• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद् विघटनका वकालतकर्तालाई संघीय संसद्‌को महासचिवको जिम्मेवारी!

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २८, २०८०  ११:५४
1140x725

काठमाडौं– ‘प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार हुन्छ। बेलायत, फ्रान्स लगायतका देशका प्रधानमन्त्रीहरूले पनि संसद् विघटन गरेको नजिर छ,’ पद्मप्रसाद पाण्डेले नायब महान्यायाधिवक्ताको हैसियतमा २०७७ माघ २१ गते सर्वोच्चको संवैधानिक इजलासमा उभिएर भनेका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीभित्रको विवादका कारण २०७७ पुस ५ मा पहिलो पटक गरेको सार्वभौम संसद्को विघटनलाई पाण्डेयले संसदीय अभ्यास अनुसार भएको बताएका थिए। संवैधानिक इजलासमा उनले संसद् विघटन गरेर चुनावमा जाने विषयलाई संविधानसम्मत भएको तर्क गरेका थिए।

बहसका क्रममा पाण्डेयले हालको संविधानले २०४७ सालको संविधानभन्दा बढी अधिकार प्रधानमन्त्रीलाई दिएको दाबी गरेका थिए। हिजोका राजाहरुको अधिकार समेत कटौती गरेर प्रधानमन्त्रीमा आएकाले अझै धेरै विशेषाधिकार हुने उनको तर्क थियो। ‘प्रधानमन्त्रीलाई विघटनको अधिकार किन दिइयो त भन्दा संसदीय शासन प्रणालीमा विघटन गर्ने अधिकार हुने भएकाले हो,’ पाण्डेयले भनेका थिए, ‘२०४७ मा विघटनको अधिकार स्पष्ट थियो। अहिले पनि छ। विदेशको अभ्यास हेर्दा केही देशमा गर्नै नपाउने, केही शर्त सहित पाउने छन्।’

 

यो पनि पढ्नुहोस

सरकारका वकिलको दलिल : धारा ७४ र ८५ अनुसार प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्

सो विघटनविरुद्ध परेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्च अदालतले २०७७ फागुन ११ मा विघटनलाई असंवैधानिक ठहर गरेको थियो।

ओलीले २०७८ जेठ ८ गते पुनः प्रतिनिधि सभा विघटन गरेका थिए। यसपटक पनि विघटनविरुद्ध रिट पर्‍यो। यसपटक पनि नायव महान्यायाधिवक्ताको रुपमा पाण्डेले सरकारी पक्षको बहस गरेका थिए। उनले २०७८ असार १५ गते संवैधानिक इजलासमा उभिएर उसै गरी विघटन गर्न पाइने अधिकारको वकालत गरेका थिए। यसपटक पाण्डेयले प्रधानमन्त्रीका लागि परेका दुवै दाबीअनुसार नियुक्तिको आधार नदेखिएको भन्दै विघटनको औचित्य तयार गर्न खोजेका थिए। उनले उक्त विषयलाई अदालतले हेर्न पनि नमिल्ने बताएका थिए। उनले प्रतिनिधि सभा पुनःस्थापना भए संसद्‌मा ‘हर्स ट्रेडिङ’ हुने र त्यसले झन् ठूलो समस्या आउने चेतावनी पनि दिएका थिए।

यो पनि पढ्नुहोस

प्रतिनिधि सभा विघटन : के प्रधानन्यायाधीश र न्यायाधीशको प्रश्नले फैसलाको संकेत गर्छ? 

स्मरणीय छ, जेठ ७ गते प्रधानमन्त्रीका लागि तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेस गरेका थिए। तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइनन्। सोही दिन राति बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार जेठ ८ गते बिहान (मध्यरात) प्रतिनिधि सभा विघटन भएको थियो।

उनले पटकपटकको संसद् विघटनले भारतमा स्थिरता आएको तर्क गर्दै विघटनले प्रजातन्त्र कमजोर नहुने बताएका थिए। ‘भारतमा पनि पटकपटक संसद् विघटन भएको छ, भारतमा संसद् विघटनपछि सरकार स्थिर भयो, जहाँ सरकार स्थिरता हुन्छ, त्यहाँ विकास  हुन्छ, विघटनले प्रजातन्त्र कमजोर हुँदैन’, त्यतिबेला राष्ट्रिय समाचार समितिले उनको बहसलाई कोट गर्दै लेखेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

उनै पाण्डेय यतिबेला संघीय संसद् सचिवालयको कार्यवाहक महासचिव तोकिएका छन्। गत आइतबार महासचिव भरतराज गौततमले राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए। उनको राजीनामालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मात्रै स्वीकृत गरेका छन्। तर गत सोमबार नै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई नयाँ महासचिवको रुपमा सिफारिस गरेका थिए। त्यसअनुसारको प्रक्रिया अघि नबढेपछि घिमिरेले बुधबार पाण्डेयलाई कार्यवाहक महासचिव पनि तोकेका हुन्। सम्भवतः उनी नै महासचिव नियुक्त हुनेछन्।

संघीय संसद् महासचिवको मुख्य काम सचिवालयको प्रशासकीय प्रमुखको रुपमा जिम्मेवारी पूरा गर्ने हो। ‘संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४’ अनुसार, संघीय संसद् र संघीय संसद्का समितिको काम कारबाही सुचारु रुपले सञ्चालन गर्न आवश्यक व्यवस्था गर्ने जिम्मेवारी पनि महासचिवको हुन्छ। 

‘जो व्यक्ति स्वयं असंवैधानिक रुपमा गरिएको संसद् विघटनको वकालतकर्ता हो, जसले त्यसबारे आजसम्म सार्वजनिक रुपमा प्रायश्चित गरेको छैन, उनले कसरी संसद्लाई सुचारु बनाउने भूमिकाको नैतिकपूर्ण नेतृत्व गर्लान्?’  संघीय संसद्का एक अधिकारी प्रश्न गर्छन्।  

कानुनी रुपमा उल्लेखित मात्रै होइन, समग्रमा यो शक्तिशाली पद हो। खासगरी पार्टीहरूबीच विवाद हुँदा, अन्तरपार्टी विवाद हुँदा, सरकार र प्रतिपक्षीबीच विवाद हुँदा जस्ता सकसपूर्ण समयमा यस्ता पदको भूमिका उल्लेखनीय हुन्छ। पार्टी निकटका महासचिवले सोही पार्टीको हितमा भूमिका खेलिदिन सक्छन्। जसको उदाहरण स्वयं भरत गौतम पनि हुन्।

२०७७ फागुन २३ गते सर्वोच्चले नेकपाको एकतालाई खारेज गर्नुअघि संसद् सचिवालयमा नेकपाका प्रचण्ड-माधव नेपाल पक्ष पुगेका थिए। प्रचण्डलाई संसदीय दलको नेता बनाइएको सूचना दर्ता गर्न पुगे पनि गौतमले दर्ता गर्न आनाकानी गरिदिएका थिए। जब सर्वोच्चको फैसलाको खबर उनले पाए, तब मात्रै उनले सूचना दर्ता गरे। तर त्यसको औचित्य सकिइसकेको थियो।

त्यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्क्रिय भइसकेको भनेर महासचिव गौतमले पत्र लेखेका थिए। सोही पत्रका आधारमा राणाले कार्यकाल सकिनुअघि सर्वोच्च छिर्ने प्रयत्न पनि गरेका थिए। ओलीकै संकेतमा गौतमले सो पत्र लेखेको चर्चा त्यतिबेला भएको थियो। किनकि, ओली प्रधानमन्त्री हुँदैदेखि राणासँग उनको सम्बन्ध राम्रो रहेको थियो। उनीविरुद्ध कांग्रेस, माओवादी केन्द्र लगायतका दलद्वारा महाभियोग दर्ता भएपछि पनि ओलीले सार्वजनिक रुपमै महाभियोगको प्रतिवाद गर्दै राणाको पक्ष लिएका थिए।

गौतम र पाण्डेय दुवै एमाले निकट मानिन्छन्। त्यसैले गौतमलाई पदावधि सकिनुभन्दा ८ महिनाअघि नै राजीनामा दिन लगाएर महासचिवमा एमाले निकटकै पाण्डेयलाई ल्याउने रणनीति अनुसार अहिलेको राजीनामा र सिफारिस प्रकरण रचिएको संसद् सचिवालयका कतिपय कर्मचारीहरुको बुझाइ छ। सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिना दुवै एमालेबाट निर्वाचित भएकाले पनि उनीहरूले पार्टीको रणनीति अनुसार काम गरेको भन्ने आशंका आधारहीन देखिँदैन।

पाण्डेय गत वैशाख २१ मा मात्रै प्रतिनिधि सभाको सचिव नियुक्त भएका थिए। जबकि, संसद् सेवाबाटै अघि बढेकाहरू पनि यो पदका लागि आकांक्षी थिए। जसप्रति ‘पार्टीको हितप्रति प्रतिबद्ध’ रहेको आरोप लाग्ने गरेको छैन। तर त्यस्ता व्यक्तिहरुलाई पन्छाएर निश्चित पार्टीप्रति निकट भनेर चिनिएको व्यक्तिलाई गरिएको नियुक्तिप्रति पनि सचिवालयका कर्मचारी वृत्तमा असन्तुष्टि देखिन्छ।

यो पनि पढ्नुहोस

आठ महिना पदावधि बाँकी छँदै महासचिव गौतमले किन दिए राजीनामा?


 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् बैठक १५ मिनेटका लागि स्थगित
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ?
नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थिति नभए संसद बहिष्कार गर्ने विपक्षीको चेतावनी
सम्बन्धित सामग्री
संसद् बैठक १५ मिनेटका लागि स्थगित नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए । बुधबार, वैशाख ३०, २०८३
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ? सरकारको नीति कार्यक्रममा छलफल गर्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री शाह नपाएपछि विपक्षीले विरोध गरेका हुन् । बुधबार, वैशाख ३०, २०८३
नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थिति नभए संसद बहिष्कार गर्ने विपक्षीको चेतावनी प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री जवाफ दिन नआए आफूहरूले गम्भीर रूपमा लिने ब... बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
संसद् बैठक १५ मिनेटका लागि स्थगित बुधबार, वैशाख ३०, २०८३
ज्ञानेन्द्र शाहीको प्रश्न– प्रधानमन्त्री कालो चश्मामा मन्त्रिपरिषद्‌मा जाने, संसदमा आउन नसक्ने ? बुधबार, वैशाख ३०, २०८३
नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थिति नभए संसद बहिष्कार गर्ने विपक्षीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको बैठक || LIVE|| बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधिसभामा विपक्षी दलको अवरोध,  मागियो प्रधानमन्त्रीको राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्