काठमाडौं– राष्ट्रियसभा सदस्य निर्वाचनमा भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन्। सत्ता गठबन्धनको बैठक बसिरहेका बेला ओली बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरु बालुवाटार पुगेपछि संयुक्त बैठक बस्ने बताइएको छ।
यद्यपि सत्ता गठबन्धनको बैठकमा के सहमति भयो भन्ने सार्वजनिक भैसकेको छैन। तर जसपाका अध्यक्ष उपेन्द्र यादवले भने बैठक निष्कर्षविहीन भएको बताएका छन्। उनले भोलि बिहान पुनः बस्नेगरी बैठक स्थगित भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।