• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ६, २०८२ Sat, Nov 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पीएसओ फिर्ता स्टन्ट मात्रै, नेताहरुलाई ‘खुसी’ पार्न गृहमन्त्रीकै निर्देशमा पुन: पठाइयो

यी हुन् कार्यविधि विपरीत पीएसओ लिनेहरु 
64x64
नारायण अधिकारी आइतबार, पुस १५, २०८०  १६:०७
1140x725

काठमाडौं– निकै हल्लाखल्ला गरेर फिर्ता गरिएका मापदण्ड विपरीतका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)हरु गृहमन्त्रीको निर्देशनमा अहिले खुसुखुसु पठाउन थालिएको छ। नारायणकाजी श्रेष्ठ गृहमन्त्री भए लगत्तै र राज्य व्यवस्था समितिको निर्देशनपछि मापदण्डविपरीतका भीआईपीका पीएसओहरु फिर्ता गरिएको थियो। तर अहिले तिनै पीएसओहरु नेता तथा विशिष्ट व्यक्तिका घर–घरमा पुगिसकेका छन्।

गत असोज ४ गते राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भीआईपी तथा भीभीआईपीहरुलाई मापदण्ड विपरीत दिइएको पीएसओ, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएका थिए। मापदण्डविपरीतका पीएसओहरुलाई फिर्ता गरी आफ्नो दरबन्दीमा पठाउन र त्यसको जानकारी समितिमा दिन भनिएको थियो।

त्यसपछि फिर्ता भएका पीएसओको बारेमा समेत खतिवडाले जानकारी गराएका थिए। मापदण्ड विपरीत खटिएका नेपाल प्रहरीका ६०० सुरक्षाकर्मीलाई फिर्ता गरिएको खतिवडाले बताएका थिए। तिनै फिर्ता गरिएका पीएसओ अहिले पुनः नेताको घर–घरमा पुगेका छन्।

pso-list-1704022458.jpg

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राज्य व्यवस्था समितिको निर्देशनपछि फिर्ता भएका पीएसओहरु अहिले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको निर्देशनमा पुनः परिचालित भएका छन्। गृहमन्त्री श्रेष्ठको निर्देशनमा ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ विपरीत अहिले पीएसओहरु परिचालन भएका छन्।

उक्त कार्यविधिले अति विशिष्ट (भीभीआईपी), विशिष्ट (भीआईपी) र मध्यमस्तरको (भीआईपी) गरी विशिष्टहरुको वर्गिकरण गरेको छ। जसअनुसार भीआईपीहरु रहँदा र अवकाशपछि पनि पाउने सुरक्षा सुविधाका बारेमा उल्लेख गरिएको छ। 

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई अति विशिष्टमा राखिएको छ।

माथि उल्लेखित ६ भीभीआईपीहरु अवकाश भएपछि विशिष्ट (भीआईपी) हुने र सो अनुसारको सुविधा पाउने उल्लेख गरिउको छ। त्यसैगरी प्रदेश प्रमुख, उपप्रधानमन्त्री, सरकारका मन्त्रीहरु, प्रतिनिधि सभाको प्रमुख विपक्षी दलको नेता, राष्ट्रिय सभा प्रमुख विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वमन्त्री परिषद्का अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्षलगायतलाई कार्यविधिले भीआईपीमा राखेको छ।

Ncell 2
Ncell 2

मध्यमस्तरका भीआईपीहरुमा संवैधानिक निकायका प्रमुख तथा सदस्यहरु, महान्यायाधिवक्ता, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरु, उच्च अदालतका मुख्य न्यायाधीशहरु, प्रदेश सरकारका प्रमुख सचिवहरु, रक्षा, गृहसचिव, जिल्ला अदालतका न्यायाधीशहरु, प्रमुख जिल्ला अधिकारीहरुलाई राखिएको छ।

उनीहरुले बहालमा रहँदा पाउने पीएसओको बारेमा कार्यविधिमा उल्लेख गरिएको छ। अवकाशको हकमा पनि कसले कति सुरक्षाकर्मी तथा पीएसओ पाउने भन्नेबारे विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ मा उल्लेख गरिएको छ।

कार्यविधिमा मन्त्री भइसकेको व्यक्तिले मन्त्रीबाट हटेको मितिले २ वर्षसम्म पीएसओ पाउने उल्लेख गरिएको छ। मन्त्रीबाट हटेको २ वर्षपछि भने त्यस्ता भीआईपीहरुको सुरक्षा तथा पीएसओ स्वत: राखेज गरी सम्बन्धित दरबन्दीमा पठाउनुपर्ने कार्याविधिमा उल्लेख गरिएको छ। 

तर कार्याविधिमा उल्लेख गरिएको यो व्यवस्थाविरुद्ध गृहमन्त्री श्रेष्ठको निर्देशनमा नेता खुसी पार्नेगरी पीएसओ पठाइएको छ। राज्य व्यवस्था समितिले पीएसओ फिर्ता गरेको केही दिनबाटै मन्त्री श्रेष्ठको निर्देशनमा धमाधम प्रहरी प्रधान कार्यालयले खुसुखुसु पीएसओ पठाएको विवरण नेपाल लाइभले प्राप्त गरेको छ।

नेपाल लाइभलाई प्राप्त विवरणअनुसार राज्य व्यवस्थाको निर्देशनपछि फिर्ता भएका पीएसओहरुमध्ये गृहमन्त्री श्रेष्ठको निर्देशनमा मात्रै १६ जना नेता तथा विशिष्ट व्यक्तिहरुलाई अवैधानिक रुपमा पीएसओ पठाइएको छ। मन्त्री श्रेष्ठको निर्देशनमा १६ जनालाई १७ पीएसओ पठाइएको छ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कार्यविधि विपरीत मन्त्री श्रेष्ठको निर्देशनमा हालसालै २ जना पीएसओ थप गरिएको छ।  गत मंसिर १५ गते वरिष्ठ सई किशोर आचार्य र सहायक हवल्दार रमेश थापालाई गृहमन्त्री श्रेष्ठको निर्देशनमा महराको पीएसओ खटाइएको छ।

कार्यविधिले अन्तिमपटक मन्त्रीबाट हटेको मितिले २ वर्षसम्म मात्रै पीएसओको सुविधा दिएको छ। तर त्यस विपरीत सुविधा लिने पूर्वमन्त्रीहरुको सूची लामै छ। उपेन्द्र यादव यीनै मध्येका एक हुन्। उनी अन्तिमपटक उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीबाट २०७६ पुस ८ मा बाहिरिएका थिए। 

उक्त मितिले यादवले २०७८ पुस ८ गतेसम्म पीएसओको सुविधा पाउँछन्। तर कार्यविधि विपरीत भएर खोसिएको पीएसओ पनि मन्त्री श्रेष्ठको निर्देशनमा उपेन्द्रले मंसिर ३ गते लिए। गृहमन्त्री श्रेष्ठको निर्देशनमा वरिष्ठ हवल्दार रामबहादुर राईलाई मंसिर ३ गतेबाट प्रहरी प्रधान कार्यालयले यादवको पीएसओको रुपमा खटाएको छ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कार्यक्षेत्रसहित २०७८ जेठ २१ गतेसम्म उपप्रधानमन्त्री थिए। कार्यविधिअनुसार उपप्रधानमन्त्री हटेको मितिले पोखरेलले २०८० जेठ २१ सम्म पीएसओको सुविधा पाउँछन्।

कार्यविधि विपरीत भएको भन्दै पोखरेलको पीएसओ फिर्ता गरिएको थियो। तर त्यसको केही दिनमै गृहमन्त्रीको निर्देशनमा मंंसिर ३ गते वरिष्ठ सइ अशोक कुमार पोखरेललाई ईश्वर पोखरेलको पीएसओको रुपमा पठाइएको छ। 

मन्त्रीबाट हटेको २ वर्ष नाघिसकेका गिरिराजमणि पोख्रेललाई पनि कार्यविधि विपरीत अहिले पीएसओ पठाइएको छ। वरिष्ठ हवल्दार प्रदीप सञ्जेल गत मंसिर ५ गतेदेखि पोख्रेलको सुरक्षामा छन्। पोख्ररेल  २०७७ पुसमा मन्त्रीबाट बाहिरिएका थिए।

कार्यविधिले नसमेटिएका एमाले नेता महेश बस्नेतले गृहको सिफारिसमा खुसुस्क पीएसओ लिएका छन्। मंसिर ३ गते प्रहरी जवान सुकबहादुर गुरुङलाई बस्नेतको पीएसओको रुपमा खटाइएको छ।

महेश बस्नेत २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री बनेका थिए। उक्त मितिले बस्नेतले २०७४ असोजसम्म पीएसओ लिनु कार्यविधिअनरुप हुन्छ। तर मन्त्रीबाट हटेको ८ वर्षपछि बस्नेतले कार्यविधि विपरीत पीएसओ लिएको पाइएको छ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गृहमन्त्रीको निर्देशनमा कार्यविधि विपरीत पीएसओ लिएका छन्। गत कात्तिक २१ गते वरिष्ठ हवल्दार विष्णुबहादुर भण्डारीलाई कार्यविधि विपरीत साहको पीएसओको रुपमा खटाइएको छ। साह अन्तिमपटक मन्त्रीबाट हटेको गत वैशाखमै २ वर्ष नाघिसकेको छ।

कार्यविधि विपरीत गृहको निर्देशनमा पीएसओ लिने अर्का व्यक्ति हुन् पार्वत गुरुङ। गुरुङलाई मंसिर १० गते सइ लासाङ मोक्तान तामाङ पीएसआको रुपमा खटाइएको छ। एमाले नेता गुरुङ २०७८ जेठबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट हटेका थिए।

हृदयश त्रिपाठीका लागि पनि कार्यविधि विपरीत मंसिर १७ गते प्रहरी जवान दिनेश श्रेष्ठलाई पीएसओको रुपमा खटाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त गणेशराज जोशीलाई पनि कार्यविधि विपरीत गत कात्तिक २२ गतेदेखि सहायक हवल्दार संजिव घिमिरे पीएसओको रुपमा खटाइएको छ। 

गृह मन्त्रालयका सचिवले पनि सचिवबाट अवकाश पाएको मितिले २ वर्षसम्म पीएसओ सुविधा पाउने कार्यविधिमा उल्लेख छ। महेश्वर न्यौपाने गृहसचिवबाट २०७८ साउनमा अवकाश भएका भएका थिए। उक्त मितिले गत साउनसम्म न्यौपानेले पीएएसओ सुविधा पाउँछन्। तर अहिले २ वर्ष नाघिसकेपछि कार्यवित्रि विपरीत गृहमन्त्रालयको सिफारिसमा गत मंसिर १७ गतेबाट असई तेजेन्द्र अधिकारीलाई न्यौपानेको पीएसओको रुपमा खटाइएको छ।

२०८७ वैशाखदेखि असारसम्म कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका लिलानाथ श्रेष्ठ पनि पीएसओ दुरुपयोग गर्नेमा पर्छन्। मन्त्रीबाट हटेको २ वर्ष नाघिसकेपछि पनि गत मंसिर १२ गतेबाट उनले हवल्दार वीरेन्द्र मण्डललाई पीएसओको रुपमा लगेका छन्।

त्यसैगरी कार्यविधि विपरीत पीएसओ लिनेमा रघुवीर महासेठ, राजेन्द्र महतो, लेखराज भट्ट, सुरेन्द्र पाण्डे पनि छन्। महासेठले मंसिर ५ गते वरिष्ठ सई केदार खत्रीलाई पीएसओको रुपमा लगेका छन्। महतोले मंसिर ४ गते बरिष्ठ हवल्दार राजु श्रेष्ठलाई लगेका छन्।

कात्तिक २३ गते हवल्दार डबलबहादुर रजवारलाई कार्यविधि विपरीत भट्टको पीएसओको रुपमा खटाइएको छ। मंसिर ४ गते असई भीमबहादुर थापालाई कार्यविधि विपरीत सुरेन्द्र पाण्डेको पीएसओको रुपमा खटाइएको छ।

रघुवीर महासेठ अन्तिमपटक उपप्रधान तथा परराष्ट्र मन्त्रीबाट २०७८ असारमा र सोही मितिमा उपप्रधान तथा शहरी विकास मन्त्रीबाट राजेन्द्र महतो हटेका थिए।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीबाट २०७८ जेठमा लेखराज भट्ट मन्त्रीबाट हटेका थिए भने सुरेन्द्र पाण्डे अन्तिम पटक २०६६ जेठदेखि २०६७ माघसम्म अर्थमन्त्री बनेका थिए। यी सबै मन्त्रीबाट हटेको २ वर्ष नाघिसकेकाले पीएसओको सुविधा पाउँदैनन्।

सांसदलाई समेत पीएसओ, आलोचनापछि खोसियो ?
कार्याविधिले नै समेटिने स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई समेत पीएसओ दिइएको थियो। गृहमन्त्रीको निर्देशनमा गत कात्तिक २३ गते सांसद अमरेशलाई पीएसओ पठाइएको थियो। सांसद सिंहका लागि असई रामचन्द्र खड्कालाई पीएसओको रुपमा खटाइएको थियो। 

तर अहिले आफ्नो पीएसओ खोसिएको सांसद सिंह स्वयम्‌ले बताएका छन्। सरकार तथा प्रधानमन्त्री प्रचण्डको आलोचना गरेपछि आफ्नो पीएसओ खोसिएको दाबी गर्दै सांसद सिंहले केही दिन अभिव्यक्ति दिएका थिए। तर उनले आफूले कुनै हैसियतले पीएसओ पाउनुपर्ने थियो र लिएको भन्नेबारे केही पनि बोलेनन्।

कुनै उजुरी परेर सुरक्षा खतरा देखिएको अवस्थामा सामान्य व्यक्तिको समेत सुरक्षा जिम्मा गृह प्रशासनले लिनुपर्छ। त्यसबाहेक व्यक्तिगत तजबिजमा कसैलाई खुसी पार्नेगरी पीएसओ खटाउने गलत प्रवृति देखिने गरेको पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन्।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार सम... बिहीबार, मंसिर ४, २०८२
नक्कली बिल बनाएर भ्रष्टाचार, कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिए... बिहीबार, मंसिर ४, २०८२
सिमरा अपडेट : जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि कर्फ्यू आदेश जारी सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ। झडपमा परेर दुवैतर... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
विराटनगर किङ्सको लगतार दोस्रो जित, काठमान्डु पाँच विकेटले पराजित शनिबार, मंसिर ६, २०८२
वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन : प्रवक्ता डा. महत शनिबार, मंसिर ६, २०८२
आदिलको ४८ रनको अविजित पारीमा काठमान्डुले विराटनगरलाई दियो १३५ रनको लक्ष्य शनिबार, मंसिर ६, २०८२
भ्रष्टाचार देशका लागि दुर्भाग्य, युवाको आन्दोलने नयाँ उर्जा दियो : प्रचण्ड शनिबार, मंसिर ६, २०८२
एनपीएल टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार, मंसिर ५, २०८२
चुनावमा भाग लिने कांग्रेसको निर्णय शनिबार, मंसिर ६, २०८२
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी शुक्रबार, मंसिर ५, २०८२
एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइते माइतीघरमा धर्ना शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्