• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
धनगढीमा सार्वजनिक शौचालयको अभाव, प्रतियोगिताका नाममा निजी कम्पनीलाई रकम 
64x64
शेरबहादुर ऐर बुधबार, मंसिर ६, २०८०  ०७:३२
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा आवश्यकताअनुसार सार्वजनिक शौचालय निर्माण भएका छैनन्।

धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म १० भन्दा बढी सार्वजनिक शौचालयको आवश्यकता रहेको बताइन्छ।

उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले भने, ‘अहिले उपमहानगरपालिकाको मुख्य सडकमा व्यवसायीहरूबाट १० भन्दा बढी सार्वजनिक शौचालयको माग आइरहेको छ।’

हाल धनगढी उपमहानगरपालिकाभित्र मुख्य सडकमा सार्वजनिक शौचालय छैनन्। धनगढी उपमहानगरपालिकाको कार्यालयले दिएको जानकारीअनुसार धनगढी बसपार्कमा २, उपमहानगरपालिकाको कार्यालय अगाडि १ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन्।

उपमहानगरपालिकाको मुख्य सडक तथा बजारमा मात्रै नभएर भित्रि सडक वा सहायक सडकमा समेत सार्वजनिक शौचालय निर्माण आवश्यक रहेको स्थानीय बताउँछन्। भट्टले भने, ‘मुख्य सडकमा मात्र नभइ धनगढीका सहायक सडकमा पनि सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ।’ उनका अनुसार अहिले मुख्य सडक वा बजारमा मात्रै नभएर चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस सडकमा पनि सार्वजनिक शौचालयको माग रहेको छ।

धनगढीमा मानिसको चहलपहल हुने तथा सवारी साधनको चाप हुने सडक र बजारमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ। उनले भने, ‘माग अनुसारको सार्वजनिक शौचालय निर्माण गर्न बजेट अभाव छैन।’

उनले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा अभाव भएको बताए। उनले भने, ‘मुख्य र सहायक सडकमा सार्वजनिक जग्गा नहुँदा समस्या भएको छ।’

बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ, तर त्यसको ब्यवस्थापन सही ढंगले हुन सकेको छैन। धनगढीमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नु परेको छ।

कैलाली जिल्लालाई मुलुकको ५१औं जिल्लाका रूपमा २०७५ जेठमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो। कैलालीमा १ लाख ५२ हजार ४५७ घरधुरीमा शौचालय निर्माण भएपछि भव्य कार्यक्रमबीच खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। तर कैलाली अझै पूर्ण रुपमा खुला दिसामुक्त जिल्ला बनिसकेको छैन।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लामा धारा, ह्याण्ड पम्प (नल्का), वर्षा लगायत गरी ९७ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच रहे पनि अझै ३ प्रतिशतले नदी तथा खोलाकै पानी प्रयोग गरिरहेका छन्। 

कैलालीमा खानेपानीको पहुँच ९७ प्रतिशत जनसंख्यामा रहे पनि कुल घरधुरीको ६० प्रतिशतमात्र शुद्ध खानेपानीको पहुँचमा रहेको तथ्याङ्कले देखाएको छ।

कागजमै सीमित सार्वजनिक शौचालय
धनगढी उपमहानगरपालिकाले सार्वजनिक शौचालय डिजाइन प्रतियोगिता गराएर निजी कम्पनीलाई १ लाख नगद लगानी गरेको छ। उपमहानगरपालिकाले शौचालय निर्माणमा लगानी कम गराउन बोलपत्र नभइ प्रतियोगितामार्फत् डिजाइन तयार गरेको थियो। कम्पनीले डिजाइन तयार पारेको भए पनि निर्माणको थालनी भएको छैन। इन्जिनियर भट्टले भने, ‘शौचालयको डिजाइनका लागि बोलपत्रमार्फत् लगानी बढी हुने भएकाले प्रतियोगिता गरिएको हो। जसमा प्रस्तावित सार्वजनिक शौचालयको डिजाइन प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एसोसिएसनले २१ दिने सूचना निकालेको थियो।’

प्रतियोगितामा प्रथम र दोस्रो हुने शौचालयको नमूनालाई धनगढी उपमहानगरपालिकाले क्रमशः १ लाख २५ हजार र ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो। धनगढी उपमहानगरपालिकाले २०७९ पुस ८ गते सार्वजनिक शौचालय निर्माण गर्न प्रतियोगिता गराउने, प्रथम र द्वितीय हुने डिजाइनलाई क्रमशः १ लाख २५ र ७५ हजार पुरस्कार दिने निर्णय गरेको थियो। पुस ११ गते धनगढीमा निर्माण हुने सार्वजनिक शौचालयहरूलाई अत्याधुनिक बनाउन सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)लाई डिजाइन पेस गर्न आग्रह गरेको थियो। 

उपमहानगरलाई प्राप्त भएका २० नमूनामध्ये काठमाडौंको लिटिल मोर स्टुडियोका राहुल बज्राचार्य, साजनराज महर्जन र जेनिसा खत्रीले तयार गरेको शौचालयको नमूना प्रथम भएको थियो।  उक्त डिजाइन अनुसारको शौचालय उपमहानगरपालिकामै रहेको शौचालयलाई मर्मत गरिरहेको छ।

उपमहानगरपालिकाले सविन शिल्पकार, सागर सैँजु र निजल लवाजुले तयार गरेको डिजाइन दोस्रो भएकोमा १ लाख २५ हजार पुरस्कार प्रदान गरेको थियो।

धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानाले भनिन्, ‘धनगढीमा सार्वजनिक शौचालयसहित रोजगारी प्रदान गर्ने योजना रहेको छ। सार्वजनिक शौचालय निर्माण भएका ठाउँमा चिया तथा कफी पसल सञ्चालन गर्न इच्छुक व्यक्तिले सम्पर्क गर्न आवश्यक रहेको छ।’ 

धनगढीमा निर्माणाधीन मुख्य सडक धनगढी चौराहादेखि क्याम्पसरोडसम्म सार्वजनिक जग्गा नहुँदा सार्वजनिक शौचालय कहाँ बनाउने भन्ने समस्या रहेको छ। उपमहानगरपालिकाले सडक चौडाइका नाममा बनेको सार्वजनिक शौचालय पनि भत्काएको छ। धनगढीको कर कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि बनेका सार्वजनिक शौचालय सडक निर्माणका क्रममा भत्काइएको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभालाई सोमबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र... मंगलबार, असार १७, २०८२
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते ट्रकभित्र च्यापिएर अचेत भएको अवस्थामा चालक यादवलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा तत्कालै चिकित्सकले मृत... मंगलबार, असार १७, २०८२
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘नागर... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
भारतको तेलंगानामा एक उद्योगमा भएको विष्फोटमा ३४ जनाको मृत्यु, २४ अझै बेपत्ता मंगलबार, असार १७, २०८२
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ९५ जनाको मृत्यु, सयौँ घाइते मंगलबार, असार १७, २०८२
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा मंगलबार, असार १७, २०८२
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
यस्तो छ मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्