• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गोल्ची गाउँमा ‘मिस मंगोल’को पुस्तकालय सपना

64x64
समर्पण श्री शनिबार, पुस ७, २०८०  १४:१०
1140x725

सिन्धुपाल्चोक– ‘मलाई यही गाउँबाट साहित्यकार जन्मिएको हेर्नुछ। वैज्ञानिक जन्मिएको हेर्नुछ। अनुसन्धानविद् जन्मिएको हेर्नुछ!’ सन् २०२२की मिस मंगोल पासाङ डोल्मा शेर्पा गत साता आफ्नो गाउँको विद्यालय प्राङ्गणमा सुन्दर सपना बुनिरहेकी थिइन्। 

उनको सपनालाई भोटेकोशी गाउँपालिका–५स्थित गोल्ची गाउँका अभिभावकहरूले तालीमार्फत् सदर गरे। भर्खरै स्कुल टेक्न थालेका बालबालिकाहरूले पनि ताली बजिरहेको देखे, उनीहरूले त्यसैको अनुसरण गरे। 

‘पासाङ जस्तो युवा अरु पनि जन्मिए भने गाउँ रूपान्तरण हुन्छ,’ गोल्ची गाउँ पुगेका फिल्म निर्देशक नवीन सुब्बाले भने, ‘यहाँ उनले गरेको योगदान महत्वपूर्ण छ।’

411791181_328378873413978_102680244782761721_n-1703309709.jpg

०००

गोल्ची आधारभूत विद्यालयको ‘चाइल्ड लाइब्रेरी एन्ड स्टडिज रुम’ कथा, कविता र चित्रका पुस्तकहरूले सजिएको थियो। 

गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र उपाध्यक्ष दिछेन शेर्पाले रिबन काटेर पुस्तकालयको उदघाटन गरे। रिबन काट्नासाथ साना बालबालिकाहरूले पुस्तकहरूलाई सुम्सुम्याए। 

एकजना ८ वर्षकी बालिकाले पासाङलाई सोधिन्, ‘ दिदी, यो हाम्रो लागि हो?’

Ncell 2
Ncell 2
nimb
nimb

पासाङले ‘तिमीहरूकै लागि हो’ भनेर अँगालो मारेपछि बालिका फुरुङ्ग परिन्। ‘हामी विस्तारै पुस्तकहरू थप्दै जानेछौँ। र बालबालिकालाई पढाउन सघाउने लाइब्रेरियन पनि राख्छौँ,’ उनले सुनाइन्।

पुस्तक समाइरहेका साना हातहरू देखेपछि पासाङ कल्पिरहेकी थिइन्, ‘अब उनीहरू कथाका संसारहरूमा प्रवेश गर्नेछन्। कविता गाउन सिक्नेछन्। जनावर र बोटविरुवालाई प्रेम गर्न सिक्नेछन्।’

pustakalaya-(3)-1703309706.jpg

०००

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पासाङ काठमाडौंमै हुर्किइन्। विदामा घर आउँदा बाह्रबिसेबाट घन्टौंको उकालो चढेपछि मात्र उनको गाउँ आइपुग्थ्यो। ‘आमा कहिले आइपुग्छ घर?’ पासाङ थकित आवाजमा सोध्थिन्। 

आमा औंलाले माथि माथि देखाउँदै छोरीलाई भन्थिन्, ‘ऊ त्यैँ पर हो। अब आयो।’

घर पुग्दासम्म उनलाई आफ्नो पिछडिएको गाउँको साह्रै माया लाग्थ्यो। सन् २०२२मा ‘मिस मंगोल’को ताज पहिरिँदा धेरै खुसी त उनको गाउँ थियो। 

सोचिन्, ‘मेरो सफलतामा गर्व गर्ने मेरो गाउँलाई केही योगदान गर्नैपर्छ।’

शेर्पाहरूको बाहुल्यता रहेको गोल्ची प्राकृतिक सौन्दर्यले धनी छ। गाउँले सुन्दर हिमाल, पर्वत र चीनका भूभागहरूलाई नियालिरहेको हुन्छ। तर यही सुन्दर गाउँलाई राज्यको आँखाले कहिल्यै गम्भीर भएर नियालेको छैन। त्यसकारण शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा गाउँ निकै पछि पर्योा। स्थानीयहरू सन्तानको सुन्दर भविष्य कल्पन बाह्रबिसे झर्नैपर्यो। कोही त्यहाँबाट पनि पर काठमाडौं उक्लनु पर्यो। 

स्थानीय निमि शेर्पासँगको कुराकानीमा उनले उही विवशता हामीलाई सुनाइन्, ‘यहाँ राम्रो पढाइ नहुने भएपछि बाह्रबिसे झरेर व्यवसाय गरेँ। छोराछोरी पढाएँ, हुर्काएँ। उनीहरू हुर्किसके। अब गाउँमै केही गर्छु भनेर बारम्बार आइरहन्छु।’

गाउँको आधारतभूत विद्यालयमा यतिबेला जम्मा १५ जनामात्र विद्यार्थी बाँकी छन्। ‘यहाँको शैक्षिक स्तर उठाउन सके त भएकाहरू अडिन्थे। गएकाहरू पनि फर्किन्थे। गाउँमा खेतीपाती बढ्थ्यो। आम्दानी पनि बढ्थ्यो,’ पासाङ भन्छिन्।

त्यसकारण उनले आफ्नो गाउँको यो स्कुलमा पुस्तकालय खोल्ने निर्णय गरिन्। यो अभियानमा उनलाई वैदेशिक रोजगारमा गएका गाउँकै मानिसहरूले सहयोग गरे। विभिन्न संस्थाहरूले सहयोग गरे। गाउँमा कतिपयलाई लाइब्रेरी भन्ने थाहा थिएन। आफ्नाहरूले जिस्क्याउँदै ‘लाइब्रेरी कान्छी’ भन्न थाले। र कतिपयले ‘लैबरी कान्छी’ समेत भन्न थाले। 

‘लाइब्रेरी कान्छी’ले लाइब्रेरी उद्घाटनको दिन सहर पसेका गाउँका मानिसहरूलाई पनि निम्त्याएकी थिइन्। उनीहरू निकै खुसी देखिन्थे। 

विद्यालयका प्रधानाध्यापक अजय लामा स्कुलमा बालबालिकाहरूले नयाँ कुरा पढ्न पाउने भएकाले खुसी देखिएका थिए। उनले स्कुलमा हरेक वर्ष विद्यार्थी घट्दै गइरहेको कुरा पनि सम्झिुए। विदयार्थी घटेकै कारण यहाँ ३ कक्षासम्म मात्र पढाइ हुन्छ। ‘त्यसमाथि हामी ३ जना मात्र कर्मचारी । यसमा पनि एक जना कार्यालय सहयोगी हुनुहुन्छ,’ अजय सुनाउँछन्। 

उद्घाटनको दिन गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले एउटा घोषणै गरे, ‘यो अभियानलाई साथ दिन हामी ३ लाख रुपैयाँ सहयोग गर्छौं।’

pustakalaya-(4)-1703309707.jpg ०००

पासाङ गीत पनि गाउँछिन्, मोडलिङ पनि गर्छिन्। सिनेमासँग झनै लगाव छ उनको। माइक्रोबायोलोजी पढेकी पासाङले ७ वर्ष त स्कुलमा शिक्षण समेत गरिन्। अहिले उनी शिक्षण पेसा छाडेर सामाजिक अभियानमा लागेकी छन्। आफ्नो नेतृत्वमा विङ्स नेपाल फाउन्डेनस स्थापना गरेपछि उनी बालबालिकामा उडान भर्न पखेँटाको काम गरिरहेकी छन्। 

र उनलाई साथ दिइरहेका छन् फाउन्डेसनका सदस्य सचिव छिरिङ शेर्पाले।

फाउन्डेसनमार्फत् उनीहरूले भोटेकोशी गाउँपालिकामा कहिले सडक नाटक, कहिले अनलाइन डान्स प्रतियोगिता त कहिले पर्यटन, इतिहास तथा पुरातात्विक सम्पदासँग सम्बन्धित काम गरिरहेका छन्।

pustakalaya-(2)-1703309708.jpg

योसँगै ‘मिस मंगोल’को पुस्तकालय सपना अन्य गाउँमा पनि फैलने छ। ‘लाइब्रेरीका लागि अरु स्कुलहरूले पनि अनुरोध गरिरहनुभएको छ। यसका लागि पनि हामी योजना बनाइरहेका छौँ,’ पासाङ उत्साहित हुँदै भन्छिन्। 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्