काठमाडौं– नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिममा तत्काल राहत र उद्धारको काम तदारुकताका साथ पुर्याउन आग्रह गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै उक्त अपिल गरेका हुन्।
‘भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न प्रधानमन्त्री लगायत नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।