• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण : हाइप्रोफाइल जेलमा हुँदा कहाँ चिप्लिए प्रतीक?

उच्चको फैसलापछि देखिन सक्छ फरारको अनुहार
64x64
नारायण अधिकारी मंगलबार, मंसिर १२, २०८०  १७:२५
1140x725

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको करोडौं ठगी प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै प्रतिरक्षामा उत्रिएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीक ८ महिनादेखि फरार छन्।

भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकोबारे मिडियामा प्रतीकको नाम सार्वजनिक भएपछि आफू निर्दोष रहेको भन्दै उनले त्यसको प्रतिवाद गरेका थिए। वैशाख २१ गते विज्ञप्ति समेत निकालेर उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका थिए। 

‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु। तर संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरुप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ थापाले विज्ञप्तिमार्फत भनेका थिए। 

अनुसन्धानमा सहयोग गर्छु भनेर विज्ञप्ति निकालेको ८ महिना बितिसक्दा समेत उनी फरार छन्। त्यसो त अनुसन्धानमा सहयोग गर्ने भन्दै विज्ञप्ति निकालेको बेला पनि प्रतीक ‘भूमिगत’ नै थिए। 

यो ठगी गिरोहका सदस्य पक्राउ पर्न सुरु भएदेखि नै प्रतीक फरार रहेको त्यतिबेला प्रहरीले जनाएको थियो। ठगी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीन जनालाई पक्राउ गरेपछि नै प्रतीक सम्पर्कविहीन भएका थिए।

यो प्रकरणमा चैत १२ गते ३ जना पक्राउ परेपछि उनी भारत पुगेको बताइएको थियो। तर त्यसपछि उनी अहिलेसम्म कहाँ छन् भन्नेबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन। पक्राउ पूर्जी जारी भएर प्रहरीको खोजी सूचीमा रहेका उनी अहिलेसम्म फेला पर्न सकेका छैनन्। जबकि यो ठगी प्रकरणका उनी एक नाइके नै रहेको प्रहरीको दाबी छ। 

प्रतीकले आमा नैनकला थापालाई समेत पैसा बुझ्न लगाएको भन्दै पक्राउ परेका अभियुक्तले प्रहरीसमक्ष बयान दिएका थिए। अहिलेसम्म फरार रहेका प्रतीक अहिले पनि भरतमै हुनसक्ने प्रहरी अधिकारीहरुको आशंका छ। 
प्रतीक मात्रै होइन, यो प्रकरणमा पक्राउ पुर्जी नै जारी भएर फरार भएका अन्य व्यक्ति पनि छन्। तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई अहिले पनि पुर्पक्षका लागि कारागारमा छन्। उनकै छोरा निरज भने अहिलेसम्म फरार छन्। 

उनको पनि अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थापा र राईजस्तै फरार सूची सुनसरी घर भई अमेरिका बस्दै आएका अशोक पोखरेल, मोरङका धीरेन राई, मुख्य अभियुक्त केशवप्रसाद दुलालकी श्रीमती दीपा हुमागाञी, काठमाडौंका राजेश अर्याल, पाँचथरका मोहनराज राई, काठमाडौंकै आशिष बुढाथोकी, थुनामा रहेका अर्का अभियुक्त सागर राईकी श्रीमती सावदेन लिम्बु, रौतहटका निरन्जनकुमार खरेल र झापाका सुनिल बुढाथोकी अहिलेसम्म फरार छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यी सबै फरार अभियुक्त अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन्। यो ठगी प्रकरणमा पक्राउ परेर पुर्पक्षमा रहेकाहरुले उच्च अदालत पाटनमा दायर गरेको रिटको अहिले सुनुवाइ भइरहेको छ। यदि उच्च अदालत पाटनले उनीहरुलाई साधारण तारेख तथा धरौटीमा रिहा गर्ने आदेश दिएको अवस्थामा उनीहरु अदालतमा उपस्थित हुनसक्ने बताइएको छ। ‘यसअघि जिल्ला अदालतले नै पुर्पक्षमा जेल नपठाएको फरार भएकाहरु त्यतिबेलै उपस्थित हुन्थे तर जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाएपछि सबै फरार नै भए। अब उच्चले जिल्लाको आदेश उल्टाउँदै साधारण तारेख तथा धरौटीमा रिहा गरेको अवस्थामा फरार भएका अभियुक्तहरु उपस्थित हुन सक्छन्,’ भुटानी प्रकरणको अनुसन्धान गरेका एक अधिकारी भन्छन्।

यो प्रकरण मुद्दाको पुनरावेदन सुनुवाइ अहिले उच्च अदालत पाटनमा भइरहेको छ। अबको केही दिनमै उच्चले यसको फैसला सुनाउनेछ। प्रतिवादीको पक्षमा फैसला आएको अवस्थामा फरार रहेका प्रतीकसहितका व्यक्ति सार्वजनिक हुन सक्छन्। यदि उच्चले पनि जिल्लाकै आदेशलाई सदर गरको अवस्थामा उनीहरु अझै फरार नै रहने प्रहरी अधिकारीहरुको बुझाइ छ। 

२०७९ चैत १२ गते तीन जनालाई पक्राउ गरेर सुरु भएको अनुसन्धानले ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। ६० दिनसम्म चलेको लामो अनुसन्धानको क्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाणदेखि नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत भइसकेका प्रतिनिधि सभाका बहालवाला सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसहित हाइप्रोफाइल व्यक्ति पक्राउ परेका थिए। हाइप्रोफाइलसहित विभिन्न मितिमा १८ जनालाई पक्राउ परेर मुद्दा चलाइएको थियो। 

ठगी, संगठित ठगी, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी कीर्ते र एकीकृतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो। प्रतिवादीहरुले २८ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी समेत गरिएको थियो।

Xtrem

Xtrem

उनीहरुमध्ये जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमराज न्यौपानेको इजलासले लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। बाँकी १६ जना भने पुर्पक्षका लागि कारागार चलान भएका थिए। पछि यही केसमा फरार रहेका केशव तुलाधर पक्राउ परेर अदालत उपस्थित गराइएको थियो। असार ३१ गते माधवप्रसाद घिमिरेको इजलासले तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी पनि रिहा भएका थिए।

धरौटीमा रिहा भएका र पुर्पक्षमा कारागार चलान भएका सबैले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिएका थिए। उक्त निवेदनको सुनुवाइ अहिले अन्तिम चरणमा पुगेको छ। उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ। अब रामशरण केसी, केशव तुलाधर सागर राईको पक्षको प्रतिरक्षा बहस हुन बाँकी छ। 
उनीहरुको तर्फबाट प्रतिरक्षा बहस सकिएपछि सरकारी वकिल पक्षले थुनामै राख्नुपर्ने मागसहित वादीको पक्षबाट बहस गर्नेछन्। 

सरकारी वकिल पक्षको बहस सकिए थुनामै राख्ने वा धरौटी तथा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आउनेछ।

393088677_344291288295809_5116688876636051059_n-1701171570.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
गुरुराज घिमिरेको उद्घोष: कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौं आइतबार, असोज १८, २०८३
तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन आइतबार, असोज १८, २०८३
नेपालका बाढी प्रभावितका लागि होण्डाको १ लाख डलर सहयोग आइतबार, असोज १८, २०८३
सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन आइतबार, असोज १८, २०८३
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्