काठमाडौं- नेपाल र दक्षिण कोरियाबीच कृषि क्षेत्रमा सहकार्यसम्बन्धी द्विपक्षीय समझदारी भएको छ।
बिहीबार कृषि विकास मन्त्रालयमा कृषि मन्त्री डा वेदुराम भुसाल र दक्षिण कोरियाका कृषि खाद्य तथा ग्रामिण सुरक्षामन्त्री चुङ्ग हवानकेउनबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारीपछि बोल्दै दक्षिण कोरियाका कृषिमन्त्री हवानकेउनले नेपालमा दुग्ध उत्पादन वृद्धि र कृषि उपजमा सहयोग गर्न बाटो खुलेको बताए।
मन्त्री भुसालले द्विपक्षीय समझदारीले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझै गाढा बनाउन कोशे ढुङ्गा सावित हुने बताए।
समझदारीमा नेपालीको कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा दक्षिण कोरिया सरकारले सहयोग गर्नेबारे उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।