• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चको मुख्य रजिष्ट्रार र रजिष्ट्रारका लागि दौडधुप सुरु

64x64
नेपाल लाइभ मंगलबार, पुस १७, २०८०  ०८:२९
1140x725

काठमाडौं– सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार र रजिष्ट्रार पद रिक्त भएको छ। मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीश बनाएपछि उक्त पद रिक्त भएको हो। न्याय परिषद्ले केही दिनअघि मुख्य रजिष्ट्रार रहेका कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीश नियुक्ति गरेको थियो।
 
योसँगै दुई पदका लागि लविइङ पनि सुरु भएको छ। सर्वोच्च अदालतसँगै कानुन समूह र सरकारी वकिलहरुले पनि दाबेदारी पेस गर्दै लविइङ सुरु गरेका छन्। पदपूर्तिका लागि न्याय सेवा आयोगको सचिवालयले गृहकार्य थालेपछि लविइङ पनि सुरु भएको हो। सम्भवत मंगलबार आयोगको बैठक बस्ने र न्याय सेवाको उच्चतम पद मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा सिफारिस गर्ने तयारी देखिन्छ।

न्याय परिषद्सँगै न्याय सेवा आयोग पनि छ। आयोगको अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ हुन् भने सदस्यमा वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, महान्यायाधिवक्ता दिनमणि पोखरेल, कानुनमन्त्री धनराज गुरुङ, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी  छन्। उनीहरुले सर्वसम्वत रुपमा २ पदमा सिफारिस गर्ने छन्। 

यी हुन् मुख्य रजिष्ट्रार पदमा दाबेदार 
वरिष्ठताको आधारमा हेर्दा मुख्य रजिष्ट्रारको जिम्मेवारी हाल न्याय परिषद्का सचिव देवेन्द्रराज ढकाल मुख्य दाबेदार हुन् उनीसँगै सर्वोच्च अदालतकै अर्का रजिष्ट्रार नारायणप्रसाद पन्थीको पनि दाबेदारी देखिन्छ।

उनीहरू दुवै न्याय सेवाभित्रकै विशिष्ट श्रेणीका अधिकृत हुन्। २०५२ सालमा एकसाथ न्याय सेवाका अधिकृत भएका उनीहरू द्वितीय श्रेणी (उपसचिवस्तर)मा पनि एकै दिन २०५९ चैत २१ मा बढुवा भएकाले उनीहरु दुवै उक्त पदमा प्रवल दाबेदार हुन्। प्रथम श्रेणीमा भने ढकाल झण्डै २ वर्ष पहिला उक्लिए, २०६६ चैत १७ मा। पन्थी २०६८ माघ १५ मा मात्र सहसचिव भए। 

सचिवमा पनि ढकाल नै पहिला बढुवा भएकाले उनको पहिलो दाबी देखिन्छ।  पन्थी त्यसको करिब ३ महिनापछि अर्थात् २०७६ वैशाख १७ गते सचिवमा बढुवा भएका थिए। उनीहरुसँगै उक्त पदको आकांक्षी अरु २ जना थपिएका छन्। कानुनसचिव उदयराज सापकोटा र सरकारी वकिल समूहका विश्वराज कोइराला। यसअघि राजन भट्टराई सरकारी बकिल समूहबाट मुख्य रजिष्ट्रार नियुक्त भएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

कानुनसचिव सापकोटा २०७७ जेठ २८मा सचिव भएका थिए भने कोइराला उनीभन्दा अघि २०७६ वैशाख १७ गते सचिवमा बढुवा भएका थिए। २०७४ सालबाट नेपाल सरकारका मुख्य सचिवसरहको मुख्य रजिष्ट्रार पद सिर्जना गरिएको थियो। उनी अहिलेसम्म विवादमा नपरेका प्रशासक मानिन्छन्। न्यायाधीश र कर्मचारीसँग उनको सम्बन्ध रहेको मानिन्छ।

कास्कीमा जन्मेका ढकाल भद्र मिजास अनि व्यवहारमा चलाख र कूटनीतिक मानिन्छन्। तर, उनीसँग सर्वोच्च अदालतमा बसेर काम गरेको धेरै अनुभव छैन। अर्का दाबेदार नारायणप्रसाद पन्थी भने सर्वोच्चमा तुलनात्मक रूपमा बढी अनुभव भएका प्रशासक हुन्। ढकाल मुख्य रजिष्ट्रार भएमा केही समय पन्थी न्याय परिषद्को सचिव र त्यसपछि उच्च अदालतको न्यायाधीश नियुक्त हुन  विकल्पमा पनि देखिन्छ। 

रजिष्ट्रारका तीन दाबेदार  ज्ञवाली, पौडेल र आचार्य 
सर्वोच्चमा दुई रजिष्ट्रारको दरवन्दी भएका कारण एक पद रिक्त रहेको छ। निर्मला पौडेल न्यायाधीश नियुक्त भएपछि उनको स्थानमा रजिष्ट्रारका लागि तीन प्रतिस्पर्धी देखिएका छन्।

अन्य सेवाका योग्यले पनि पाउनुपर्ने दाबी यो पदमा पनि सुरु भएको छ। रजिष्ट्रारमा सर्वोच्चवाट न्याय समूहका विमल पौडेल र नेत्रप्रकाश आचार्यको दाबी देखिन्छ। उनीहरू हाल सहरजिष्ट्रार (सहसचिवस्तर)मा कार्यरत छन्। केही समयअघि मुद्दा फाँटको जिम्मेवारी पनि सम्हालेका पौडेल यसको प्रमुख दाबेदार देखिन्छन्। उनी २०७१ पुस १५ गते उक्त पदमा बढुवा भएका थिए। उनीपछि आचार्य छन्। आचार्य पनि सोही दिन बढुवा भएका थिए।

तर, रजिष्ट्रारका लागि सरकारी वकिल समूहमा रहेका खेमराज ज्ञवालीले पनि दाबेदारी पेस गरेका छन्। उनी २०७० माघ ९ गते उक्त पदमा बढुवा भएका थिए। यसरी हेर्दा उनी बरियताक्रममा अगाडि देखिन्छन्। न्याय सेवा आयोगमा महान्यायाधिवक्तासमेत हुने भएकाले उनले सरकारी समूहबाट रजिष्ट्रारको दाबी गर्ने लविइङ गरेको देखिन्छ।

त्यसभन्दा तल गएमा हरिराज कार्की, यमबहादुर बुढामगर, भद्रकाली पोखरेल, मानबहादुर कार्कीलगायत पनि यस पदका लागि योग्य छन्। उनीहरू सबै २०७१ मा सहसचिव भएका हुन्।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले बोलाएको आकस्मिक बैठकमा के–के भए निर्णयहरु?
प्रधानमन्त्री बालेन्द्रलाई भारतीय प्रधानमन्त्री मोदीको फोन, नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता
बाढी प्रभावित आफ्ना नागरिकलाई सम्पर्कमा आउन भारतीय दूतावासको आग्रह
सम्बन्धित सामग्री
कांग्रेसले बोलाएको आकस्मिक बैठकमा के–के भए निर्णयहरु? कांग्रेस सभापति गगन थापाले बाढीबाट देशमा ठूलो धनजनको क्षति भएको परिस्थितमा भोलिका लागि तय भएको महिला उद्यमशीलता सम्मेलन स्थगित गरिएक... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्री बालेन्द्रलाई भारतीय प्रधानमन्त्री मोदीको फोन, नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता मोदीले प्रधानमन्त्री शाहसँगको कुराकानीमा बाढीबाट ज्यान गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाली जनताको... बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढीपछि संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पनि नहुने बुधबारको बैठकमा सभामुख अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा घाइतेको उद्धार तथा उपचार, बेपत्ताक... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
कांग्रेसले बोलाएको आकस्मिक बैठकमा के–के भए निर्णयहरु? बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्री बालेन्द्रलाई भारतीय प्रधानमन्त्री मोदीको फोन, नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता बुधबार, भदौ १०, २०८३
बाढी प्रभावित आफ्ना नागरिकलाई सम्पर्कमा आउन भारतीय दूतावासको आग्रह बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार बुधबार, भदौ १०, २०८३
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्