूमा नेताहरूका संलग्नताको विवरण सार्वजनिक भए लगत्तै पनि प्रमुख पार्टीका शीर्ता नेताहरूको बैठक बस्ने गरेको विगत छ। त्यसैले पनि कोइरालाको दाबी आधारहीन देखिँदैन।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुल बगाएपछि धादिङबेँसीमा पेट्रोल लिन सर्वसाधारणको भिड
रसुवासहित ६ जिल्लालाई गर्‍यो संकटग्रस्त जिल्ला घोषणा, अरु के–के निर्णय भए?
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक [लाइभ] बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग... बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक कांग्रेसका अनुसार बैठक बुधबार दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ। बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
पुल बगाएपछि धादिङबेँसीमा पेट्रोल लिन सर्वसाधारणको भिड बुधबार, भदौ १०, २०८३
रसुवासहित ६ जिल्लालाई गर्‍यो संकटग्रस्त जिल्ला घोषणा, अरु के–के निर्णय भए? बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
विदुरस्थित एक माध्यमिक विद्यालय बाढीले बगायो बुधबार, भदौ १०, २०८३
प्रतिनिधि सभा बैठक [लाइभ] बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्