• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

न्युजपोर्टल दर्ता गरेर पौने चार करोड ठगी, एक युवतीबाट सुरु भएको अनुसन्धानले तान्यो ४५ अभियुक्त

हङकङमा बसेर गरिन्थ्यो ठगीको डिजाइन, नेपाली युवायुवती बने ठगका गोटी
64x64
नारायण अधिकारी मंगलबार, मंसिर ५, २०८०  १३:४५
1140x725

काठमाडौं- काठमाडौंमा अनलाइन न्युजपोर्टल दर्ता गरेर पौने चार करोड रुपैयाँ ठगी गरेको खुलेको छ। अपराधबाट उम्कनका लागि अनलाइन न्युजपोर्टल खोल्ने र त्यसको आवरणमा ठगी धन्दा चलाएर पौने चार करोड रुपैयाँ ठगी गरेको खुलेको हो। 

प्रहरीले गरेको दुई महिना लामो अनुसन्धानमा यो ठगी गिरोहमा नेपालदेखि हङकङ र चिनियाँ नागरिकसम्म जोडिएका छन्। यो ठगीको अनुसन्धान भने एक युवतीबाट सुरु भएर अहिले ४५ जनालाई प्रतिवादी बनाउँदै टुंगिएको छ।

भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने २८ वर्षीया दादिका शेर्पा (राई)लाई पक्राउ गरेर सुरु गरिएको अनुसन्धानले अहिले ४५ जनालाई प्रतिवादी बनाएको छ। 

दादिकालाई पक्राउ गरेर सुरु गरिएको २ महिना लामो अनुसन्धानबाट ४५ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। नामथर, ठेगाना खुलेका ४५ जनालाई प्रतिवादी बनाइएको छ भने करिब त्यति नै संख्यामा नाम खुलेका तर पूरा विवरण नखुलेकाहरुलाई पूरा विवरण खुलेका बखत पुनः मुद्दा दर्ता हुने भन्दै मुद्दा चलाइएको छ। 

दादिकाबाट सुरु भएको अनुसन्धानले ४५ जनालाई प्रतिवादी बनाउनुका साथै यो गिरोहबाट १८२ जना पीडित भएको खुलेको छ। यो समूहले १८२ जनाबाट ३ करोड ७४ लाख ५४ हजार ९९८ रुपैयाँ ठगी गरेको समेत खुलेको छ।

दादिका पक्राउ परेपछि उनीमार्फत नै प्रहरीले अर्का आरोपी रामेछापको खाडादेवी गाउँपालिका–३ घर भएका २४ वर्षीय जीवनकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो। अहिले यी दुई जनालाई पक्राउ प्रतिवादी बनाएर अदालतमा पेस गरिएको छ। बाँकी ४३ जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

यता विदेशी हङकङ, चिनियाँ नागरिककै मुख्य डिजाइनमा यो ठगी भए पनि उनीहरुले हकमा सबै विवरण पत्ता लगाउन नसक्दा उनीहरु अनुसन्धानको राडर बाहिरै छन्।

पक्राउबाट जोगिन न्युजपोर्टल दर्ता
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन ठगी आरोपमा दादिकालाई गत असोज ४ गते पक्राउ गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

फेसबुक, ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाउने र उनीहरुको जिमेल आईडीमा फिफिए एपको यूआरएल लिंक पठाउने, त्यसपछि उक्त एप इन्टल गर्न लगाउने र अनलाइन जुवा खेलाउँदै रकम ठगी गरेको भन्दै अपराध अनुसन्धान कार्यालयले दादिकालाई पक्राउ गरेको थियो।

पक्राउ गरेपछि दुई महिनासम्म गरिएको अनुसन्धानमा थप नयाँ रहस्य खुलेको छ। ठगीबाट जोगिने वैधानिक देखाउनका लागि फिफिए नामको अनलाइन मिडिया नै दादिकाले खोलेको पाइएको छ।

दादिका फेसबुकमा भने टासी शेर्पाको नामले परिचित थिइन्। टासीको नामको फेसबुक चलाउने क्रममा चेन यान फि नामबाट उनलाई एक दिन फ्रेण्ड रिक्वेस्ट आउँछ। दादिकाले तत्कालै एसेप्ट गर्छिन्। 

त्यसपछि चेनले बताउँछन्, ‘म हङकङमा बस्छु। मिलेर अनलाइन बिजनेस गरौं, पैसा कमाऔं र अनाथ बालबालिका र बेवारिसे कुकुरको व्यवस्थापनमा काम गरौं।’

Xtrem

Xtrem

हङकङ नागरिकको त्यो कुरामा तत्कालै विश्वास गरेर दादिकाले स्वीकार गर्छिन्। त्यसपछि सुरु हुन्छ पौने चार करोडको ठगी धन्दा।

चेनले दादिकाले म्यासेन्जरमा फिफिए एपको लिंक पठाउँछन्। चेनले नै भनेअनुसार दादिकाले उक्त एप डाउनलोड गरी आईडी क्रिएट गर्छिन्। उक्त एपबाट सुरु गरिन्छ अनि सुरु हुन्छ–क्रिकेट, फुटबलको सट्टेबाजीदेखि अनलाइन जुवा।

यसरी सिधै अनलाइनमार्फत जुवा खेलाउँदा फस्न सक्ने भन्दै हङकङ नागरिक चेनले दादिकालाई फिफिए मिडिया दर्ता गर्न लगाउँछन्। त्यसपछि दादिकाले फिफिए अनलाइन मिडिया प्रालि दर्ता गर्छिन्।

हङकङका गिरोहले नै तिर्थे बिल
कम्पनी दर्तापछि दादिकाले धापासीमा फ्ल्याट नै भाडामा लिइन्। उक्त फ्ल्याटको मासिक ३० हजारदेखि अन्य सेमिनार गोष्ठी गर्दाको बिल सबै हङकङका गिरोह नै तिरिदिन्थे।

उक्त फ्ल्याटमा फिफिएसँग सम्बन्धित विभिन्न व्यक्तिहरुको फोटो टाँस्ने, सिनियर म्यानेजर भनेर फोटो टाँस्ने, कार्यक्रमका फोटाहरु टास्ने, दर्ताका प्रमाणपत्रहरु समेत भित्तामा टाँस्ने र विश्वास दिलाउने काम दादिकाले गरिन्। र, अफिस भिजिटका लागि आउनेहरुलाई विश्वास दिलाइन्।

टासीको नाममा फिफिएको भिजिटिङ कार्ड समेत दादिाकाले बनाइन्। फिफिए अनलाइन मिडिया प्रालिले समाचार, लेख, रचना प्रकाशन गर्ने र विभिन्न सेमिनार गर्ने उल्लेख गरिएको छ। 

फिफिए एपभित्र विभिन्न देशबीच भएका फुटबल, अनलाइन गेमको विज्ञापन राखी अनलाइन गेम खेलाउने, रकम डिपोजिट गर्न लगाउने, रकम डिपोजिट गरेको ९० मिनेटभित्र लगानी गरेको रकमको ०.४८ प्रतिशतका दरले फाइदा रकम फाइदा हुने बताइयो। 

यो एपमा दिनमा ३ पटक मात्र रकम इन्भेष्ट गर्न मिल्ने, यो कम्पनी कानुनसंवत छ भनी विश्वास दिलाउने काम दादिकाले गरेकी थिइन्। यसका लागि दादिकाले फिफिएको नाममा विभिन्न सेमिनार बैठक, गोष्टी समेत गरी प्रशिक्षण समेत दिने काम समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यी सबै गर्दा लागेको लगानी भने हङकङमा बसेका नागरिक चेनले तिर्ने गर्थे।

दादिकाले फिफिएको आईडी बनाएपछि त्यसको एडमिन जीवन श्रेष्ठ, विक्रम मण्डल, एमी केल्ली, एंगिला, टिना भएर चलाउने गरेका थिए। यस वापत कुल नाफाको ३० प्रतिशत ददिकालाई दिने भनिएको थियो। 

यसरी हङकङमा रहेको गिरोहसँग मिलेर दादिकासहित ४५ नेपालीहरुले १८२ नेपालीहरुको पौने चार करोड रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ। 

उनीहरुले विभिन्न देशहरुमा हुने फुटबल तथा क्रिकेटहरुको अनलाइन बेटिङ खेल्नका लागि  रकम डिपोजिट गर्न लगाउने र डिपोजिट गरेको ९० मिनेट भित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुने बताउने गरेका थिए। 

सुरुमा ११ लाख २७ हजार ठगी भएको उजुरीबाट सुरु भएको अनुसन्धानले यो गिरोहले पौन चार करोड रुपैयाँ ठगी गरिसकेको खुलेको हो। यसरी ठगिएकामध्ये थोरै रकम नेपालका एजेन्टले लिने बाँकी सबै रकम हङकङ पुग्ने गरेको प्रहरी निष्कर्ष छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
देश झन् अँध्यारोतर्फ गएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन आइतबार, असोज १८, २०८३
देश विकासका सन्दर्भमा आगामी १०-२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाऔं : भट्टराई आइतबार, असोज १८, २०८३
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्