• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारका वकिलको दलिल : धारा ७४ र ८५ अनुसार प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्

64x64
दुर्गा दुलाल बुधबार, माघ २१, २०७७  २२:२५
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनको बचाउ गर्न सरकारी पक्षले नेपालको संविधानको धारा ७४ र धारा ८५ को सहारा लिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको मुद्दामा बुधबार प्रधानमन्त्रीका नीजि कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त र सरकारका तर्फबाट नायब महान्यायाधीवक्ता पदमप्रसाद पाण्डेले नेपालको संविधानको धारा ७४ र ८५ को सहारा लिएर प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको बचाउ गर्ने प्रयास गरेका हुन्। 

प्रधामन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनका लागि गरेको सिफारिस संवैधानिक भएको जिकीर गर्न उनले मुख्यतया संविधानका दुई वटा धारामा केन्द्रित भए। करिब चार घण्टा गरेको बहसमा पन्तले संविधानको धारा ८५ र धारा ७४ लाई देखाएर अदालतले प्रतिनिधि सभा विघटनलाई वैधता दिनुपर्ने दाबी गरे। 

'नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसद्ीय शासन प्रणाली हुनेछ,' धारा ७४ मा उल्लेख छ। यही धारालाई देखाउँदै पन्तले संसद्ीय शासन प्रणालीमा प्रधानमन्त्रीलाई संविधानमा उल्लेख नभएका विशेष अधिकार हुने भएकाले प्रतिनिधि सभा विघटन ओलीले गरेको जिकीर गरे। 

प्रधानमन्त्रीलाई धारा ८५ ले विघटनको अधिकार दिएको दाबी उनले गरे। 'यस संविधान बमोजिम अगामी विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ,' भनी धारा ८५ को उपधारा १ मा उल्लेख छ। यो व्यवस्था अनुसार 'विघटन भएकोमा बाहेक' उल्लेख भएकाले संविधानले प्रतिनिधि सभा विघटनको परिकल्पना गरेको सोही अनुसार ओलीले प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको दाबी सरकारी पक्षका वकिल पन्तको थियो।

संविधानका धाराहरू ७४ र ८५ सँगै धारा ७६ अनुसार प्रधानमन्त्रीले विघटनको सिफारिस गरेको दलिल उनले इजलासमा पेस गरे। उनको बहस सुनिरहेका न्यायाधीश अनिलकुमार सिन्हाले भने चित्त बुझाएनन्। ‘धारा ७६ लाई मानेर व्याख्या गर्नुपर्ने भए यत्रो समय लगाएर के संविधान बनाइयो त? विगतको संविधानमा विघटनको अधिकार राख्दा धेरै भयो भनेर गरिएको परिवर्तन गरिएको होइन? यसको के अर्थ?,’ सिन्हाले पन्तमाथि प्रश्न तेर्स्याए।  

सिन्हा मात्रै होइन, संवैधानिक इजलासकै न्यायाधीश तेजबहादुर केसीले अर्को प्रश्न थपे। ‘प्रधानमन्त्रीको विशेष अधिकार सविधानमा लेखिएको छैन। अहिले विघटन अधिकार छैन भनिँदैछ। अनि विघटनको अधिकार छ भनेर धारा ७६  देखि ८५ सम्म जोड्न मिल्छ?’ 

'पाँचै वर्ष नहुन सक्छ। प्रधानमन्त्री संसद्ीय दलले नियुक्त गर्ने हो। यसमा अदालत प्रवेश गर्न मिल्दैन। संसद्ीय दलको नेता परिवर्तन नभई अरु हुँदैन'

दुई जना न्यायाधीशको प्रश्नपछि पन्तले जवाफ दिन थाले। यसमा पनि बहस गर्न उनी धारा ७४ मै फर्किए। उनले संसद्ीय शासन स्वीकार गरेको देशमा प्रधानमन्त्रीसँग विशेष अधिकार हुने दाबी गरे। ‘संविधान कसरी बन्यो मेरो कुरा होइन,’ उनले भने, ‘हिजोको अवस्थाबाट सिकेको छ कि छैन संविधानमै हेरौँ। तर यो संविधानले विघटनको अधिकार दिएको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ पनि पन्तको बहस ध्यानपूर्वक सुनिरहेका थिए। उनले पनि प्रश्न गरिहाले, 'धारा ८५ ले कसरी प्रधानमन्त्रीलाई विशेष अधिकार दिएको पुष्टि भयो त? प्रष्ट पार्नुस् न?'

श्रेष्ठको प्रश्नपछि पन्त धारा ८५ मा पुगे। उनले पुनः यसअघै उत्तर दोहोर्‍याए। 'विघटन भएकोमा बाहेक' भनेर प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको दाबी गरे।

बहसकै क्रममा उदाहरण पेस गर्न उनी बेलायतलाई सहारा लिए। बेलायतमा विघटन गर्न रोकिएको कुरा कानुन बनाएर गरिएको उनको भनाइ थियो। 'हाम्रोमा संविधान मात्र छ। बेलायतमा कानुन नै बनाएर यसलाई व्यवस्थित गरिएको छ। त्यसका लागि त ऐन ल्याउनु पर्ने रहेछ नि! संसद्ीय शासन पद्धति मान्दिनँ भन्न पाइन्छ र?’ पन्तले भने, 'हामीलाई पनि केही त चाहियो नि।’ 

पन्तको यो जवाफप्रति पनि न्यायाधीश सिन्हा सन्तुष्ट देखिएनन्। प्रधानमन्त्रीमा विशेष अधिकार हुने कुराबारे उनले पन्तसँग जिज्ञासा राखे, ‘संसद्ीय अभ्यासमा प्रधानमन्त्रीलाई नलेखिएको कस्ता कस्ता अधिकार हुँदा रहेछन् केही उदाहारण भन्न सकिन्छ?’ यो प्रश्नको उत्तरले इजलासले चित्त बुझाएन। लगत्तै न्यायाधीशले हस्तक्षेप गर्दै भने, ‘हामी फैसलामा व्याख्या गर्छौं।’  

000

तत्कालीन संसद्‍मा नेकपाको बहुमत भएको र ओली दलको नेता भएकाले प्रधानमन्त्री बनेको र नेकपाको अनुपस्थितिमा सरकार बन्न सक्ने अवस्था नै नभएको ओली बोली इजलासमा पुर्‍याएने जोडमा पन्त लागिरहे। 

यही बीचमा नेकपा र पार्टीहरूको अंकगणितबारे पनि इजलासमा उनको बहस भयो। तर न्यायाधीशले प्रश्न गर्न रोकिएनन्। ‘एक पटक नियुक्त भएको संसद्ीय दलको नेता पाँच वर्षसम्म रहने हो?,’ इजलासको प्रश्न थियो। 

'पाँचै वर्ष नहुन सक्छ। प्रधानमन्त्री संसद्ीय दलले नियुक्त गर्ने हो। यसमा अदालत प्रवेश गर्न मिल्दैन। संसद्ीय दलको नेता परिवर्तन नभई अरु हुँदैन,' उनको जवाफ थियो। 

शायरी र गीत पनि 
संवैधानिक इजलासमा वकिलहरूले तर्क मात्रै गरेका छैनन्। गीत र सायरीको शृंखलालाई पनि निरन्तरता दिए। पन्तले पनि इजलासमा एउटा हिन्दी सायरी सुनाएः 

ए फलक के चाँद हमने भी एक चाँद देखा है,
तुझमें तो है दाग हमने बेदाग देखा है.. 

उनले सायरीको अर्थ पनि लगाए।  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रक्रियामा दाग देख्नुभयो अनि बेदाग चन्द्रमाजस्तो जनतामा जाने निर्णय गर्नुभयो।

यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा एउटा शायरी सुनाएका थिए।

जला है जिस्म जहाँ दिल भी जल गया होगा
कुरेदते हो जो अब राख जुस्तुजू क्या है ।

उनले उक्त शायरीको व्याख्या गर्दै भनेका थिए, ‘जब शरीर नै जल्यो भने दिल जल्छ, सकिन्छ। अब पार्लियामेन्ट मर्‍यो भने, (केही पनि) बाँकी रहँदैन।’  मंगलबार महान्यायाधिवक्ता अग्नि खरेलले गीतको जवाफ दिएपछि इजलासबाट न्यायाधीशले  सायरीको जवाफ नदिने? भनी प्रश्न सोधेका थिए। त्यसको जवाफ पन्तले दिएका थिए। 

विश्व अभ्यास 
पन्तपछि बहसका लागि नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय उपस्थित भए। पाण्डेले विघटनमा विश्वभरका अभ्यासका बारेमा बहस गरेका थिए। 

बहसको शुरुमा नै पाण्डेयले ओलीले विघटनको सिफारिस गरेर संसद्ीय व्यवस्था जोगाएको जिकीर गरे। विघटन नगरेको भए संसद्ीय व्यवस्था धरापमा पर्ने उनको दाबी थियो। 

संसद्को जननी बेलायत भएकाले त्यहाँ यो अधिकार क्राउनमा हुन्छ भने नेपालमा प्रधानमन्त्रीमा भएको दाबी उनको थियो। संसद्को स्थिरता मात्र नभएर सरकारको खोज्नुपर्ने उनको तर्क थियो। 

हालको संविधानले २०४७ सालको संविधानभन्दा बढी अधिकार प्रधानमन्त्रीलाई दिएको उनको दाबी थियो। हिजोका राजाहरुको अधिकार समेत कटौती गरेर प्रधानमन्त्रीमा आएकाले अझै धेरै विशेषाधिकार हुने उनको तर्क थियो। ‘प्रधानमन्त्रीलाई विघटनको अधिकार किन दिइयो त भन्दा संसद्ीय शासन प्रणालीमा विघटन गर्ने अधिकार हुने भएकाले हो,’ पाण्डेयले भने, ‘२०४७ मा विघटनको अधिकार स्पष्ट थियो। अहिले पनि छ। विदेशको अभ्यास हेर्दा केही देशमा गर्नै नपाउने, केही शर्त सहित पाउने छन्।’ 

'विश्वको अभ्यास हेर्दा सरकार मात्र स्थिर हुने हो। संसद् होइन भन्ने देखियो'

शासन गर्ने र संसद्को अधिकारको प्रयोग गर्ने प्रधानमन्त्री भएको दावी गरेका उनले ताजा जनादेशमा जानु उपयुक्त हुने उनको दाबी छ। ‘वहाँ जनतामा अपिल गर्नु भएको हो।  अस्थिर र अवरोध भएपछि स्थिरतका लागि जनतामा जान विघटन गरेको लिखित  जवाफमा उल्लेख भएको छ,’ उनले भने, ‘यसमा विश्वको अभ्यास हेर्दा सरकार मात्र स्थिर हुने हो। संसद् होइन भन्ने देखियो।’ क्यानडा र भारतको समेत यही अभ्यास भएको दाबी उनले गरे। 

संसद्मा अवरोध भएपछि विघटन गर्ने अधिकार प्रधानमन्त्रीले गर्ने अभ्यास अन्तराष्ट्रिय अभ्यास भएको उनको दावी थियो। उनको बहस लामो हुँदै गएपछि न्यायाधीश मल्लले प्रश्न गरिन्, ‘भारत र क्यानडाको सविधानमा स्पस्ट छ त। हाम्रोमा कसरी मिल्छ? संविधान बमोजिम अगावै विघटनको कुरा धारा ८५ ले भनेको मात्र होइन र? अनि छ कि छैन व्याख्यामा आउनुस् न? 

उनको प्रश्नपछि पाण्डेयले संविधानको धारा ७६ र ८५ दुवैको प्रयोगका आधारमा आएको दावी गरे। संसद्ीय अभ्यास भत्काउन सविधानमा लेखिनुपर्छ वा कानुनमा हुनुपर्छ र अल्पमतले सरकार बनाउनु पर्छ भन्ने काहीँ नभएको दाबी दोहोर्‍याए। 

बिहीबार आम हड्ताल छ, केही व्यवस्था गर्न पर्छ? 
बहसको अन्त्यमा प्रधानन्यायाधीश राणाले बिहीबार आम हड्ताल घोषणा भएकाले बहस निरन्तर गर्न सकिनेबारे कानुन व्यवसायीहरुले जिज्ञासा राखे। राणाले भने, ‘भोली आम हड्ताल भन्ने कुरा आयो आउन सकिन्छ?’ महान्यायाधिवक्ता खरेलले जवाफ दिए, ‘देशभरका सबै कार्यालय खुल्ला हुने छन्।’

कानुन व्यवसायीहरुले आफूहरु आउने जवाफ दिएपछि राणाले 'हेर्दाहेर्दै' रहेको र बिहीबार पुनः बहस हुने जानकारी गराए। बुधबारको बहस समाप्त भयो। 

संविधानको व्यवस्था (धारा ७४ र ८५)
७४. शासकीय स्वरूप:
नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसद्ीय शासन प्रणाली हुनेछ। 

८५. प्रतिनिधि सभाको कार्यकालः (१) यस संविधान बमोजिम अगामी विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ। 

(२) उपधारा (१) मा जनुसकै कुरा लेखिएको भए तापनि संकटकालीन अवस्थाको घोषणा वा आदेश लागू रहेको अवस्थामा संघीय ऐन बमोजिम प्रतिनिधि सभाको कार्यकाल एक वर्षमा नबढ्ने गरी थप गर्न सकिनेछ। 

(३) उपधारा (२) बमोजिम थप गरिएको प्रतिनिधि सभाको कार्यकाल संकटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले छ महिना पुगेपछि स्वतः समाप्त हुनेछ। 

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  २२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम ९२० अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामु... बुधबार, जेठ १३, २०८३
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्... बुधबार, जेठ १३, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप बैठकमा बोल्दै उनले संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको टिप्पणी गरिन्। मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
कांग्रेसले बोलायो संसदीय दलको बैठक बुधबार, जेठ १३, २०८३
बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, सात दिनभित्र आवेदन दिन आग्रह बुधबार, जेठ १३, २०८३
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ बुधबार, जेठ १३, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्