काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले हंगामा सिर्जना गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका छन् ।
आजको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए ।
योसँगै संसदका सबै विपक्षी दलहरू उठेर विरोध गरेका हुन् ।
श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री असक्षम भएको भन्दै राजीनामा मागेका छन् । उनी आफ्नो झोला बोकेर हिँडेका छन् ।
सभामुख र विपक्षी दलका सांसदहरूबीच सवालजवाफ चलेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।