• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

न्युजपोर्टल दर्ता गरेर पौने चार करोड ठगी, एक युवतीबाट सुरु भएको अनुसन्धानले तान्यो ४५ अभियुक्त

हङकङमा बसेर गरिन्थ्यो ठगीको डिजाइन, नेपाली युवायुवती बने ठगका गोटी
64x64
नारायण अधिकारी मंगलबार, मंसिर ५, २०८०  १३:४५
1140x725

काठमाडौं- काठमाडौंमा अनलाइन न्युजपोर्टल दर्ता गरेर पौने चार करोड रुपैयाँ ठगी गरेको खुलेको छ। अपराधबाट उम्कनका लागि अनलाइन न्युजपोर्टल खोल्ने र त्यसको आवरणमा ठगी धन्दा चलाएर पौने चार करोड रुपैयाँ ठगी गरेको खुलेको हो। 

प्रहरीले गरेको दुई महिना लामो अनुसन्धानमा यो ठगी गिरोहमा नेपालदेखि हङकङ र चिनियाँ नागरिकसम्म जोडिएका छन्। यो ठगीको अनुसन्धान भने एक युवतीबाट सुरु भएर अहिले ४५ जनालाई प्रतिवादी बनाउँदै टुंगिएको छ।

भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने २८ वर्षीया दादिका शेर्पा (राई)लाई पक्राउ गरेर सुरु गरिएको अनुसन्धानले अहिले ४५ जनालाई प्रतिवादी बनाएको छ। 

दादिकालाई पक्राउ गरेर सुरु गरिएको २ महिना लामो अनुसन्धानबाट ४५ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। नामथर, ठेगाना खुलेका ४५ जनालाई प्रतिवादी बनाइएको छ भने करिब त्यति नै संख्यामा नाम खुलेका तर पूरा विवरण नखुलेकाहरुलाई पूरा विवरण खुलेका बखत पुनः मुद्दा दर्ता हुने भन्दै मुद्दा चलाइएको छ। 

दादिकाबाट सुरु भएको अनुसन्धानले ४५ जनालाई प्रतिवादी बनाउनुका साथै यो गिरोहबाट १८२ जना पीडित भएको खुलेको छ। यो समूहले १८२ जनाबाट ३ करोड ७४ लाख ५४ हजार ९९८ रुपैयाँ ठगी गरेको समेत खुलेको छ।

दादिका पक्राउ परेपछि उनीमार्फत नै प्रहरीले अर्का आरोपी रामेछापको खाडादेवी गाउँपालिका–३ घर भएका २४ वर्षीय जीवनकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो। अहिले यी दुई जनालाई पक्राउ प्रतिवादी बनाएर अदालतमा पेस गरिएको छ। बाँकी ४३ जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

यता विदेशी हङकङ, चिनियाँ नागरिककै मुख्य डिजाइनमा यो ठगी भए पनि उनीहरुले हकमा सबै विवरण पत्ता लगाउन नसक्दा उनीहरु अनुसन्धानको राडर बाहिरै छन्।

पक्राउबाट जोगिन न्युजपोर्टल दर्ता
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन ठगी आरोपमा दादिकालाई गत असोज ४ गते पक्राउ गरेको थियो।

Ncell 2
Ncell 2

फेसबुक, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाउने र उनीहरुको जिमेल आईडीमा फिफिए एपको यूआरएल लिंक पठाउने, त्यसपछि उक्त एप इन्टल गर्न लगाउने र अनलाइन जुवा खेलाउँदै रकम ठगी गरेको भन्दै अपराध अनुसन्धान कार्यालयले दादिकालाई पक्राउ गरेको थियो।

पक्राउ गरेपछि दुई महिनासम्म गरिएको अनुसन्धानमा थप नयाँ रहस्य खुलेको छ। ठगीबाट जोगिने वैधानिक देखाउनका लागि फिफिए नामको अनलाइन मिडिया नै दादिकाले खोलेको पाइएको छ।

दादिका फेसबुकमा भने टासी शेर्पाको नामले परिचित थिइन्। टासीको नामको फेसबुक चलाउने क्रममा चेन यान फि नामबाट उनलाई एक दिन फ्रेण्ड रिक्वेस्ट आउँछ। दादिकाले तत्कालै एसेप्ट गर्छिन्। 

त्यसपछि चेनले बताउँछन्, ‘म हङकङमा बस्छु। मिलेर अनलाइन बिजनेस गरौं, पैसा कमाऔं र अनाथ बालबालिका र बेवारिसे कुकुरको व्यवस्थापनमा काम गरौं।’

हङकङ नागरिकको त्यो कुरामा तत्कालै विश्वास गरेर दादिकाले स्वीकार गर्छिन्। त्यसपछि सुरु हुन्छ पौने चार करोडको ठगी धन्दा।

चेनले दादिकाले म्यासेन्जरमा फिफिए एपको लिंक पठाउँछन्। चेनले नै भनेअनुसार दादिकाले उक्त एप डाउनलोड गरी आईडी क्रिएट गर्छिन्। उक्त एपबाट सुरु गरिन्छ अनि सुरु हुन्छ–क्रिकेट, फुटबलको सट्टेबाजीदेखि अनलाइन जुवा।

यसरी सिधै अनलाइनमार्फत जुवा खेलाउँदा फस्न सक्ने भन्दै हङकङ नागरिक चेनले दादिकालाई फिफिए मिडिया दर्ता गर्न लगाउँछन्। त्यसपछि दादिकाले फिफिए अनलाइन मिडिया प्रालि दर्ता गर्छिन्।

हङकङका गिरोहले नै तिर्थे बिल
कम्पनी दर्तापछि दादिकाले धापासीमा फ्ल्याट नै भाडामा लिइन्। उक्त फ्ल्याटको मासिक ३० हजारदेखि अन्य सेमिनार गोष्ठी गर्दाको बिल सबै हङकङका गिरोह नै तिरिदिन्थे।

उक्त फ्ल्याटमा फिफिएसँग सम्बन्धित विभिन्न व्यक्तिहरुको फोटो टाँस्ने, सिनियर म्यानेजर भनेर फोटो टाँस्ने, कार्यक्रमका फोटाहरु टास्ने, दर्ताका प्रमाणपत्रहरु समेत भित्तामा टाँस्ने र विश्वास दिलाउने काम दादिकाले गरिन्। र, अफिस भिजिटका लागि आउनेहरुलाई विश्वास दिलाइन्।

टासीको नाममा फिफिएको भिजिटिङ कार्ड समेत दादिाकाले बनाइन्। फिफिए अनलाइन मिडिया प्रालिले समाचार, लेख, रचना प्रकाशन गर्ने र विभिन्न सेमिनार गर्ने उल्लेख गरिएको छ। 

फिफिए एपभित्र विभिन्न देशबीच भएका फुटबल, अनलाइन गेमको विज्ञापन राखी अनलाइन गेम खेलाउने, रकम डिपोजिट गर्न लगाउने, रकम डिपोजिट गरेको ९० मिनेटभित्र लगानी गरेको रकमको ०.४८ प्रतिशतका दरले फाइदा रकम फाइदा हुने बताइयो। 

यो एपमा दिनमा ३ पटक मात्र रकम इन्भेष्ट गर्न मिल्ने, यो कम्पनी कानुनसंवत छ भनी विश्वास दिलाउने काम दादिकाले गरेकी थिइन्। यसका लागि दादिकाले फिफिएको नाममा विभिन्न सेमिनार बैठक, गोष्टी समेत गरी प्रशिक्षण समेत दिने काम समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यी सबै गर्दा लागेको लगानी भने हङकङमा बसेका नागरिक चेनले तिर्ने गर्थे।

दादिकाले फिफिएको आईडी बनाएपछि त्यसको एडमिन जीवन श्रेष्ठ, विक्रम मण्डल, एमी केल्ली, एंगिला, टिना भएर चलाउने गरेका थिए। यस वापत कुल नाफाको ३० प्रतिशत ददिकालाई दिने भनिएको थियो। 

यसरी हङकङमा रहेको गिरोहसँग मिलेर दादिकासहित ४५ नेपालीहरुले १८२ नेपालीहरुको पौने चार करोड रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ। 

उनीहरुले विभिन्न देशहरुमा हुने फुटबल तथा क्रिकेटहरुको अनलाइन बेटिङ खेल्नका लागि  रकम डिपोजिट गर्न लगाउने र डिपोजिट गरेको ९० मिनेट भित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुने बताउने गरेका थिए। 

सुरुमा ११ लाख २७ हजार ठगी भएको उजुरीबाट सुरु भएको अनुसन्धानले यो गिरोहले पौन चार करोड रुपैयाँ ठगी गरिसकेको खुलेको हो। यसरी ठगिएकामध्ये थोरै रकम नेपालका एजेन्टले लिने बाँकी सबै रकम हङकङ पुग्ने गरेको प्रहरी निष्कर्ष छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्