• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

धनगढीमा सार्वजनिक शौचालयको अभाव, प्रतियोगिताका नाममा निजी कम्पनीलाई रकम 

64x64
शेरबहादुर ऐर बुधबार, मंसिर ६, २०८०  ०७:३२
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा आवश्यकताअनुसार सार्वजनिक शौचालय निर्माण भएका छैनन्।

धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म १० भन्दा बढी सार्वजनिक शौचालयको आवश्यकता रहेको बताइन्छ।

उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले भने, ‘अहिले उपमहानगरपालिकाको मुख्य सडकमा व्यवसायीहरूबाट १० भन्दा बढी सार्वजनिक शौचालयको माग आइरहेको छ।’

हाल धनगढी उपमहानगरपालिकाभित्र मुख्य सडकमा सार्वजनिक शौचालय छैनन्। धनगढी उपमहानगरपालिकाको कार्यालयले दिएको जानकारीअनुसार धनगढी बसपार्कमा २, उपमहानगरपालिकाको कार्यालय अगाडि १ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन्।

उपमहानगरपालिकाको मुख्य सडक तथा बजारमा मात्रै नभएर भित्रि सडक वा सहायक सडकमा समेत सार्वजनिक शौचालय निर्माण आवश्यक रहेको स्थानीय बताउँछन्। भट्टले भने, ‘मुख्य सडकमा मात्र नभइ धनगढीका सहायक सडकमा पनि सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ।’ उनका अनुसार अहिले मुख्य सडक वा बजारमा मात्रै नभएर चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस सडकमा पनि सार्वजनिक शौचालयको माग रहेको छ।

धनगढीमा मानिसको चहलपहल हुने तथा सवारी साधनको चाप हुने सडक र बजारमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ। उनले भने, ‘माग अनुसारको सार्वजनिक शौचालय निर्माण गर्न बजेट अभाव छैन।’

उनले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा अभाव भएको बताए। उनले भने, ‘मुख्य र सहायक सडकमा सार्वजनिक जग्गा नहुँदा समस्या भएको छ।’

बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ, तर त्यसको ब्यवस्थापन सही ढंगले हुन सकेको छैन। धनगढीमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नु परेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कैलाली जिल्लालाई मुलुकको ५१औं जिल्लाका रूपमा २०७५ जेठमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो। कैलालीमा १ लाख ५२ हजार ४५७ घरधुरीमा शौचालय निर्माण भएपछि भव्य कार्यक्रमबीच खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। तर कैलाली अझै पूर्ण रुपमा खुला दिसामुक्त जिल्ला बनिसकेको छैन।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लामा धारा, ह्याण्ड पम्प (नल्का), वर्षा लगायत गरी ९७ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच रहे पनि अझै ३ प्रतिशतले नदी तथा खोलाकै पानी प्रयोग गरिरहेका छन्। 

कैलालीमा खानेपानीको पहुँच ९७ प्रतिशत जनसंख्यामा रहे पनि कुल घरधुरीको ६० प्रतिशतमात्र शुद्ध खानेपानीको पहुँचमा रहेको तथ्याङ्कले देखाएको छ।

कागजमै सीमित सार्वजनिक शौचालय
धनगढी उपमहानगरपालिकाले सार्वजनिक शौचालय डिजाइन प्रतियोगिता गराएर निजी कम्पनीलाई १ लाख नगद लगानी गरेको छ। उपमहानगरपालिकाले शौचालय निर्माणमा लगानी कम गराउन बोलपत्र नभइ प्रतियोगितामार्फत् डिजाइन तयार गरेको थियो। कम्पनीले डिजाइन तयार पारेको भए पनि निर्माणको थालनी भएको छैन। इन्जिनियर भट्टले भने, ‘शौचालयको डिजाइनका लागि बोलपत्रमार्फत् लगानी बढी हुने भएकाले प्रतियोगिता गरिएको हो। जसमा प्रस्तावित सार्वजनिक शौचालयको डिजाइन प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एसोसिएसनले २१ दिने सूचना निकालेको थियो।’

Xtrem

Xtrem

प्रतियोगितामा प्रथम र दोस्रो हुने शौचालयको नमूनालाई धनगढी उपमहानगरपालिकाले क्रमशः १ लाख २५ हजार र ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो। धनगढी उपमहानगरपालिकाले २०७९ पुस ८ गते सार्वजनिक शौचालय निर्माण गर्न प्रतियोगिता गराउने, प्रथम र द्वितीय हुने डिजाइनलाई क्रमशः १ लाख २५ र ७५ हजार पुरस्कार दिने निर्णय गरेको थियो। पुस ११ गते धनगढीमा निर्माण हुने सार्वजनिक शौचालयहरूलाई अत्याधुनिक बनाउन सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)लाई डिजाइन पेस गर्न आग्रह गरेको थियो। 

उपमहानगरलाई प्राप्त भएका २० नमूनामध्ये काठमाडौंको लिटिल मोर स्टुडियोका राहुल बज्राचार्य, साजनराज महर्जन र जेनिसा खत्रीले तयार गरेको शौचालयको नमूना प्रथम भएको थियो।  उक्त डिजाइन अनुसारको शौचालय उपमहानगरपालिकामै रहेको शौचालयलाई मर्मत गरिरहेको छ।

उपमहानगरपालिकाले सविन शिल्पकार, सागर सैँजु र निजल लवाजुले तयार गरेको डिजाइन दोस्रो भएकोमा १ लाख २५ हजार पुरस्कार प्रदान गरेको थियो।

धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानाले भनिन्, ‘धनगढीमा सार्वजनिक शौचालयसहित रोजगारी प्रदान गर्ने योजना रहेको छ। सार्वजनिक शौचालय निर्माण भएका ठाउँमा चिया तथा कफी पसल सञ्चालन गर्न इच्छुक व्यक्तिले सम्पर्क गर्न आवश्यक रहेको छ।’ 

धनगढीमा निर्माणाधीन मुख्य सडक धनगढी चौराहादेखि क्याम्पसरोडसम्म सार्वजनिक जग्गा नहुँदा सार्वजनिक शौचालय कहाँ बनाउने भन्ने समस्या रहेको छ। उपमहानगरपालिकाले सडक चौडाइका नाममा बनेको सार्वजनिक शौचालय पनि भत्काएको छ। धनगढीको कर कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि बनेका सार्वजनिक शौचालय सडक निर्माणका क्रममा भत्काइएको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण एकीकृत गरी तयार पारिए... बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार  एक जना नेपाली नागरिकसँग मिलेर उनीहरुले बूढानीलकण्ठमा तस्करीको सुन भण्डारण गरेर राखेका पाइएको... बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले  साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्