दमक- विद्युत् चुहावट हुँदा झापाको बिर्तामोडमा शनिबार एक व्यत्तिको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ पुरानो भद्रपुर रोड बस्ने ४२ वर्षका श्याम चौधरी रहेका छन्।
सोही ठाउँका कमल राईको इन्भर्टर जोड्ने क्रममा चौधरीलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।