• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सांसद प्रतिमा गौतमको अनुभव

पूर्वप्रधानमन्त्रीका ‘रसविहीन’ भाषण र नवप्रवेशीका घमण्डले संसद्‌को गरिमा घटाएको छ

64x64
रासस शुक्रबार, कात्तिक १७, २०८०  ०९:३१
1140x725

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई परिमार्जन गर्नुपर्ने धारणा राख्छिन्। देश, जिल्ला, निर्वाचन क्षेत्र र जनताका प्राथमिकता एवं आवश्यकताका विषयमा जनप्रतिनिधिले दिने सुझाव नसमेटिने बहसको औचित्य नहुने उल्लेख गर्दै उनी समय धेरै खर्चनुपर्ने तर परिणाम शून्य हुने पाटामा सुधारको खाँचो औँल्याउँछिन्।

गौतम भन्छिन्- ‘संसद्‌मा यो मेरो पहिलो प्रवेश हो। आफ्ना कुरा राख्ने विषयमा सबैको प्रस्तुति प्रभावकारी देखिन्छ। यस पटक विधेयक निर्माणको काम भने धेरै हुन सकेन। कतिपय विधेयक ‘रेडिमेड आए, संशोधनमार्फत जानुपर्ने देखियो।’

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा थालेकी सांसद गौतमसँग यसअघि पद्मकन्या क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति र सङ्घको महामन्त्री भई काम गरेको अनुभव छ। विभिन्न सामाजिक कार्यमा समेत संलग्न गौतम हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत छिन्। जतिसुकै प्रदेश र स्थानीय तह भए पनि विकास निर्माणका विषयमा मतदाताको सङ्घीय सांसदसँग नै बढी अपेक्षा रहेको उल्लेख गर्दै उनी सांसदको कानुन निर्माणमा केन्द्रित हुने मुख्य जिम्मेवारीबारे आफूहरूले मतदातालाई बुझाउन नसकेको तथ्य स्वीकार्छिन्।

सांसद गौतम भन्छिन्, ‘लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन रहनुपरेका बेला विकास निर्माणसहित सम्पूर्ण जिम्मेवारी सांसदले लिएको अनुभव हामीसँग छ, त्यसैले भोट माग्न जाँदा मतदाताले उठाएका समस्या सम्बोधन गर्नुपर्ने बाध्यता हामीलाई छ, यो व्यावहारिक पनि हो।’
 
मुख्य जिम्मेवारीमा रहेका सदन र संसदीय समितिका महत्त्वपूर्ण बैठक र छलफलसमेत छाडेर जनताले उठाएका विकास निर्माणका काममा दौडनुपरेका अनुभव सुनाउँदै सांसद गौतमले बजेट बनाउँदा जनप्रतिनिधिका सुझाव र सल्लाह नलिँदा त्यो स्थिति आएको प्रतिक्रिया दिइन्। जनताको काम हुन सकेन भने चुनावमा जनसहभागिता कमजोर हुने पक्षलाई कसैले नजरअन्दाज गर्न नहुने उल्लेख गर्दै सांसद गौतमले मतदाताले उठाएका व्यावहारिक विषय सम्बोधन  गरिएन भने आगामी निर्वाचनमा प्रस्तुत हुन गाह्रो हुने स्पष्ट गरिन्। उनले भनिन्, ‘सङ्घीय सांसदले कानुन बनाउने र नीतिगतरूपमै काम गर्ने हो भन्नेबारे सबै राजनीतिक दलले मतदातालाई बुझाउन आवश्यक छ।’

एक फरक प्रसङ्गमा नेत्री गौतमले राष्ट्र र जनतालाई भन्दा मिडियालाई लक्ष्य गरी आमसभामा बोलेझैँ सदनमा हुने प्रस्तुतिले संसद् र जनप्रतिनिधिको ओज कमजोर तुल्याएको प्रतिक्रिया दिइन्। कतिपय पूर्वप्रधानमन्त्रीले घन्टौँ ‘रसविहीन’ भाषण दिनाले दिक्दारी तुल्याउने गरेको उदाहरण दिँदै सांसद गौतमले भनिन्, ‘कतिपय युवा पुस्ताका नवप्रवेशीले समेत मै मात्रै हुँ भन्ने घमण्डसहितको प्रस्तुति दिनाले पनि सांसद र सदनको गरिमा घटाएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

संविधानले राज्यका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै सांसद गौतमले अवसर प्रदान गर्ने सवालमा अझै पनि राजनीतिक नेतृत्वमा पुरानो मानसिकता र  पुरुषवादी भावनाले काम गरेको देखिने अनुभूति सुनाइन्। भ्रष्टाचारविरुद्धका आवाज बुलन्द गरेसँगै झनै चुलिँदै जाने विषय स्यालको कथाजस्तै सत्य र तथ्य भएको बताउँदै उनले क्यान्सरका रूपमा भ्रष्टाचार बढ्नु छिटो धेरै पैसा कमाउन समाजका सबै क्षेत्र एवं तह र तप्कामा रहेको भावनाको परिणाम भएको प्रतिक्रिया दिइन्।

कानुन बनाएर मात्र नभई मनभित्रैबाटै ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता आवश्यक रहने धारणा उनले राखिन्। सांसद गौतमले सुन प्रकरण लगायत घटना उजागर भएसँगै अब केही हुन्छ भन्ने लागेको तर अनुसन्धान गर्ने निकायको गहिरो अनुसन्धान र प्रतिबद्धता नभएसम्म भ्रष्टाचार निर्मूलीकरणको विषय चुनौतीकै रूपमा रहने विचार प्रकट गरिन्।

समाजमा सकारात्मक चेत हराउँदै गएको र पछिल्लो समय सामाजिक सञ्जाल तथा  मिडियाले पनि नकारात्मक पक्षलाई नै प्राथमिकतामा राखेकाले विकृति बढिरहेको विचार उनले राखिन्। सांसद गौतमले भनिन्, ‘सामाजिक सञ्जालबाट प्रस्तुत भइरहेका कतिपय विषय सत्यतथ्यमा आधारित नभई मिथ्या र भ्रमपूर्ण छन्, समाजलाई गलत र नकारात्मक बाटामा हिँडाउन एउटा तत्व सक्रिय देखिन्छ, यसलाई रोक्नका लागि सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक छ।’

सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल तुल्याउने भ्रमपूर्ण समाचारलाई रोकेर सही समाचार सम्प्रेषण गर्नेतर्फ सबैको जोड आवश्यक रहेको सांसद गौतमले बताइन्।

एक अर्को प्रसङ्गमा सांसद गौतमले लामो सङ्क्रमणकालको असर तथा बेरोजगारी, गुणस्तरहीन शिक्षा तथा पारिवारिक सम्बन्ध र सम्पर्कले पनि विद्यार्थी र युवालाई विदेश पलायन हुन बल पुर्‍याएको बताइन्। उनले भनिन्, ‘हामी  कर्मयोगी पनि हुनुपर्छ, गाउँ खाली छ, कुटोकोदालो नगर्ने भइयो, गाउँका नागरिक शहर, शहरका विदेश जाने प्रवृत्ति बढेको छ, गाउँमै जीवन भर्ने कर्मयोगीको खडेरी छ।’

मुलुकका जल्दाबल्दा राष्ट्रिय विषयमा सत्तापक्षलगायत सबैको साझा धारणा र प्रतिबद्धताको खाँचो औँल्याउँदै नेत्री गौतमले भनिन्, ‘सरकारले तपाईं स्वदेशमै बस्नुपर्छ, उद्योग खोल्छौं, रोजगारी दिन्छौँ, माग पूरा गर्न कोसिस गर्छौं, सरकार स्थिर हुन्छ भनेर विश्वास दिलाउने काम तत्काल सुरु गर्नुपर्छ।’

- रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्