काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरु पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न भैरहवा पुगेका छन्। पूर्वराजा बसेको होटलमा सामूहिक भेटवार्ता भएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह भैरहवा गएका हुन्।
उनीहरु तीन वटा फरक–फरक उडानबाट गएको बुझिएको छ। मिश्र र तामाङ एउटा फ्लाइटबाट, राणा र सिंह अर्को फ्लाइटबाट सँगै गएका थिए। अध्यक्ष लिङ्देन भने आफ्ना भेटघाटहरु सकेर एक्लै गएका हुन्।
पूर्वराजाबाटै उनीहरुलाई बोलावट आएको थियो। भेटघाटको विषयवस्तु भने थाहा हुन सकेको छैन। पूर्वराजा आफ्ना परिवारका सदस्यहरुसहित नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।