काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा सदस्यको लागि संविधानको परिकल्पना बहसमै नआउने अवस्था बनेको बताएका छन्।
बुधबार पूर्वकर्मचारी समाजको कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रिय सभाभित्र संविधानले ख्यातिप्राप्त, विभिन्न पेशा र क्षेत्रमा रहेर अनुभव गरेको मानिस पुगोस् भन्ने परिकल्पना गरेको छ। अहिले करिबकरिब त्यो बहसमा पनि नआउने अवस्था बनेको छ।’
त्यस्तो हुनुमा थापाले दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुनु रहेको बताए। व्यक्तिको प्रयत्नको सीमा हुने र त्यसले परिणाम ल्याउने कुराको सीमा हुने उनले बताए।
थापाले अहिले राष्ट्रिय सभाको निर्वाचनको छलफल भइरहेको र आफ्नो पार्टी कांग्रेसको विधानको व्यवस्था अनुसार प्रदेशले उम्मेदवार सिफारिस गर्नुपर्ने भएकाले आफूले नजिकबाट नियालिरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।