• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

आलु नबिकेर चिन्तित किसानको याचना- काठमाडौं महानगरले ठाउँ दिए आफैं ल्याएर बेच्थ्यौं

64x64
कल्पना घिमिरे सोमबार, मंसिर २५, २०८०  ११:३९
1140x725

काठमाडौं- काभ्रे पनौतीका किसान देवकृष्ण मानन्धरले साउनमा १३ रोपनी जमिनमा आलु रोपेका थिए। अहिले आलु खन्ने सिजन भएको छ। ७ रोपनीको आलु खनेर बिक्री गरिसके। उनको जमिनमा प्रति रोपनी १३ बोराका दरले आलु उत्पादन भएको थियो।

‘७ रोपनी जमिनमा करिब ११३ बोरा आलु फलेको थियो। त्यो आलु प्रति धार्नी ७० रुपैयाँका दरले बिक्री गरेँ। अब ६ रोपनी खन्न बाँकी छ। त्यो आलु नबिक्ने चिन्ताले खनेको छैन,’ देवकृष्णले भने।

एक बोरामा ६० देखि ६५ किलोसम्म हुने उनी सुनाउँछन्। जसअनुसार ६ हजार ७८० किलोको हाराहारीमा आलु बिक्री गरिसकेका छन्।

अब ६ रोपनीमा आलु खन्न बाँकी छ। जसमा करिब ६० देखि ८० बोराको हाराहारीमा आलु उत्पादन हुने उनको अनुमान छ। तर सो आलु किन्न व्यापारीहरु नआउँदा कसरी बिक्री गर्ने भन्ने चिन्ता परेको उनी सुनाउँछन्।

‘आलु खन्ने बेला घर्किसकेको छ। वर्षे आलु खनिसकेपछि घरमा स्टोर गरेर राख्दैनौँ। खन्दाखन्दै बिक्री गर्ने हो। अनुमानित ६० देखि ८० बोरा आलु खन्न बाँकी छ। अहिलेको आलु खनेर अर्को सिजनको रोप्ने बेला हुन लागिसकेको छ,’ उनले भने।

देवकृष्ण आफू मात्र होइन, टोलमा अन्य थुप्रै किसान आलु बिक्री नभएर निराश हुनु परेको सुनाउँछन्।

‘म मात्रै होइन, मजस्ता किसान यहाँ थुप्रै छन्। कसैको १० रोपनी, कसैको १५ रोपनी आलु खन्न बाँकी छ। आलु किनिदिने मान्छे कोही छैन। पहिलाका व्यापारीहरु भ्याट बिल काटेर दिए किन्छौँ भनेर बसेका छन्। हामी किसानले कहाँबाट भ्याट बिल काट्ने? तरकारी फलाएर बिक्री गर्दा हाम्रो लागत उठ्दैन। अब किसानले तरकारी फलाउँदा पनि सरकारलाई भ्याट तिर्नु पर्ने हो र,’ उनले भने।

केही दिनअघि सरकारले आलुमा १३ प्रतिशत भ्याट लगाएको भन्दै व्यापारीहरुले किसानसँग भ्याट बिल मागेको र अहिले भ्याट छुट गरे पनि आलु बिक्री नभएको उनी सुनाउँछन्। बजार व्यवस्थापनको लागि समन्वय गरिदिन भन्दा स्थानीय तहले आफूहरुलाई सहयोग गर्न नखोजेको देवकृष्ण सुनाउँछन्। ‘काठमाडौंमा स्थान पाए आफैं ल्याएर बिक्री गर्न सक्ने थियौं,’ उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको उत्पादनभन्दा भारतीय आलु सस्तो हुने भएकाले फाइदा हेरेर व्यापारीले भारतीय आलु बेच्ने गरेको उनको भनाइ छ। ‘अहिले काठमाडौंका बजारमा आलु अभाव भएको मैले सुनेको थिएँ। काठमाडौं महानगरले फूल व्यापारीलाई व्यापार गर्ने स्थान तोकिदिए जसरी हामीलाई आलु बिक्री गर्न स्थान तोकिदिए हामी आफैं काठमाडौंसम्म ल्याएर बिक्री गर्ने थियौं,’ देवकृष्णले भने।

आलुको पैसा भुक्तानी नगर्दा किसान मारमा
देवकृष्ण मानन्धर आलु मात्रै होइन, काउली, गोलभेंडा, प्याज जस्ता अन्य थुप्रै तरकारी खेती गर्दै आएका छन्। तर बेलाबेलामा तरकारी बिक्री नहुँदा खेर फाल्नु परेको अनुभव उनी सुनाउँछन्। यस्तै किसानका उत्पादन व्यापारीले उधारोमा खरिद गर्ने र भुक्तानी नगरी फरार रहने गर्नाले वर्षेनी ठूलो घाटा ब्यहोर्नु परेको उनी सुनाउँछन्।

किसानले मल र बिउमा ठूलो रकम खर्चिएर उत्पादन गर्ने तर उत्पादन गरेका कृषि उपजहरु घाटा खाएर बिक्री गरिरहनु परेको बेला उल्टै खरिदकर्ताले नै उधारोमा लिएर रकम भुक्तानी नगर्दा किसान सधैं मारमा परिरहेको उनको गुनासो छ। 

सरकारले किसानका उत्पादनलाई बेवास्ता गरेर विदेशबाट आयातित कृषि उपजलाई प्राथमिकता दिएको उनको गुनासो छ। जसले गर्दा किसानले आफ्नो उत्पादन बजार नपाएर फाल्नु परेको अवस्था रहेको उनी सुनाउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

व्यापारीहरुले सरकारले आलु बिक्रेताले आफ्नो फर्म दर्ता आन्तरिक राजस्व कार्यलयमा गराउनु भनेको किसानको आलु बिक्री गर्न भ्याट लगाउने भनेको भन्दै आलु खरिद–बिक्री बन्द गरेका थिए। गत सोमबारदेखि कालीमाटी तरकारी बजारका व्यापारीले आलु कारोबार ठप्प पारेका थिए। तर सरकारले शुक्रबार स्थानीय उत्पादन आलु, प्याज र स्याउमा भ्याट नलगाउने निर्णय गरेपछि बजारमा आलुको कारोबार हुन थालेको कालिमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्।

‘वार्षिक ५० लाखभन्दा बढीको कारोबार गर्ने व्यापारीलाई राजस्व कार्यालयमा दर्ता हुन निर्देशन गरेपछि व्यापारीले आलुको कारोबार बन्द गरेका हुन्,’ श्रेष्ठले भने।

सरकार मातहतको आन्तरिक राजस्व विभागले गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा उत्पादन हुने आलु, प्याज, स्याउ लगायत अन्य कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर नलाग्ने जानकारी दिइसकेको छ। तर अझै पनि स्थानीय उत्पादन नबिकेको किसानको गुनासो छ। 

आलु बिक्री गर्ने स्थान दिन सकारात्मक महानगर
किसानले आलु बिक्री गर्न ठाउँ मागे दिन सकारात्मक रहेको काठमाडौं महानगर कृषि तथा पशुपंक्षी विभागका प्रमुख अवधेश झा बताउँछन्। 

‘किसानको समस्यालाई हल गर्ने कामलाई निरन्तर प्राथमिकतामा राख्छौँ। किसानको उत्पादन बिक्री गर्न समस्या भएमा समाधान गरिदिने हाम्रो कर्तव्य हो। किसानहरुले हामीलाई प्रस्ताव राखे निश्चित अवधि, स्थान तोकेर बजारको व्यवस्थापन गरिदिन्छौँ,’ झाले भने।

देशैभरका किसानका बजारको समस्या भएको र ती समस्या समाधान गर्न महानगर तत्पर रहेको उनको भनाइ छ। किसानको हितमा हुने काम गर्न महानगर तयार रहेको झा बताउँछन्।

किसानलाई कुन स्थान चाहिने, कति अवधिको लागि चाहिने? भन्नेबारे महानगरसँग समन्वय गरे महानगरले आलु बिक्री गर्ने स्थान तोकिदिन तयार भएको झा बताउँछन्।

तत्काल किसानको समस्या समाधान गर्न सकिँदैन– मन्त्रालय
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्रप्रसाद बोहराले भने किसानका उत्पादन बिक्री नहुने समस्या तत्काल समाधान गर्न नसकिने बताएका छन्।

‘हामी किसानको उत्पादन सहजै बिक्री गर्ने वातावरण बनाउन खोजिरहेका छौं। किसानका उत्पादन बजारीकरण गर्न ठाउँठाउँमा बजारको व्यवस्थापन गरेका छौँ। बजार व्यवस्थापनको लागि पूर्वाधारको निर्माण गरिदिएका छौँ। साथै विभिन्न अनुदान पनि दिँदै आएका छौँ। तर बजारमा बिक्री भएन भने मन्त्रालय अन्तर्गतको बजार कालिमाटी छ,’ उनले भने।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ भने समितिको काम व्यापारीलाई व्यवस्थित तरिकाले बिक्री वितरण गर्न व्यवस्था मिलाउनु भएको बताउँछन्।

‘किसानलाई बिक्री गर्न दिने नदिने हाम्रो काम होइन। काठमाडौंमा कालिमाटी तरकारी बजार मात्रै छैन। यहाँ खुला बजारमा ल्याएर किसानले बिक्री गर्छन् भने हामीले रोक्दैनौँ,’ श्रेष्ठले भने।

यस्तै बजारमा व्यापारीले भारतीय आलु ल्याएर स्थानीय आलु भनी बिक्री गर्ने प्रवृत्ति बढ्न सक्ने श्रेष्ठ बताउँछन्। तर बजारमा स्थानीय आलु आएको हो कि भारतीय हो भन्ने छुट्याउनु आफूहरुको काम नभएको र सो बारे सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

४ महिनामा आयो ३ अर्ब ३५ करोड आलु 
चालु आर्थिक वर्षको ४ महिनामा ३ अर्ब ३५ करोड २८ लाख ७० हजार रुपैयाँको ३ लाख ९१ हजार १९५ किलो आलु आयात भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

जसमध्ये १ हजार रुपैयाँको ५० किलो आलुको बिउ आयात भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा छ। ८२ करोड ४१ लाख ९ हजार रुपैयाँको १३ करोड १७ लाख ५२ हजार ७१३ किलो आलु आयात भएको छ।
फ्रो गरिएको आलु १ लाख ५३ हजार रुपैयाँको ४ हजार ३७५ किलो आयात भएको छ। १२ लाख २ हजार रुपैयाँको ५९ हजार ४४० आलुको पिठो आयात भएको छ। ७ करोड २९ लाख ३९ हजार रुपैयाँको ४ लाख ५८ हजार ७१९ किलो फ्रेन्च पोट्याटो आयात भएको छ।

वर्षेनी ८ अर्बको आलु आयात
केन्द्रीय भन्सार कार्यालयको तथ्यांकले वार्षिक रुपमा करिब ८ अर्ब रुपैयाँको आलु आयात भएको देखाउँछ। जसमध्ये सबैभन्दा ठूलो हिस्सा भारतबाट आयात हुने गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब ५३ करोड ३५ लाख १५ हजार रुपैयाँको आलु आयात भएको थियो। जसमा भारतबाट मात्रै ८ अर्ब १९ करोड ५९ लाख ४६ हजार रुपैयाँको आलु आयात भएको थियो।  

आर्थिक वर्ष २०७/०७८ मा ८ अर्ब ९३ करोड ६६ लाख २७ हजार रुपैयाँको आलु आयात भएको थियो। त्यसमा ८ अर्ब ५३ करोड ५४ लाख ४८ हजारको आलु भारतबाट आएको हो। आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्ब ९४ करोड ९३ लाख ५९ हजार रुपैयाँको आलु आयात भएको छ। आर्थिक वर्ष २०७९/०८० मा ८ अर्ब २० करोड ८० लाख २० हजार रुपैयाँको आलु आयात भएको छ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्