• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गोल्ची गाउँमा ‘मिस मंगोल’को पुस्तकालय सपना

64x64
समर्पण श्री शनिबार, पुस ७, २०८०  १४:१०
1140x725

सिन्धुपाल्चोक– ‘मलाई यही गाउँबाट साहित्यकार जन्मिएको हेर्नुछ। वैज्ञानिक जन्मिएको हेर्नुछ। अनुसन्धानविद् जन्मिएको हेर्नुछ!’ सन् २०२२की मिस मंगोल पासाङ डोल्मा शेर्पा गत साता आफ्नो गाउँको विद्यालय प्राङ्गणमा सुन्दर सपना बुनिरहेकी थिइन्। 

उनको सपनालाई भोटेकोशी गाउँपालिका–५स्थित गोल्ची गाउँका अभिभावकहरूले तालीमार्फत् सदर गरे। भर्खरै स्कुल टेक्न थालेका बालबालिकाहरूले पनि ताली बजिरहेको देखे, उनीहरूले त्यसैको अनुसरण गरे। 

‘पासाङ जस्तो युवा अरु पनि जन्मिए भने गाउँ रूपान्तरण हुन्छ,’ गोल्ची गाउँ पुगेका फिल्म निर्देशक नवीन सुब्बाले भने, ‘यहाँ उनले गरेको योगदान महत्वपूर्ण छ।’

411791181_328378873413978_102680244782761721_n-1703309709.jpg

०००

गोल्ची आधारभूत विद्यालयको ‘चाइल्ड लाइब्रेरी एन्ड स्टडिज रुम’ कथा, कविता र चित्रका पुस्तकहरूले सजिएको थियो। 

गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र उपाध्यक्ष दिछेन शेर्पाले रिबन काटेर पुस्तकालयको उदघाटन गरे। रिबन काट्नासाथ साना बालबालिकाहरूले पुस्तकहरूलाई सुम्सुम्याए। 

एकजना ८ वर्षकी बालिकाले पासाङलाई सोधिन्, ‘ दिदी, यो हाम्रो लागि हो?’

Ncell 2
Ncell 2
nimb
nimb

पासाङले ‘तिमीहरूकै लागि हो’ भनेर अँगालो मारेपछि बालिका फुरुङ्ग परिन्। ‘हामी विस्तारै पुस्तकहरू थप्दै जानेछौँ। र बालबालिकालाई पढाउन सघाउने लाइब्रेरियन पनि राख्छौँ,’ उनले सुनाइन्।

पुस्तक समाइरहेका साना हातहरू देखेपछि पासाङ कल्पिरहेकी थिइन्, ‘अब उनीहरू कथाका संसारहरूमा प्रवेश गर्नेछन्। कविता गाउन सिक्नेछन्। जनावर र बोटविरुवालाई प्रेम गर्न सिक्नेछन्।’

pustakalaya-(3)-1703309706.jpg

०००

पासाङ काठमाडौंमै हुर्किइन्। विदामा घर आउँदा बाह्रबिसेबाट घन्टौंको उकालो चढेपछि मात्र उनको गाउँ आइपुग्थ्यो। ‘आमा कहिले आइपुग्छ घर?’ पासाङ थकित आवाजमा सोध्थिन्। 

आमा औंलाले माथि माथि देखाउँदै छोरीलाई भन्थिन्, ‘ऊ त्यैँ पर हो। अब आयो।’

घर पुग्दासम्म उनलाई आफ्नो पिछडिएको गाउँको साह्रै माया लाग्थ्यो। सन् २०२२मा ‘मिस मंगोल’को ताज पहिरिँदा धेरै खुसी त उनको गाउँ थियो। 

सोचिन्, ‘मेरो सफलतामा गर्व गर्ने मेरो गाउँलाई केही योगदान गर्नैपर्छ।’

शेर्पाहरूको बाहुल्यता रहेको गोल्ची प्राकृतिक सौन्दर्यले धनी छ। गाउँले सुन्दर हिमाल, पर्वत र चीनका भूभागहरूलाई नियालिरहेको हुन्छ। तर यही सुन्दर गाउँलाई राज्यको आँखाले कहिल्यै गम्भीर भएर नियालेको छैन। त्यसकारण शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा गाउँ निकै पछि पर्योा। स्थानीयहरू सन्तानको सुन्दर भविष्य कल्पन बाह्रबिसे झर्नैपर्यो। कोही त्यहाँबाट पनि पर काठमाडौं उक्लनु पर्यो। 

स्थानीय निमि शेर्पासँगको कुराकानीमा उनले उही विवशता हामीलाई सुनाइन्, ‘यहाँ राम्रो पढाइ नहुने भएपछि बाह्रबिसे झरेर व्यवसाय गरेँ। छोराछोरी पढाएँ, हुर्काएँ। उनीहरू हुर्किसके। अब गाउँमै केही गर्छु भनेर बारम्बार आइरहन्छु।’

गाउँको आधारतभूत विद्यालयमा यतिबेला जम्मा १५ जनामात्र विद्यार्थी बाँकी छन्। ‘यहाँको शैक्षिक स्तर उठाउन सके त भएकाहरू अडिन्थे। गएकाहरू पनि फर्किन्थे। गाउँमा खेतीपाती बढ्थ्यो। आम्दानी पनि बढ्थ्यो,’ पासाङ भन्छिन्।

त्यसकारण उनले आफ्नो गाउँको यो स्कुलमा पुस्तकालय खोल्ने निर्णय गरिन्। यो अभियानमा उनलाई वैदेशिक रोजगारमा गएका गाउँकै मानिसहरूले सहयोग गरे। विभिन्न संस्थाहरूले सहयोग गरे। गाउँमा कतिपयलाई लाइब्रेरी भन्ने थाहा थिएन। आफ्नाहरूले जिस्क्याउँदै ‘लाइब्रेरी कान्छी’ भन्न थाले। र कतिपयले ‘लैबरी कान्छी’ समेत भन्न थाले। 

‘लाइब्रेरी कान्छी’ले लाइब्रेरी उद्घाटनको दिन सहर पसेका गाउँका मानिसहरूलाई पनि निम्त्याएकी थिइन्। उनीहरू निकै खुसी देखिन्थे। 

विद्यालयका प्रधानाध्यापक अजय लामा स्कुलमा बालबालिकाहरूले नयाँ कुरा पढ्न पाउने भएकाले खुसी देखिएका थिए। उनले स्कुलमा हरेक वर्ष विद्यार्थी घट्दै गइरहेको कुरा पनि सम्झिुए। विदयार्थी घटेकै कारण यहाँ ३ कक्षासम्म मात्र पढाइ हुन्छ। ‘त्यसमाथि हामी ३ जना मात्र कर्मचारी । यसमा पनि एक जना कार्यालय सहयोगी हुनुहुन्छ,’ अजय सुनाउँछन्। 

उद्घाटनको दिन गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले एउटा घोषणै गरे, ‘यो अभियानलाई साथ दिन हामी ३ लाख रुपैयाँ सहयोग गर्छौं।’

pustakalaya-(4)-1703309707.jpg ०००

पासाङ गीत पनि गाउँछिन्, मोडलिङ पनि गर्छिन्। सिनेमासँग झनै लगाव छ उनको। माइक्रोबायोलोजी पढेकी पासाङले ७ वर्ष त स्कुलमा शिक्षण समेत गरिन्। अहिले उनी शिक्षण पेसा छाडेर सामाजिक अभियानमा लागेकी छन्। आफ्नो नेतृत्वमा विङ्स नेपाल फाउन्डेनस स्थापना गरेपछि उनी बालबालिकामा उडान भर्न पखेँटाको काम गरिरहेकी छन्। 

र उनलाई साथ दिइरहेका छन् फाउन्डेसनका सदस्य सचिव छिरिङ शेर्पाले।

फाउन्डेसनमार्फत् उनीहरूले भोटेकोशी गाउँपालिकामा कहिले सडक नाटक, कहिले अनलाइन डान्स प्रतियोगिता त कहिले पर्यटन, इतिहास तथा पुरातात्विक सम्पदासँग सम्बन्धित काम गरिरहेका छन्।

pustakalaya-(2)-1703309708.jpg

योसँगै ‘मिस मंगोल’को पुस्तकालय सपना अन्य गाउँमा पनि फैलने छ। ‘लाइब्रेरीका लागि अरु स्कुलहरूले पनि अनुरोध गरिरहनुभएको छ। यसका लागि पनि हामी योजना बनाइरहेका छौँ,’ पासाङ उत्साहित हुँदै भन्छिन्। 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान [तस्बिरहरु] बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भग... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्