• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ज्येष्ठ नागरिकलाई लक्षित गरी आकासे पुलमा लिफ्ट

64x64
रासस बुधबार, पुस ११, २०८०  १३:२६
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ। उक्त पुलको दुवैपट्टी एक/एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुरुप प्रयोग गर्न सक्नेछन्।

लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो। उनका अनुसार लिफ्टमा एक पटकमा आठ जनाले सेवा लिन सक्नेछन्।

आकासे पुलमा लिफ्ट राख्नका लागि कामपाले चालु आर्थिक वर्षमा रू पाँच करोड विनियोजन गरेको छ। चालु आवको नीति कार्यक्रम र बजेटमा व्यवस्था भएअनुरुपनै कामपाले उक्त स्थानमा लिफ्ट राख्ने तयारी गरेको जनाएको छ।

Ncell 2
Ncell 2

लिफ्टका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको जनाउँदै आगामी साता निर्माणका लागि सार्वजनिक सूचना आउने ट्राफिक विज्ञ सल्लाहकार श्रेष्ठले बताए। उनका अनुसार लिफ्ट राखिसकेपछि त्यसको संरक्षण र रेखदेख गर्नका लागि कामपाले केही स्वयम्सेवक राख्ने तयारी गरेको छ।

कामपाले चालु आवमा सडक सुरक्षाका लागि बस बिसौनी निर्माण, बसको रुट मिलाउने, सडकबत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन, पेट्रोल पम्पको व्यवस्थापन, सडक सङ्केत तथा चिन्ह व्यवस्थापनलगायत काम गर्ने जनाएको छ।

यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसको समय निर्धारण, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि कामपाको तयारी छ।

सल्लाहकार श्रेष्ठले सडकमा सङ्केत चिन्ह मिलाउन तत्काल काम थाल्नुपर्ने बताए। यस्ता चिन्ह आधिकारिक निकायले अध्ययन गरेर मात्र राख्नुपर्ने भएकाले कामपाले अध्ययनको गरिरहेको उनले जानकारी दिए। उनका अनुसार सडक चिन्ह देखिने, स्पष्ट, बुझ्न सजिलो हुने तथा प्रोत्साहन दिने खालका हुनुपर्दछ। चालु आवमा कामपाको अधिकारक्षेत्रमा पर्ने यातायात क्षेत्रको सुधारका लागि रू ४४ करोड छुट्याइएको छ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम जसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ... मंगलबार, पुस २९, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संयुक्त रूपमा निर्वाचन जाने र जसपाको निर्वाचन चिन्ह छातामा दुवै द... सोमबार, पुस २८, २०८२
राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन आव्हान सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएक... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक मंगलबार, पुस २९, २०८२
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ मंगलबार, पुस २९, २०८२
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु मंगलबार, पुस २९, २०८२
यस्तो छ विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका : राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित) मंगलबार, पुस २९, २०८२
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्