काठमाडौं– क्रेडिट कार्डको डाटा ह्याक गरी नेपालका विभिन्न बैंक खाताबाट रकम निकाल्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। बैंकमार्फत उपलब्ध गराइएको पिओएस, डाटा कार्ड रिडर मेसिन र एमएसआर मेसिनको प्रयोग गरी रकम निकाल्ने ५ जनालाई सोमबार पक्राउ गरेको हो।
अवैध कार्यमा संलग्न उनीहरुलाई काठमाडौं ठमेल सन्चयकोष अगाडिको ओसिस होटलबाट प्रहरीले पक्राउ गरको हो।
पक्राउ पर्नेहरुमा काभ्रेका ३४ वर्षीय बिजयदोङ लामा, भारतको नयाँ दिल्लीस्थित बलजितनगरका २८ वर्षीय बिटु गौतम, काठमाडौं महानगरपालिका–१७ का ३२ वर्षीय अनुज नकर्मी, भारतकै दिल्ली ओमबिहार बस्ने ३२ वर्षीय विकास गोसाई र भारत खरिपाई हाउस भोदारीकन्ती चालकुडी बस्ने ३४ वर्षीय जिन्टु जोए रहेका प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट प्रहरीले १ थान डाटा कार्ड रिडर मेसिन, १ थान एमएसआर मेसिन, ४ थान पिओएस, ल्यापटप २ थान, नक्कली डेबिट र क्रेडिट कार्ड १ सय १९ थान र मोबाइल ५ थान बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।