काठमाडौं– शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षेत्र भएपछि अहिले गृहमन्त्रालयमा बैठक बसिरहेको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विभिन्न मन्त्रालय, प्रधानमन्त्री कार्यालय, सुरक्षा निकाय र नेपाली सेनाका प्रतिनिधहरु सम्मिलित बैठक जारी छ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत एवं उपचारका लागि बैठक बसेको हो। बैठकमा प्रधानमन्त्रीको कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेका छन्। हालसम्म रुकुम पश्चिम र जाजरकोटमा गरी १२९ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।