काठमाडौं– पोखरामा प्याराग्लाइडिङ पाइलटहरुको मादक पदार्थ चेकजाँच गरिएको छ।
बिहीबार पोखरा महानगरपालिका–१३ स्थित पामेमा प्याराग्लाइडिङ पाइलटहरुको मापसे चेकजाँच गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।
-1698934882.jpg?timestamp=1698934895900)
प्याराग्लाइडिङ सञ्चालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणको लागी वडा प्रहरी कार्यालय बैदामको आयोजनामा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाइलटहरूले मादक पदार्थ सेवन गरे/नगरेको सम्बन्धमा चेक जाँच गरिएको हो।
-1698934882.jpg?timestamp=1698934908116)
कसैले मापसे नगरेको भेटिएको र सुरक्षात्मक अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।