काठमाडौं- नेपाल प्रहरीले काठमाडौंको मसाज, डान्सबारमा हुने अश्लीलता नियन्त्रण गर्ने कानुनी अधिकार आफ्नो संगठनलाई नरहेको स्पष्ट पारेको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंको यस्ता ठाउँलाई नियन्त्रण गर्ने कानुनी अधिकार आफूहरुसँग नरहेको प्रस्ट पारे। समाजमा अश्लीलता हुन नदिन आफूहरुले मसाज, डान्स, बारहरुमा छापा मार्ने गरे पनि त्यसलाई नियन्त्रण गर्न स्थानीयले साथ नदिएकोमा महानिरीक्षक खनालको असन्तुष्टि छ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रहरीले महिला, बालबालिका बेचविखन हुन नदिन सक्दो पहल गरिरहेको दाबी पनि गरे। उजुरी नै नभएका कारण मानव बेचबिखनको घटना हुन नदिन प्रहरीले आवश्यक पहलकदमी लिन नसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।