• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण : हाइप्रोफाइल जेलमा हुँदा कहाँ चिप्लिए प्रतीक?

उच्चको फैसलापछि देखिन सक्छ फरारको अनुहार
64x64
नारायण अधिकारी मंगलबार, मंसिर १२, २०८०  १७:२५
1140x725

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको करोडौं ठगी प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै प्रतिरक्षामा उत्रिएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीक ८ महिनादेखि फरार छन्।

भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकोबारे मिडियामा प्रतीकको नाम सार्वजनिक भएपछि आफू निर्दोष रहेको भन्दै उनले त्यसको प्रतिवाद गरेका थिए। वैशाख २१ गते विज्ञप्ति समेत निकालेर उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका थिए। 

‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु। तर संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरुप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ थापाले विज्ञप्तिमार्फत भनेका थिए। 

अनुसन्धानमा सहयोग गर्छु भनेर विज्ञप्ति निकालेको ८ महिना बितिसक्दा समेत उनी फरार छन्। त्यसो त अनुसन्धानमा सहयोग गर्ने भन्दै विज्ञप्ति निकालेको बेला पनि प्रतीक ‘भूमिगत’ नै थिए। 

यो ठगी गिरोहका सदस्य पक्राउ पर्न सुरु भएदेखि नै प्रतीक फरार रहेको त्यतिबेला प्रहरीले जनाएको थियो। ठगी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीन जनालाई पक्राउ गरेपछि नै प्रतीक सम्पर्कविहीन भएका थिए।

यो प्रकरणमा चैत १२ गते ३ जना पक्राउ परेपछि उनी भारत पुगेको बताइएको थियो। तर त्यसपछि उनी अहिलेसम्म कहाँ छन् भन्नेबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन। पक्राउ पूर्जी जारी भएर प्रहरीको खोजी सूचीमा रहेका उनी अहिलेसम्म फेला पर्न सकेका छैनन्। जबकि यो ठगी प्रकरणका उनी एक नाइके नै रहेको प्रहरीको दाबी छ। 

प्रतीकले आमा नैनकला थापालाई समेत पैसा बुझ्न लगाएको भन्दै पक्राउ परेका अभियुक्तले प्रहरीसमक्ष बयान दिएका थिए। अहिलेसम्म फरार रहेका प्रतीक अहिले पनि भरतमै हुनसक्ने प्रहरी अधिकारीहरुको आशंका छ। 
प्रतीक मात्रै होइन, यो प्रकरणमा पक्राउ पुर्जी नै जारी भएर फरार भएका अन्य व्यक्ति पनि छन्। तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई अहिले पनि पुर्पक्षका लागि कारागारमा छन्। उनकै छोरा निरज भने अहिलेसम्म फरार छन्। 

उनको पनि अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थापा र राईजस्तै फरार सूची सुनसरी घर भई अमेरिका बस्दै आएका अशोक पोखरेल, मोरङका धीरेन राई, मुख्य अभियुक्त केशवप्रसाद दुलालकी श्रीमती दीपा हुमागाञी, काठमाडौंका राजेश अर्याल, पाँचथरका मोहनराज राई, काठमाडौंकै आशिष बुढाथोकी, थुनामा रहेका अर्का अभियुक्त सागर राईकी श्रीमती सावदेन लिम्बु, रौतहटका निरन्जनकुमार खरेल र झापाका सुनिल बुढाथोकी अहिलेसम्म फरार छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यी सबै फरार अभियुक्त अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन्। यो ठगी प्रकरणमा पक्राउ परेर पुर्पक्षमा रहेकाहरुले उच्च अदालत पाटनमा दायर गरेको रिटको अहिले सुनुवाइ भइरहेको छ। यदि उच्च अदालत पाटनले उनीहरुलाई साधारण तारेख तथा धरौटीमा रिहा गर्ने आदेश दिएको अवस्थामा उनीहरु अदालतमा उपस्थित हुनसक्ने बताइएको छ। ‘यसअघि जिल्ला अदालतले नै पुर्पक्षमा जेल नपठाएको फरार भएकाहरु त्यतिबेलै उपस्थित हुन्थे तर जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाएपछि सबै फरार नै भए। अब उच्चले जिल्लाको आदेश उल्टाउँदै साधारण तारेख तथा धरौटीमा रिहा गरेको अवस्थामा फरार भएका अभियुक्तहरु उपस्थित हुन सक्छन्,’ भुटानी प्रकरणको अनुसन्धान गरेका एक अधिकारी भन्छन्।

यो प्रकरण मुद्दाको पुनरावेदन सुनुवाइ अहिले उच्च अदालत पाटनमा भइरहेको छ। अबको केही दिनमै उच्चले यसको फैसला सुनाउनेछ। प्रतिवादीको पक्षमा फैसला आएको अवस्थामा फरार रहेका प्रतीकसहितका व्यक्ति सार्वजनिक हुन सक्छन्। यदि उच्चले पनि जिल्लाकै आदेशलाई सदर गरको अवस्थामा उनीहरु अझै फरार नै रहने प्रहरी अधिकारीहरुको बुझाइ छ। 

२०७९ चैत १२ गते तीन जनालाई पक्राउ गरेर सुरु भएको अनुसन्धानले ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। ६० दिनसम्म चलेको लामो अनुसन्धानको क्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाणदेखि नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत भइसकेका प्रतिनिधि सभाका बहालवाला सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसहित हाइप्रोफाइल व्यक्ति पक्राउ परेका थिए। हाइप्रोफाइलसहित विभिन्न मितिमा १८ जनालाई पक्राउ परेर मुद्दा चलाइएको थियो। 

ठगी, संगठित ठगी, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी कीर्ते र एकीकृतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो। प्रतिवादीहरुले २८ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी समेत गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरुमध्ये जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमराज न्यौपानेको इजलासले लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। बाँकी १६ जना भने पुर्पक्षका लागि कारागार चलान भएका थिए। पछि यही केसमा फरार रहेका केशव तुलाधर पक्राउ परेर अदालत उपस्थित गराइएको थियो। असार ३१ गते माधवप्रसाद घिमिरेको इजलासले तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी पनि रिहा भएका थिए।

धरौटीमा रिहा भएका र पुर्पक्षमा कारागार चलान भएका सबैले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिएका थिए। उक्त निवेदनको सुनुवाइ अहिले अन्तिम चरणमा पुगेको छ। उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ। अब रामशरण केसी, केशव तुलाधर सागर राईको पक्षको प्रतिरक्षा बहस हुन बाँकी छ। 
उनीहरुको तर्फबाट प्रतिरक्षा बहस सकिएपछि सरकारी वकिल पक्षले थुनामै राख्नुपर्ने मागसहित वादीको पक्षबाट बहस गर्नेछन्। 

सरकारी वकिल पक्षको बहस सकिए थुनामै राख्ने वा धरौटी तथा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आउनेछ।

393088677_344291288295809_5116688876636051059_n-1701171570.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्र... सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चाल... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्