चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले दशैं र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ। उनीहरुबाट ५ लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ।
उनीहरुबाट तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो। उनीहरु धरौटीमा रिहा भएका छन्।
पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन्। उनीहरुबाट दुई लाख ३० हजार चार सय ४२ बरामद गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।